Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कानून दिवस २०८३ : विधिको शासन र निष्पक्ष न्याय प्रणालीप्रति पर्सा जिल्ला अदालतको प्रतिबद्धता

अदालतद्वारा जारी शुभकामना सन्देशमा न्याय सम्पादन गर्ने निकाय, कानून व्यवसायी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकलाई आफ्नो जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्न यस दिवसले प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २६, २०८३
कानून दिवस २०८३ : विधिको शासन र निष्पक्ष न्याय प्रणालीप्रति पर्सा जिल्ला अदालतको प्रतिबद्धता

वीरगंज (पर्सा), २६ वैशाख । पर्सा जिल्ला अदालतले ‘कानून दिवस २०८३’ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेको छ । अदालतले प्रधान न्यायालय ऐन, २००८ विक्रम संवत् २००९ वैशाख २६ गतेदेखि लागू भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ गते कानून दिवस मनाइँदै आएको उल्लेख गरेको छ ।

अदालतद्वारा जारी शुभकामना सन्देशमा नेपालमा विधिको शासन, न्याय, समानता तथा संवैधानिक मूल्य–मान्यताको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउने परम्परा रहेको जनाइएको छ । कानून दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई नागरिक अधिकार, कर्तव्य, न्यायिक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणप्रति सामूहिक प्रतिबद्धता जनाउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरिएको छ ।

सन्देशमा न्याय सम्पादन गर्ने निकाय, कानून व्यवसायी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकलाई आफ्नो जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्न यस दिवसले प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गरिएको छ ।

त्यसैगरी समाजमा विद्यमान अन्याय, विभेद, हिंसा, भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य गर्दै विधिको सर्वोच्चता स्थापित गर्न सबै पक्षबीच सहकार्य, समन्वय र पारदर्शिता अझ सुदृढ हुनुपर्नेमा अदालतले जोड दिएको छ ।

अदालतले स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता तथा लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष, सक्षम र प्रभावकारी न्याय प्रणालीको विकाससँगै न्यायमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

अन्त्यमा प्राकृतिक न्यायको सिद्धान्तको पूर्ण पालना गर्दै न्यायिक निर्णयको प्रभावकारी कार्यान्वयनलाई पनि उत्तिकै महत्वपूर्ण मानिएको उल्लेख गर्दै पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिक ले सम्बन्धित निकाय, नागरिक समाज, कानून व्यवसायी, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

Tags: पर्सा जिल्ला अदालत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि