Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रिहाइपछि नेता मनोज चौधरीलाई भेट्न वीरगंज पुगे माधव नेपाल, पक्राउ प्रकरणबारे लिए जानकारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २६, २०८३
रिहाइपछि नेता मनोज चौधरीलाई भेट्न वीरगंज पुगे माधव नेपाल, पक्राउ प्रकरणबारे लिए जानकारी

वीरगंज (पर्सा), २६ वैशाख । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार वीरगंज आएका छन् । गृह जिल्ला रौतहटको कार्यक्रम सम्पन्न गरेर वीरगंज पुगेका नेता नेपालले हालै अदालतको आदेशबाट रिहा भएका नेकपा नेता मनोज चौधरीसँग भेटवार्ता गरेका हुन् ।

पूर्व प्रधानमन्त्री नेपाल वीरगंजस्थित पानीटंकीमा रहेको चौधरी निवासमै पुगेर उनीसँग भेट गरेका थिए । भेटका क्रममा उनले चौधरी पक्राउ परेको घटनाबारे विस्तृत जानकारी लिँदै घटनाको वास्तविक अवस्थाप्रति चासो व्यक्त गरेका थिए । साथै पछिल्लो राजनीतिक परिस्थिति, पक्राउ प्रकरण र त्यसपछि विकसित घटनाक्रमबारे पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।

यसअघि पनि नेता नेपालले मनोज चौधरी प्रहरी हिरासतमा रहेका बेला जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर भेट गरेका थिए । त्यस अवसरमा उनले घटनाबारे जानकारी लिनुका साथै कानुनी प्रक्रियामाथि समेत चासो देखाएका थिए ।

नेकपा नेता चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुभन्दा दुई दिनअघि पक्राउ परेका थिए । पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका चौधरी सवार गाडीबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

पर्सा जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगंज कारागारमा रहेका चौधरी दुई महिना ६ दिनपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको आदेशमा बिहीबार रिहा भएका हुन् । चौधरी रिहा भएपछि उनलाई भेट्न पूर्व प्रधानमन्त्री नेपाल स्वयं वीरगंज पुगेपछि स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags: नेकपा नेता मनोज चौधरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि