Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

होटलभित्र युवतीको रहस्यमय मृत्युः तीनजना पक्राउ, घाँटीमा दाग भेटिएपछि शंकास्पद, अनुसन्धान तीव्र

प्रहरीका अनुसार सीता आफ्ना साथीहरूसँगै शुक्रबार साँझ होटल पुगेकी थिइन् । राति करिब ११ बजे उनी अचेत अवस्थामा भेटिएपछि तत्काल निजगढस्थित सामुदायिक अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानमा मृतकको घाँटीमा दाग देखिएकाले मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २६, २०८३
होटलभित्र युवतीको रहस्यमय मृत्युः तीनजना पक्राउ, घाँटीमा दाग भेटिएपछि शंकास्पद, अनुसन्धान तीव्र

निजगढ (बारा), २६ वैशाख । बाराको निजगढ–९ स्थित बुद्ध चोकमा रहेको गुरुङ होटलको कोठाभित्र एक युवती मृत फेला परेकी छन्। निजगढ–१२ की २५ वर्षीया सीता थिङ्ग शुक्रबार राति होटलमै मृत अवस्थामा भेटिएपछि घटना शंकास्पद बनेको छ । घटनापछि प्रहरीले अनुसन्धान तीव्र पार्दै निजगढ–९ की १८ वर्षीया अनु सुनार, जीतपुरसिमरा–१६ का ३५ वर्षीय महेश ओझा र ३६ वर्षीय सुनिल बम्जनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सीता आफ्ना साथीहरूसँगै शुक्रबार साँझ होटल पुगेकी थिइन् । राति करिब ११ बजे उनी अचेत अवस्थामा भेटिएपछि तत्काल निजगढस्थित सामुदायिक अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानमा मृतकको घाँटीमा दाग देखिएकाले मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सीता महेश ओझासँगै होटल पुगेकी थिइन् । साथै अनु सुनार र सुनिल बम्जन पनि उनीहरूसँगै होटलमा उपस्थित थिए । सीसीटीभी फुटेजअनुसार उनीहरू साँझ करिब साढे सात बजे होटल प्रवेश गरेका थिए । होटलमा बसेर मदिरा सेवन तथा खाना खाएपछि उनीहरू छुट्टाछुट्टै कोठामा गएका थिए । महेश र सीता एउटै कोठामा रहेका थिए भने अन्य दुई जना अर्को कोठामा बसेका थिए ।

प्रहरी विवरणअनुसार राति करिब ११ बजे महेशले अर्को कोठामा रहेकी सीताको साथीलाई बोलाएका थिए । त्यस क्रममा सीताले बाथरुममा झुण्डिने प्रयास गरेको बताउँदै महेशले एम्बुलेन्स बोलाउन जाने भन्दै होटलबाट मोटरसाइकल लिएर फरार भएको खुलेको छ । होटल सञ्चालकलाई समेत बिरामी साथी रहेको भन्दै एम्बुलेन्स लिन जानुपर्ने जानकारी दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि महेशसँगै आएका सुनिल बम्जन पनि सीता अचेत अवस्थामा देखिएपछि घटनास्थलबाट फरार भएका थिए । घटनाबारे अनु सुनारले होटल सञ्चालकलाई जानकारी गराएपछि प्रहरीले तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर पनि रातिनै कलैयाबाट घटनास्थल पुगेका थिए ।

प्रहरीले तत्काल अनु सुनारलाई नियन्त्रणमा लिएर बयान लिएको छ भने फरार भएका महेश र सुनिलको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा सुनिल टांगियाबस्तीको जंगल क्षेत्रमा पक्राउ परेका थिए भने महेशलाई शनिबार बिहान ४ बजे निजगढ–७ माझी टोलस्थित आफन्तको घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हाल तीनै जनालाई नियन्त्रणमा राखी अनुसन्धान अघि बढाइएको छ । मृतक सीताको शव पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण स्पष्ट हुने जनाएको छ ।

Tags: राति होटलमा के भयो ? युवती मृत फेला: तीन साथी प्रहरी नियन्त्रणमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

FAME Institute द्वारा मेडिकल, इञ्जिनियरिङ र CMAT तयारी कक्षामा नयाँ भर्ना अभियान सुरु

FAME Institute द्वारा मेडिकल, इञ्जिनियरिङ र CMAT तयारी कक्षामा नयाँ भर्ना अभियान सुरु

बैशाख २६, २०८३
वीमनपाद्वारा सञ्चार माध्यमको सुचिकृतका लागि म्याद थप

वीरगंज महानगरको कडा कदम : निष्क्रिय ८८ सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढ्यो

बैशाख २६, २०८३
वीरगंज–१० मा वडा स्तरीय क्रिकेट प्रतियोगिता, युवामा खेलकुदप्रति उत्साह बढाउने लक्ष्य

वीरगंज–१० मा वडा स्तरीय क्रिकेट प्रतियोगिता, युवामा खेलकुदप्रति उत्साह बढाउने लक्ष्य

बैशाख २६, २०८३
‘घरदैलोमा डाक्टर’ कार्यक्रम बढनियारमा प्रभावकारी, २५० स्थानीयले पाए निशुल्क स्वास्थ्य सेवा

‘घरदैलोमा डाक्टर’ कार्यक्रम बढनियारमा प्रभावकारी, २५० स्थानीयले पाए निशुल्क स्वास्थ्य सेवा

बैशाख २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि