Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकारी विज्ञापन नीतिविरुद्ध अन्तर्राष्ट्रिय दबाबः ‘राज्यनियन्त्रित मिडियालाई मात्र विज्ञापन दिने निर्णय प्रेस स्वतन्त्रतामाथिको खतरा’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको निर्देशनमार्फत सरकारी खर्च कटौतीको कारण देखाउँदै संघीय, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने व्यवस्था गरेको थियो । तर, सञ्चार क्षेत्रका सरोकारवालाहरूले उक्त निर्णयलाई निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने प्रयासका रूपमा हेरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २५, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध अन्तर्राष्ट्रिय दबाबः ‘राज्यनियन्त्रित मिडियालाई मात्र विज्ञापन दिने निर्णय प्रेस स्वतन्त्रतामाथिको खतरा’

वीरगंज (पर्सा), २५ वैशाख । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले नेपाल सरकारले सरकारी विज्ञापन वितरणसम्बन्धी हालै गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले सबै तहका सरकारी विज्ञापन राज्यनियन्त्रित सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने नीति अघि सारेपछि त्यसले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको हकमाथि प्रत्यक्ष असर पार्ने भन्दै आईएफजेले गम्भीर चिन्ता व्यक्त गरेको हो ।

फ्रान्सको पेरिसमा मे ४ देखि ७, २०२६ सम्म सम्पन्न आईएफजेको विश्व सम्मेलनले नेपाल सरकारको उक्त नीतिलाई सञ्चार क्षेत्रको स्वतन्त्रता कमजोर बनाउने कदमका रूपमा व्याख्या गरेको छ । सम्मेलनले नेपाल पत्रकार महासंघ र आईएफजे एशिया–प्रशान्त क्षेत्रद्वारा प्रस्तुत प्रस्तावलाई ‘अति जरुरी प्रस्ताव’ का रूपमा पारित गर्दै सरकारलाई निर्णय पुनर्विचार गर्न सार्वजनिक आग्रह गरेको महासंघले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको निर्देशनमार्फत सरकारी खर्च कटौतीको कारण देखाउँदै संघीय, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने व्यवस्था गरेको थियो । तर, सञ्चार क्षेत्रका सरोकारवालाहरूले उक्त निर्णयलाई निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने प्रयासका रूपमा हेरेका छन् । आईएफजे सम्मेलनले सरकारी विज्ञापनको वितरण निष्पक्ष, पारदर्शी र गैर–विभेदकारी हुनुपर्नेमा जोड दिँदै राज्यले कुनै निश्चित सञ्चारमाध्यमलाई मात्रै प्राथमिकता दिनु लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताको सिद्धान्तविपरीत हुने उल्लेख गरेको छ ।

सम्मेलनद्वारा पारित प्रस्तावमा सरकारी सञ्चारमाध्यमलाई आर्थिक रूपमा सुदृढ बनाउने नाममा सूचना प्रवाहमा एकाधिकार सिर्जना हुन सक्ने र त्यसले दीर्घकालीन रूपमा सञ्चार क्षेत्रमा सरकारी नियन्त्रण बढाउने खतरा रहेको चेतावनी दिइएको छ । प्रस्तावमा स्वतन्त्र सञ्चारमाध्यमको आर्थिक दिगोपना कमजोर हुँदा पत्रकारहरूको रोजगारी, पेशागत सुरक्षा र नागरिकको विविध सूचनामा पहुँचसमेत प्रभावित हुने उल्लेख गरिएको छ ।

विशेषगरी नेपालजस्तो लोकतान्त्रिक संक्रमणबाट गुज्रिरहेको मुलुकमा सञ्चारमाध्यमको विविधता र स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको भन्दै आईएफजेले सरकारले प्रेसमाथि अप्रत्यक्ष नियन्त्रण गर्ने कुनैपनि नीति वा कानुनी व्यवस्था ल्याउन नहुने स्पष्ट पारेको छ । आईएफजेले नेपाल पत्रकार महासंघले यस विषयमा गरिरहेको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सरकारलाई विभेदकारी नीति तत्काल खारेज गर्न आग्रह गरेको छ । साथै, प्रेस स्वतन्त्रता कमजोर पार्ने वा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने खालका नीति, कानुन तथा प्रशासनिक निर्णय नगर्न पनि सरकारलाई सचेत गराइएको छ ।

विश्व सम्मेलनमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष निर्मला शर्मा सहभागी भएकी थिइन् । महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी प्रेस विज्ञप्तिमार्फत सम्मेलनका निर्णयहरू सार्वजनिक गरिएको हो । सरकारी विज्ञापन वितरणसम्बन्धी यो विवाद अहिले केवल आर्थिक विषयमा सीमित नरही प्रेस स्वतन्त्रता, राज्यको भूमिकासहित लोकतान्त्रिक मूल्य–मान्यताको बहसको केन्द्र बन्न पुगेको छ ।

Tags: सरकारी विज्ञापन नीति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि