Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जथाभावी फोहोर फाल्नेलाई जितपुरसिमरामा ५० हजारसम्म जरिवाना

फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा उपमहानगरको फोहोरमैला व्यवस्थापन कार्यविधि २०७९ अनुसार अब सार्वजनिक स्थानमा फोहोर विसर्जन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । उपमहानगरले कसुरको प्रकृति अनुसार जरिवानाको दायरा निर्धारण गर्दै अधिकतम ५० हजार रुपैयाँसम्म दण्ड सजाय हुन सक्ने स्पष्ट पारेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०८३
जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

जितपुरसिमरा (बारा), २४ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले वातावरण संरक्षण र बढ्दो प्रदूषण नियन्त्रणका लागि फोहोर व्यवस्थापनमा कडाइ गर्ने भएको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक, नाला, फुटपाथ तथा सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्थामाथि कडा कानुनी कारबाही गरिने जनाएको हो ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा उपमहानगरको फोहोरमैला व्यवस्थापन कार्यविधि २०७९ अनुसार अब सार्वजनिक स्थानमा फोहोर विसर्जन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । उपमहानगरले कसुरको प्रकृति अनुसार जरिवानाको दायरा निर्धारण गर्दै अधिकतम ५० हजार रुपैयाँसम्म दण्ड सजाय हुन सक्ने स्पष्ट पारेको छ ।

सूचनाअनुसार सामान्य फोहोर जथाभावी फाल्ने व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिनेछ । एउटै गल्ती दोहोर्‍याएमा प्रत्येक पटक जरिवाना रकम दोब्बर हुने व्यवस्था गरिएको छ । सार्वजनिक स्थानमा चुरोटका ठुटा, गुट्खाका खोल वा अन्य साना फोहोर फाल्नेलाई समेत कारबाहीको दायरामा ल्याइएको छ । यस्ता कार्यमा संलग्न व्यक्तिलाई एक सय रुपैयाँ जरिवाना तोकिएको उपमहानगरले जनाएको छ ।

जनस्वास्थ्यमा गम्भीर असर पर्ने किसिमका फोहोर सडक, नदी वा खुला क्षेत्रमा फालेमा पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख गरिएको छ । उद्योग तथा स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहोर व्यवस्थापनमा पनि उपमहानगरले कडा निगरानी गर्ने भएको छ । यदि कुनै उद्योग वा स्वास्थ्य संस्थाले विषादीयुक्त वा स्वास्थ्य जोखिमयुक्त फोहोर अव्यवस्थित रूपमा फालेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना गरिनुका साथै सम्बन्धित निकायमा अनुमति रद्दको सिफारिससमेत गरिने चेतावनी दिइएको छ ।

यसका अतिरिक्त अनुमति बिना सडक क्षेत्रमा निर्माण सामग्री थुपार्ने, सरसफाइमा अवरोध पुर्‍याउने वा सार्वजनिक स्थल फोहोर बनाउने व्यक्तिमाथि पनि आवश्यक कारबाही गरिने उपमहानगरले जनाएको छ । ‘सफा नगर, स्वस्थ नागरिक’ अभियानलाई प्रभावकारी बनाउन नगर प्रहरी, अनुगमन टोली र वडा कार्यालयहरूलाई सक्रिय रूपमा परिचालन गरिएको जनाइएको छ । उपमहानगरपालिकाले सम्पूर्ण नगरवासीलाई तोकिएको स्थान र समयमा मात्रै फोहोर व्यवस्थापन गर्न आग्रह गर्दै स्वच्छ, व्यवस्थित र सभ्य सहर निर्माणमा सहयोग गर्न अपिल गरेको छ ।

Tags: जितपुरसिमरा उपमहानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आवासीय चिकित्सकहरुलाई छात्रावास खाली गर्न दिइएको निर्देशन तत्कालको लागि स्थगित

रेजिडेन्ट चिकित्सक २४ दिनदेखि आन्दोलनमा, ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ छानबिन गर्न माग

अशोज २२, २०८३
नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

अशोज २२, २०८३
एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

अशोज २२, २०८३
पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

अशोज २२, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि