Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०८३
साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज (पर्सा), २१ वैशाख । वीरगंज भन्सार नाकामा आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने नयाँ व्यवस्थाका कारण देशकै प्रमुख वीरगंज भन्सार कार्यालयको कामकाज एक सातादेखि प्रभावित बनेको छ । यस नीतिप्रति निजी क्षेत्रले असन्तुष्टि जनाउँदै मालसामान जाँचपास रोक्दा राजश्व संकलनमा समेत उल्लेखनीय गिरावट आएको छ ।

भन्सार परिसरमै भित्रिसकेको सामान समेत जाँचपास नहुँदा वीरगंज भन्सारको नियमित कार्य प्रणाली प्रभावित भएको हो । सबैभन्दा बढी राजश्व संकलन गर्ने भन्सार कार्यालयमध्ये पर्ने वीरगंज भन्सारको आम्दानीमा यसले प्रत्यक्ष असर पारेको छ ।

वीरगंजस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) सञ्चालन गर्ने टिआरएस हिमालयन लजि पार्कका प्रशासन प्रमुख गणश घिमिरेका अनुसार सोमबार साँझसम्म मात्रै करिब १ हजार ७ सय मालबाहक सवारीसाधन आईसीपी परिसरमा रोकिएर बसेका छन् । उनका अनुसार भारततर्फबाट आउने सवारीसाधनको संख्या बढ्दो भए पनि त्यसअनुसार जाँचपास हुन नसक्दा ठूलो संख्यामा सवारीसाधन थन्किनु परेको हो ।

घिमिरेले औद्योगिक कच्चा पदार्थ, इन्धन तथा एमआरपी अनिवार्य नपर्ने केही वस्तु बाहेक अन्य धेरै सामानको जाँचपास प्रभावित भएको जानकारी दिए । उनले भारततर्फ पनि यस्तै अवस्था रहेको उल्लेख गर्दै भारतीय आईसीपी बाहिर लक्ष्मीपुरसम्म करिब ७ सय मालबाहक सवारीसाधन लाममा रहेको बताए । उनका अनुसार नेपालतर्फ जाने सवारीसाधन पनि भारतीय पक्षमा ठूलो संख्यामा रोकिएका छन् ।

यसैबीच, वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदय सिंह बिष्टका अनुसार पछिल्ला सातादेखि राजश्व संकलनमा गिरावट आएको छ । उनका अनुसार वैशाख महिनामा आइतबारसम्म कार्यालयले १२ अर्ब २५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ, जबकि मासिक लक्ष्य २३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । हालसम्म ५३ प्रतिशत मात्र लक्ष्य पूरा भएको उनले जानकारी दिए । सामान्य अवस्थामा दैनिक ६० देखि ६५ करोड रुपैयाँ राजश्व उठ्ने भएपनि आइतबार मात्र १७ करोड रुपैयाँ संकलन भएको थियो ।

उनका अनुसार औद्योगिक कच्चा पदार्थ, बल्क आइटम, आयोजना सम्बन्धी सामान, डर्टी कार्गो, फलफूल तथा तरकारी बाहेकका अधिकांश वस्तु जाँचपास रोकिएको छ । नेपाल सरकारले २०८२ चैत २६ मा जारी गरेको सूचनाअनुसार गत मंगलबारदेखि वीरगन्जसहित देशभरका भन्सार नाकाबाट आयातित वस्तुको जाँचपास प्रक्रियामा असर परेको हो ।

यसैबीच, व्यवसायीहरूको छाता संगठन वीरगंज उद्योग वाणिज्य संघले सरोकारवालासँग पर्याप्त छलफल नगरी एकतर्फी रूपमा लागू गरिएको एमआरपी व्यवस्था निजी क्षेत्रमैत्री नभएको भन्दै आपत्ति जनाएको छ । संघले सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै तत्काल समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।

Tags: वीरगंज भन्सार कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि