Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा विकास योजनामा कमिशनको आरोपः पूर्वाधार कार्यालय विवादको घेरामा, दुईजना पक्राउ

योजनाको कार्यादेश कमिशन लिएर वितरण गरिएको भन्दै असन्तुष्ट समूहले सोमबार बिहान कार्यालय पुगेर विरोध प्रदर्शन गरेको हो । सो क्रममा उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्केर असन्तोष व्यक्त गरेका थिए । उक्त समूहका एक व्यक्तिले आफू ठेकेदार भएको दाबी गर्दै आफ्ना ९ वटा योजनाको कार्यादेश कार्यालय प्रमुखले नदिएको भन्दै आक्रोश पोखेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०८३
पर्सामा विकास योजनामा कमिशनको आरोपः पूर्वाधार कार्यालय विवादको घेरामा, दुईजना पक्राउ

वीरगंज (पर्सा), २१ वैशाख । मधेश प्रदेश सरकारअन्तर्गतका विकास निर्माण योजनाहरू कमिशनको आधारमा वितरण भइरहेको आरोपसँगै पर्सामा विवाद चर्किएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालय मातहत रहेको पूर्वाधार विकास कार्यालय पर्सामा योजनाको कार्यादेश (चिठी) वितरण प्रक्रियामै अनियमितता भएको आरोप स्थानीयवासीहरूले लगाएका छन् ।

आरोपअनुसार योजनाको कार्यादेश कमिशन लिएर वितरण गरिएको भन्दै असन्तुष्ट समूहले सोमबार बिहान कार्यालय पुगेर विरोध प्रदर्शन गरेको हो । सो क्रममा उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्केर असन्तोष व्यक्त गरेका थिए । उक्त समूहका एक व्यक्तिले आफू ठेकेदार भएको दाबी गर्दै आफ्ना ९ वटा योजनाको कार्यादेश कार्यालय प्रमुखले नदिएको भन्दै आक्रोश पोखेका थिए । घटनाको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

त्यसैगरी, कार्यालय प्रमुख राजेश कर्णले आइतबार सार्वजनिक बिदाको दिनमै योजनाका कार्यादेश वितरण गरेको आरोपसमेत उनीहरूले लगाएका छन् । यता, कार्यालय पक्षले भने ती व्यक्तिहरूले जबर्जस्ती योजना माग्दै कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गर्ने प्रयास गरेको दाबी गरेको छ । घटनाबारे प्रतिक्रिया लिन कार्यालय प्रमुख कर्णसँग सम्पर्क गर्ने प्रयास भएपनि फोन नउठेपछि उनको धारणा प्राप्त हुन सकेन ।

यसैबीच, सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाईका ३० वर्षीय मनमोहन पाण्डे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार वीरगंज–२३ स्थित पूर्वाधार विकास कार्यालय परिसरमा भएको घटनापछि कार्यालय प्रमुखले दिउँसो करिब २ः३० बजे वडा प्रहरी कार्यालय श्रीपुरलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

स्थानीय शशिकपुर मियाँका अनुसार राजनीतिक परिवर्तन भएपनि मधेश प्रदेश सरकारको कार्यशैलीमा अपेक्षित सुधार नआएको गुनासो बढ्दै गएको छ । उनका अनुसार प्रदेशका केही सांसदहरूले विकास योजनाहरू भागबन्डा गरी ठेकेदारमार्फत कमिशनको आधारमा सञ्चालन गर्ने प्रवृत्ति अझै कायम रहेको आरोप छ ।

त्यस्तै, स्थानीयहरूको भनाइमा जनताको आवश्यकताअनुसारका योजनाभन्दा पनि सांसद र मन्त्रीहरूको स्वार्थअनुसार टुक्रे योजनाहरू ल्याइने र ती योजनामा कमिशनको चलखेल हुने गरेको छ । यस्ता दबाबका कारण पूर्वाधार कार्यालयले सम्बन्धित वडा र पालिकामा जानुपर्ने कार्यादेश पनि निश्चित व्यक्तिहरूलाई दिइँदै आएको आरोप छ, जसले गर्दा विकास निर्माणका कामको गुणस्तरसमेत प्रभावित भएको स्थानीयहरूको भनाइ छ ।

मोबिल छर्किने दुईजना पक्राउ
सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान करिब ९ः२० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.२३ स्थित पूर्वाधार विकास कार्यालय पर्साको प्राङ्गणमा रहेको बोर्डमा मोबिल छर्केर फरार भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सोही कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विकास योजनासम्बन्धी विषयमा वाद–विवाद भएपछि ती व्यक्तिहरूले आक्रोशित हुँदै कार्यालयको बोर्डमा मोबिल छर्केका थिए । घटना लगत्तै उनीहरू फरार भएका थिए । उक्त घटनाबारे कार्यालय प्रमुखले दिउँसो २ः३० बजे वडा प्रहरी कार्यालय श्रीपुरलाई टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । त्यसक्रममा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

पक्राउ पर्नेहरूमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.११ बस्ने वर्ष ३३ को जयपुजन ठाकुर लोहार र वीगरंज महानगरपालिका वडा नं.१३ राधेमाई बस्ने वर्ष ३० को मनमोहन पाण्डे रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

Tags: पर्सामा विकास योजनाको भागबन्डा विवाद: बोर्डमा मोबिल छर्कियो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

साउनमा वीरगंज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

वीरगंज भन्सारमा एमआरपी नियमको असरः जाँचपास ठप्प, राजश्वमा गिरावट

बैशाख २१, २०८३
वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

वीरगंजमा तेक्वान्दो प्रतिस्पर्धा, उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरका लागि तयार

बैशाख २१, २०८३
नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

नारायणी रङ्गशाला सडकखण्डमा सरसफाई

बैशाख २१, २०८३
माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

माटो खसाल्ने क्रममा ट्याक्टरबाट च्यापिएर युवकको मृत्यु

बैशाख २१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि