Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अब अस्पतालमा पनि दुईदिन सार्वजनिक बिदा, आकस्मिक सेवा भने २४ घण्टा सञ्चालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ४, २०८३
अब अस्पतालमा पनि दुईदिन सार्वजनिक बिदा, आकस्मिक सेवा भने २४ घण्टा सञ्चालनमा

वीरगंज (पर्सा), ४ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि अस्पतालहरूमा पनि हप्तामा दुईदिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ । शुक्रबार जारी सूचनाअनुसार राजपत्रमा चैत २२ गते प्रकाशित व्यवस्था कार्यान्वयनमा ल्याउँदै शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था सुरु गरिएको हो ।

यस निर्णयसँगै वीरगंजस्थित नारायणी अस्पतालमा पनि उक्त व्यवस्था लागू हुने भएको छ । यसअघि सरकारी कार्यालय र विद्यालयहरूमा मात्र दुई दिने बिदा लागू गरिएको भए पनि अस्पतालहरू भने यसबाट बाहिर राखिएका थिए ।

मन्त्रालयले स्वास्थ्यकर्मीहरूको हित र मनोबललाई ध्यानमा राख्दै यो निर्णय गरिएको स्पष्ट पारेको छ । यद्यपि, बिरामीको उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले अन्तरंग (इनडोर) तथा आकस्मिक सेवाहरू भने चौबिसै घण्टा निरन्तर सञ्चालनमा रहने जनाइएको छ । आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियाहरू बिरामीको सुविधा हेरी पुनः तालिका मिलाइने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

साथै, बिदाका दिनमा पनि बिरामीहरूले आवश्यक सेवा सहज रूपमा पाउन सकून् भनेर अस्पतालहरूलाई अधिकतम सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ । यदि कुनै सेवा उपलब्ध नभएमा नजिकको उपयुक्त अस्पतालमा सहज रेफर गर्ने र एम्बुलेन्स सेवा सधैँ तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Tags: दुईदिन सार्वजनिक बिदा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बैशाख ७, २०८३
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

बैशाख ७, २०८३
पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्दार केन्द्र संचालनमा

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्दार केन्द्र संचालनमा

बैशाख ७, २०८३
सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

सर्वोच्चको फैसलाअनुसार मेनरोड विस्तार, अधिवक्ता पटेलको स्पष्ट धारणा

बैशाख ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि