Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा ‘ढाट’को नाममा कर आतंक : कानुनी अधिकार कि संगठित अराजकता ?

स्थानीय सरकार सञ्चालन ऐनले कर संकलन गर्दा पारदर्शिता, दररेट सार्वजनिकता, सूचना बोर्डको अनिवार्यता र निश्चित भौगोलिक सीमाभित्र मात्र कर उठाउनुपर्ने व्यवस्था गरेको छ । अझ महत्वपूर्ण कुरा, राजमार्ग, भन्सार नाका वा राष्ट्रिय आवागमनका मुख्य मार्गहरूमा अव्यवस्थित रूपमा कर उठाउन कानुनले निषेध गरेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
चैत्र २९, २०८२
‘कबाडी कर’को आतंकप्रति सांसद पन्तको कडा आपत्तिः वीरगंजमा ढाटको नाममा खुलेयाम रंगदारी !

वीरगंज अहिले कर संकलनको नाममा विकसित हुँदै गएको एक गम्भीर प्रशासनिक विकृतिको केन्द्र बनेको छ । एकीकृत जाँच चौकी (आई.सि.पी.) र भन्सार नाका हुँदै बाहिरिने मालवाहक सवारीसाधनबाट ‘ढाट’ र ‘कबाडी कर’का नाममा भइरहेको अवैध असुली केवल स्थानीय समस्या होइन, यो राज्यको कानुनी संरचना र सुशासनमाथिको खुला चुनौती हो । केन्द्र सरकारको पटक-पटकको स्पष्ट निर्देशन, गृह मन्त्रालयको अवैधता सम्बन्धी प्रष्ट आदेश र स्थानीय तहका सीमित अधिकार सबैलाई बेवास्ता गर्दै भइरहेको यो अभ्यास अब सामान्य प्रशासनिक कमजोरी होइन, संगठित अराजकताको रूप लिइरहेको छ ।

नेपालको कानुनी संरचनाअनुसार स्थानीय तहलाई ‘जडीबुटी, कबाडी तथा जीवजन्तु कर’ संकलन गर्ने अधिकार दिइएको छ । तर यो अधिकार निरपेक्ष होइन, स्पष्ट सीमाभित्र बाँधिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले कर संकलन गर्दा पारदर्शिता, दररेट सार्वजनिकता, सूचना बोर्डको अनिवार्यता र निश्चित भौगोलिक सीमाभित्र मात्र कर उठाउनुपर्ने व्यवस्था गरेको छ । अझ महत्वपूर्ण कुरा, राजमार्ग, भन्सार नाका वा राष्ट्रिय आवागमनका मुख्य मार्गहरूमा अव्यवस्थित रूपमा कर उठाउन कानुनले निषेध गरेको छ ।

तर वीरगंजको यथार्थ फरक छ । भन्सार, आई.सि.पी. र ड्राइपोर्ट जस्ता देशकै प्रमुख राजस्व केन्द्रबाट बाहिरिने ट्रकहरूलाई लक्षित गर्दै ५ सयदेखि १ हजार रुपैयाँसम्म जबर्जस्ती असुली भइरहेको व्यवसायीहरूको गुनासोले राज्य संयन्त्रको मौनता झनै गम्भीर बनाएको छ । रसिद नदिने, दररेट सार्वजनिक नगर्ने, धम्की र कुटपिटमार्फत रकम उठाउने जस्ता गतिविधि कुनै कर प्रणाली होइन, यो खुला दबाब र आर्थिक आतंकको स्वरूप हो ।

यसैबीच, ‘कबाडी कर’को नाममा वीरगंज–२२ जगरनाथपुर चोक लगायतका स्थानमा भारतीय नम्बर प्लेटका सवारीसाधनलाई समेत लक्षित गरी असुली भइरहेको आरोपले समस्या अझ जटिल बनाएको छ । कर संकलनको वैधानिक आवरणभित्र गैरकानुनी धन्दा चलिरहेको संकेत स्पष्ट देखिन्छ । जब कर संकलन सेवा होइन, भय र दबाबमा आधारित हुन्छ, तब त्यो राज्यको अधिकार होइन, अपराधमा रूपान्तरण हुन्छ ।

यसमा थप चिन्ताजनक पक्ष सुरक्षा निकायको भूमिकामाथि उठेका प्रश्न हुन् । स्थानीय तह, केही ठेक्केदार समूह र प्रभावशाली व्यक्तिहरूबीचको सम्भावित मिलेमतोबिना यस्तो संरचित असुली सम्भव नहुने आरोपले राज्यको निगरानी प्रणाली कमजोर रहेको देखाउँछ । उजुरीहरू दर्ता हुने तर कार्यान्वयन नहुने प्रवृत्तिले नागरिकमा निराशा मात्र होइन, प्रणालीप्रतिको अविश्वास गहिरो बनाइरहेको छ ।

स्थानीय तहलाई अधिकार दिइएको हो सेवा प्रवाह र राजस्व व्यवस्थापन सुधारका लागि, न कि सडकमा कर आतंक सिर्जना गर्न । तर जब अधिकार नै दुरुपयोगको साधन बन्छ, तब कानुनको मर्म हराउँछ र राज्य कमजोर देखिन थाल्छ । वीरगंजको अहिलेको अवस्था यही दिशातर्फ गइरहेको स्पष्ट संकेत हो । सरकारले अवैध असुली रोक्न निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन नहुनु नै सबैभन्दा ठूलो विडम्बना हो ।

यदि संघीय आदेश, कानुनी व्यवस्था र प्रशासनिक संरचना सबैलाई चुनौती दिँदै यस्तो अभ्यास जारी रहन्छ भने त्यो केवल स्थानीय समस्या होइन, राष्ट्रिय सुशासन संकट हो । अब प्रश्न उठ्छ के राज्य आफ्नै कानुन कार्यान्वयन गर्न सक्षम छ ? वा करको नाममा चलिरहेको यो संगठित अराजकता नै नयाँ ‘नियम’ बन्दै गएको हो ? वीरगंजको यो घटनाक्रमले स्पष्ट संकेत गरेको छ कानुन कागजमा मात्र सीमित रह्यो भने सडकमा अराजकता नै वास्तविक शासन बन्छ ।

हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि