Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बढ्दो डिजिटल र लैङ्गिक हिंसाप्रति चिन्ताः सुरक्षित डिजिटल अभ्यास र प्रभावकारी नीति आवश्यक

सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, अपमानजनक अभिव्यक्ति र चरित्र हत्या जस्ता घटनाहरू बढ्दै गएको भन्दै त्यसबाट जोगिने उपाय तथा कानुनी प्रावधानबारे जानकारी अपरिहार्य ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २६, २०८२
बढ्दो डिजिटल र लैङ्गिक हिंसाप्रति चिन्ताः सुरक्षित डिजिटल अभ्यास र प्रभावकारी नीति आवश्यक

वीरगंज (पर्सा), २६ चैत । बढ्दो लैङ्गिक तथा डिजिटल हिंसाले समाजमा गम्भीर चुनौती सिर्जना गरिरहेको भन्दै बारा र पर्साका महिला जनप्रतिनिधिहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्तो हिंसाको नियन्त्रणका लागि स्पष्ट नीति, व्यापक जनचेतना र सुरक्षित डिजिटल अभ्यास अपरिहार्य भएकोमा जोड दिएका छन् ।

वीरगंजमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपाल द्वारा आयोजित लैङ्गिक उत्तरदायित्व, समावेशी शासन तथा डिजिटल हिंसासम्बन्धी तीन दिने तालिममा सहभागी जनप्रतिनिधिहरूले हिंसाका विभिन्न रूप, त्यसका कारण र नियन्त्रणका उपायबारे विस्तृत छलफल गरेका छन् । छलफलका क्रममा प्रभावकारी नीति निर्माणसँगै त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

बिहीबारदेखि सुरु भएको उक्त तालिममा बाराको आदर्शकोतवाल गाउँपालिका र पर्साका वीरगंज महानगरपालिका, पकाहमैनपुर तथा बिन्दबासिनी गाउँपालिकाका निर्वाचित महिला प्रतिनिधिहरूको सहभागिता रहेको छ । सहभागीहरूले विशेषगरी सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार, अपमानजनक अभिव्यक्ति र चरित्र हत्या जस्ता घटनाहरू बढ्दै गएको भन्दै त्यसबाट जोगिने उपाय तथा कानुनी प्रावधानबारे जानकारी अपरिहार्य भएको बताएका छन् ।

ओरेक नेपालकी परियोजना संयोजक मिलन कार्कीका अनुसार महिला जनप्रतिनिधिहरूलाई उनीहरूको अधिकार, कर्तव्य र जिम्मेवारीबारे स्पष्ट बनाउन तालिम सञ्चालन गरिएको हो । उनले डिजिटल माध्यमको सुरक्षित तथा प्रभावकारी प्रयोग, अनलाइन हिंसाबाट जोगिने उपाय र डिजिटल साक्षरता अभिवृद्धिमा विशेष ध्यान दिइएको जानकारी दिइन् ।

तालिममा सहभागी विज्ञ गीता सुवेदीले स्थानीय तहमा नीति तथा कार्यक्रम कार्यान्वयन, लैङ्गिक संवेदनशील योजना निर्माण र पालिकाबीच सहकार्यका विषयमा प्रशिक्षण दिइरहेकी छन् । उनका अनुसार डिजिटल प्लेटफर्मले अवसरसँगै चुनौती पनि थपेको छ, तर सही रूपमा प्रयोग गर्न सके यसले महिलाको आवाज सशक्त बनाउने प्रभावकारी माध्यम बन्न सक्छ ।

त्यस्तै, ओरेक नेपालकी मधेश प्रदेश संयोजक बीना कुमारी सिंहले तालिममा लैङ्गिक हिंसा न्यूनीकरणमा जनप्रतिनिधिको भूमिका, लैङ्गिकमैत्री बजेट निर्माण तथा समावेशी योजना तर्जुमा जस्ता महत्वपूर्ण विषय समेटिएको बताइन् । ओरेक नेपालले मधेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा महिला सशक्तीकरण र लैङ्गिक हिंसा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तीन दिनसम्म सञ्चालन हुने यस तालिमले महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय तहमा लैङ्गिकमैत्री नीति निर्माण र सुरक्षित डिजिटल वातावरण प्रवद्र्धनमा ठोस योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

Tags: लैङ्गिक तथा डिजिटल हिंसाले समाजमा गम्भीर चुनौती
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि