Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रीमतीमाथि आक्रमण गर्ने पक्राउ : ज्यानमार्ने उद्योगमा अनुसन्धान, पीडित परिवारलाई सहयोग

२०८२ चैत १ गते बिहान करिब ८ः३० बजे घरायसी विवादका कारण सहनीले पूर्वयोजना बनाई अमानवीय ढंगले ‘दाउ’ प्रहार गर्दा श्रीमतीको बायाँ खुट्टा काटिएको थियो । घटनापछि उनी घाइतेलाई रगताम्मै अवस्थामा छाडेर फरार भएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०८२
श्रीमतीमाथि आक्रमण गर्ने पक्राउ : ज्यानमार्ने उद्योगमा अनुसन्धान, पीडित परिवारलाई सहयोग

वीरगंज (पर्सा), १५ चैत । पर्सा जिल्लामा श्रीमतीमाथि क्रुर आक्रमण गरी गम्भीर घाइते बनाउने एक व्यक्ति पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–३ बिरुवा टोलका करिब ३० वर्षीय विश्वनाथ सहनीले आफ्नै श्रीमती २५ वर्षीया हरिकला देवी सहनीमाथि धारिलो हतियार प्रहार गरी खुट्टा काटिदिएको घटनामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार २०८२ चैत १ गते बिहान करिब ८ः३० बजे घरायसी विवादका कारण सहनीले पूर्वयोजना बनाई अमानवीय ढंगले ‘दाउ’ प्रहार गर्दा श्रीमतीको बायाँ खुट्टा काटिएको थियो । घटनापछि उनी घाइतेलाई रगताम्मै अवस्थामा छाडेर फरार भएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोली तथा स्थानीयवासीको सहयोगमा घाइते महिलालाई तत्काल उद्धार गरी एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा.लि., परवानीपुर (बारा) मा उपचारका लागि पठाइएको थियो ।

प्रारम्भिक अनुसन्धानपछि फरार रहेका आरोपीलाई २०८२ चैत १४ गते दिउँसो करिब १२ः३० बजे सोही स्थानबाट जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी बडनिहारको संयुक्त टोलीले पक्राउ गरेको हो । हाल पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंगसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

पीडित परिवारलाई आर्थिक सहयोग
श्रीमतीमाथि भएको क्रूर आक्रमणमा गम्भीर घाइते बनेकी हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी ३० वर्षीय विश्वनाथ सहनीले घरायसी विवादका कारण आफ्नी करिब २५ वर्षीया श्रीमतीमाथि धारिलो हतियार (दाउ) प्रहार गरी बायाँ खुट्टा काटिदिएपछि उनी गम्भीर अवस्थामा पुगेकी थिइन् ।

घटनापछि पीडित परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर देखिएकाले जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट हरिकला देवीका बुवा आमालाई ५० हजार १०५ रुपैयाँ राहतस्वरूप उपलब्ध गराइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले उक्त रकमको चेक पीडितका अभिभावकलाई हस्तान्तरण गरेका हुन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिएका छन् ।

Tags: घरायसी विवादले लियो हिंसात्मक रूप: श्रीमतीमाथि ‘दाउ’ प्रहार गर्ने पक्राउ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि