Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेनजी आन्दोलनको ‘गोप्य रिपोर्ट’ बाहिरियो : पूर्वप्रधानमन्त्रीदेखि सुरक्षा प्रमुखसम्म कटघरा बाहिर

विशेषतः जनआस्थाले प्रतिवेदन सार्वजनिक गरेपछि यसले थप चर्चा र बहस जन्माएको छ । अन्तरिम सरकारले प्रतिवेदन सार्वजनिक नगरी कार्यकाल सक्न खोजिरहेका बेला सार्वजनिक भएको यो दस्तावेजले सुशासनको मुद्दा उठाउँदै अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई समेत असहज बनाएको विश्लेषण गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०८२
जेनजी आन्दोलनको ‘गोप्य रिपोर्ट’ बाहिरियो : पूर्वप्रधानमन्त्रीदेखि सुरक्षा प्रमुखसम्म कटघरा बाहिर

काठमाडौँ, १२ चैत । जेनजी आन्दोलनको सत्य उजागर गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अन्ततः सार्वजनिक भएको छ । सरकारले लामो समयसम्म गोप्य राख्न खोजेको यो प्रतिवेदन सञ्चार माध्यममार्फत बाहिरिएसँगै देशभर राजनीतिक तथा सुरक्षा वृत्तमा तीव्र तरङ्ग उत्पन्न भएको छ ।

विशेषतः जनआस्थाले प्रतिवेदन सार्वजनिक गरेपछि यसले थप चर्चा र बहस जन्माएको छ । अन्तरिम सरकारले प्रतिवेदन सार्वजनिक नगरी कार्यकाल सक्न खोजिरहेका बेला सार्वजनिक भएको यो दस्तावेजले सुशासनको मुद्दा उठाउँदै अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई समेत असहज बनाएको विश्लेषण गरिएको छ ।

सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेकै अवस्थामा यसको विवरण सञ्चार माध्यमहरू हुँदै सर्वसाधारणसम्म पुग्न थालेपछि अब राज्यको धारणा र कदम कस्तो हुन्छ भन्ने प्रश्न झन् पेचिलो बनेको छ ।

प्रतिवेदनका मुख्य बुँदाहरू
प्रतिवेदनमा उल्लेख गरिएका केही गम्भीर निष्कर्षहरूले राजनीतिक नेतृत्वदेखि सुरक्षा संयन्त्रसम्मलाई प्रत्यक्ष रुपमा कटघराबाहिर ल्याएको छ ।

१. शीर्ष नेतृत्वमाथि फौजदारी कारबाही सिफारिस
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवर खापुङ विरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरिएको छ । उनीहरूलाई करिब १० वर्षसम्मको सजाय हुनसक्ने उल्लेख छ ।

सुरक्षा संयन्त्रको कमजोरी औंल्याइयो
सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्री निवासको सुरक्षा सम्हालिरहेका नेपाली सेनाका उच्च अधिकारीहरूले पर्याप्त सुरक्षा दिन नसकेको भन्दै उनीहरूलाई पनि कारबाही गर्न सुझाव दिइएको छ ।

३. ‘डिस्कर्ड नेटवर्क’ मार्फत हिंसात्मक योजना
प्रतिवेदनमा डिजिटल प्लेटफर्म म्ष्कअयचम प्रयोग गरी पेट्रोल बम बनाउनेदेखि आगजनीसम्मका योजना बनाइएको दाबी गरिएको छ । संगठित रूपमा त्रास फैलाउने रणनीति बनाइएको उल्लेख छ ।

४. जेलरको सनसनीपूर्ण बयान
नख्खु कारागारका जेलर सत्यराम जोशीले रवि लामिछानेलाई जेलबाट निकाल्न दबाब दिइएको दाबी गरेका छन् । तर लामिछानेले भने आफू वा आफ्नो पार्टीको संलग्नता अस्वीकार गरेका छन् ।

५. ‘आतंकवादी शैली’ को आरोप र प्रतिवाद
आन्दोलनका क्रममा भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारमाथि लगाउँदै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ले कठोर टिप्पणी गरेका छन् । आफूले संयमता अपनाउन आग्रह गरेको र उच्चस्तरीय समन्वयमा काम गरेको दाबी उनले गरेका छन् ।

६. शीर्ष नेताहरूका फरक-फरक दाबी
घटनामा उत्तेजना योजनाबद्ध रूपमा फैलाइएको भन्दै केपी शर्मा ओली ले बचाउ गरेका छन् भने आफ्ना घरमा भेटिएको भनिएको रकम ‘एआईबाट बनाइएको हुनसक्ने’ भन्दै शेरबहादुर देउवा ले दाबी गरेका छन् ।

७. कारबाहीसँगै पुरस्कारको सिफारिस
आयोगले दोषीमाथि कारबाही मात्र नभई उत्कृष्ट कार्य गर्ने सुरक्षा अधिकारी र गृहमन्त्रालयका कर्मचारीलाई बढुवा तथा पुरस्कार दिन पनि सुझाव दिएको छ ।

सरकारमाथि गोपनियताको प्रश्न
प्रतिवेदन सार्वजनिक हुनुअघि सरकारले यसलाई लुकाउने प्रयास गरेको आरोप लागिरहेका बेला यसको सामग्री सञ्चार माध्यममा व्यापक रूपमा फैलिन थालेको छ । यसले राज्यको सूचना व्यवस्थापन, गोपनियता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।

विश्लेषकहरूका अनुसार, सूचना प्रवाह रोक्न खोज्नु भन्दा पारदर्शी ढंगले सार्वजनिक गर्नु नै लोकतान्त्रिक अभ्यास हुने भएकाले अब सरकारको आगामी कदमले नै यसको राजनीतिक असर निर्धारण गर्नेछ । जेनजी आन्दोलनको प्रतिवेदनले केवल एक घटनाको विश्लेषण मात्र होइन, नेपालमा शासन, सुरक्षा र सूचना व्यवस्थापनको वास्तविक अवस्था उजागर गरेको दस्तावेजका रूपमा बहसको केन्द्रमा पुगेको छ ।

Tags: कार्की आयोगको प्रतिवेदन : शीर्ष नेतामाथि फौजदारी कारबाही सिफारिस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि