Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा कुटपिट प्रकरण : प्रहरीले सुनुवाइ नगरेको पीडितको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ४, २०८२
वीरगंजमा कुटपिट प्रकरण : प्रहरीले सुनुवाइ नगरेको पीडितको आरोप

वीरगंज (पर्सा), ४ चैत । वीरगंज–१६ नगवाकी खुश्बू श्रीवास्तवले आफू र परिवारमाथि बारम्बार आक्रमण हुँदापनि प्रहरी प्रशासनले बेवास्ता गरेको गम्भीर आरोप लगाएकी छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पटक–पटक उजुरी दिँदा पनि दोषीमाथि कारबाही नभएको भन्दै न्यायको माग गरेकी हुन् ।

उनका अनुसार भारतको बिहार राज्य अन्तर्गत चनपटियाका स्थायी बासिन्दा भई हाल वीरगंज–१६ मा बसोबास गर्दै आएका केही व्यक्तिहरूसँग पुरानो विवाद रहेको छ । सोही विवादकै कारण ती व्यक्तिहरूले आफ्नो परिवारमाथि निरन्तर आक्रमण गर्दै आएको उनको दाबी छ ।

श्रीवास्तवका अनुसार २०८२ असार २९ गते ती व्यक्तिहरू घरमै प्रवेश गरी कुटपिट गरेका थिए । उक्त घटनामा उनका श्रीमान गम्भीर घाइते भई दाहिने कानको करिब ७० प्रतिशत श्रवण क्षमता गुमेको उनले बताइन् । घटनापछि न्यायको अपेक्षासहित जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी लिएर पुगेपनि आवश्यक छानबिन र कारबाही नभएको उनको गुनासो छ ।

न्याय नपाएपछि उनले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतबाट आफ्नो पक्षमा आदेश जारी भएपनि त्यसपछि पनि समस्या समाधान नभएको उनले बताइन् । उल्टै, पुनः घरमै आक्रमण हुँदा उनका श्रीमान र वृद्ध ससुरा घाइते भएको उनको दाबी छ । घटनापछि उनले प्रहरी चौकी, वडा प्रहरी कार्यालय हुँदै पुनः जिल्ला प्रहरी कार्यालय पर्सासम्म धाउँदा पनि मुद्दा दर्ता र अनुसन्धानमा ढिलाइ भएको आरोप लगाएकी छन् ।

सम्बन्धित निकायबाट आश्वासन मात्रै पाइए पनि ठोस कारबाही नभएको उनको भनाइ छ । श्रीवास्तवले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै पीडितले न्याय नपाउँदा पनि किन मौन बसिएको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि