Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्वाचन सुरक्षालाई लक्षित गर्दै पर्सामा सीमा बन्द, होलीमा कडाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १६, २०८२
निर्वाचन सुरक्षालाई लक्षित गर्दै पर्सामा सीमा बन्द, होलीमा कडाई

वीरगंज (पर्सा), १६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले अत्यन्त जरुरी सूचना जारी गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

प्रशासनद्वारा जारी सूचनाअनुसार फागुन १८ गते (२ मार्च २०२६) सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते (५ मार्च २०२६) राति १२ः०० बजेसम्म पर्सा जिल्लासँग जोडिएका सम्पूर्ण भारतीय सीमा नाका पूर्णरूपमा बन्द गरिने भएको छ । सीमा बन्द अवधिमा आवतजावत पूर्णतः रोक लगाइने र अत्यावश्यक बाहेक कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने स्पष्ट गरिएको छ ।

निर्वाचन आयोग तथा गृह मन्त्रालयबाट प्राप्त निर्देशन, जिल्ला सुरक्षा समितिको निर्णय र सर्वदलीय बैठकको सहमतिका आधारमा उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ । आदेश उल्लंघन गरेमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

यसैबीच, निर्वाचन अवधिसँगै पर्ने होली तथा सम्वन्धित पर्व मनाउने सन्दर्भमा पनि विशेष कडाई गरिएको छ । सार्वजनिक स्थलमा भीडभाड गर्ने, हो–हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादा र शान्ति भङ्ग गर्ने, जवरजस्ती रङ्ग दल्ने वा पानी फाल्ने जस्ता गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै, चोक चौराहा वा खुला स्थानमा मेला, सांगीतिक कार्यक्रम तथा भीड जम्मा हुने किसिमका गतिविधि गर्न निषेध गरिएको छ । धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार आ–आफ्नो घरपरिवारभित्र मर्यादित रूपमा पर्व मनाउन प्रशासनले अनुरोध गरेको छ ।

निर्वाचनको सम्वेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएको जनाइएको छ । पर्सा प्रशासनले आम नागरिक, राजनीतिक दल तथा सरोकारवाला निकायलाई कानूनको पालना गर्न र निर्वाचनलाई शान्तिपूर्ण बनाउन सहयोग गर्न आह्वान गरेको छ । आगामी निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनको यो निर्णयले जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ हुने विश्वास लिइएको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि