Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रिमा यादवको घरदैलो अभियान, नगरदाहा क्षेत्रमा उत्साहपूर्ण सहभागिता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
रिमा यादवको घरदैलो अभियान, नगरदाहा क्षेत्रमा उत्साहपूर्ण सहभागिता

वीरगंज (पर्सा), ६ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले बहुदरमाई नगरपालिका–३ अन्तर्गत नगरदाहा क्षेत्रमा बुधबार सघन घरदैलो अभियान सञ्चालन गरेकी छन् । टोल टोलमा पुगेर उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिन् ।

घरदैलोका क्रममा यादवले विकास, सुशासन र रोजगारी सृजनालाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेको बताइन् । परिवर्तनको आवश्यकता औंल्याउँदै उनले मतदातालाई सूर्य छापमा मतदान गर्न आग्रह गरिन्। स्थानीय बासिन्दाले उनलाई आत्मीय स्वागत गर्दै मिठाइ खुवाएर शुभकामना व्यक्त गरेका थिए, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार विजय सरावगी, बहुदरमाई नगरप्रमुख सिंहासन साह, नेता शिव पटेल, पुरन कुर्मी, वडा अध्यक्ष सुरेन्द्र यादवलगायत सयौँ नेताकार्यकर्ताको सहभागिता रहेको थियो । अभियान टोलीले नगरदाहाका विभिन्न बस्ती र टोलमा पुगेर नागरिकसँग छलफल गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे जानकारी संकलन गरेको जनाएको छ ।

उम्मेदवार यादवले सडक पूर्वाधार सुदृढीकरण, स्वास्थ्य सेवाको विस्तार, गुणस्तरीय शिक्षा र कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन् । विशेषगरी युवाहरूलाई लक्षित गरी रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि सार्दै उनले क्षेत्रको समग्र आर्थिक सशक्तीकरणमा जोड दिइन् । केन्द्रीय सदस्य सरावगीले रिमा यादवलाई सक्षम, इमानदार र जनतासँग घनिष्ठ सम्बन्ध राख्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनलाई विजयी गराउन मतदातासँग अपिल गरे। उनले यस क्षेत्रको दीर्घकालीन विकासका लागि दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

घरदैलोका क्रममा स्थानीयवासीले खानेपानी समस्या समाधान, सडक मर्मत, स्वास्थ्य सेवा विस्तार तथा बेरोजगारी न्यूनीकरणजस्ता विषय उठाएका थिए । प्रत्युत्तरमा यादवले ती मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिँदै जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याइन् ।

निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर–२ मा उम्मेदवारहरू सक्रिय रूपमा घरदैलो, भेटघाट र संवाद कार्यक्रममार्फत मतदाता आकर्षित गरिरहेका छन् । यसै क्रममा रिमा यादवले पनि निरन्तर रूपमा जनतामाझ पुग्ने र आफ्ना योजना स्पष्ट गर्दै समर्थन माग्ने अभियानलाई थप तीव्र बनाउने बताएकी छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि