Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज-१६ नगवामा एमालेको सम्पर्क कार्यालय स्थापना, जनसम्पर्क अभियानलाई तीव्रता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०८२
वीरगंज-१६ नगवामा एमालेको सम्पर्क कार्यालय स्थापना, जनसम्पर्क अभियानलाई तीव्रता

वीरगंज (पर्सा), ४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वीरगंज महानगरपालिका–१६ नगवामा प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । सङ्गठन मजबुत बनाउने र जनसम्पर्क दायरा विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले रिबन काटेर गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले यसलाई वडा तहबाट सुरु गरिएको सशक्त जनसम्पर्क अभियानको प्रारम्भिक चरणका रूपमा चित्रण गरे । उनले एमाले वीरगञ्जलाई समृद्ध, व्यवस्थित, सफा र बस्न योग्य सहर बनाउने स्पष्ट लक्ष्यसहित अघि बढेको बताए । “शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार हाम्रो प्राथमिकता हो । युवालाई रोजगारी तथा उद्यमशीलतामा जोड्ने वातावरण सिर्जना गरिनेछ । सडक, विद्युत्, खानेपानीजस्ता आधारभूत पूर्वाधारको विकासलाई तीव्रता दिँदै वीरगञ्जलाई औद्योगिक केन्द्रसँगै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो मुख्य एजेन्डा हो,” यादवले भने ।

आफ्नो विगतको संसदीय तथा मन्त्रीस्तरीय अनुभव स्मरण गर्दै उनले त्यस अवधिमा जनहितका विभिन्न सुधारात्मक कार्य अघि बढाएको दाबी गरे । “जनताको सेवामा रहँदा प्राप्त अनुभवलाई उपयोग गर्दै अब वीरगञ्जको समग्र विकासलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु। नागरिकको दैनिकी सहज बनाउनु नै मेरो प्राथमिक लक्ष्य हो,” उनले उल्लेख गरे ।

यादवले वीरगंज-१६ का मतदाता, शुभेच्छुक र समर्थकलाई नवस्थापित कार्यालयमा नियमित रूपमा आएर सुझाव र सल्लाह दिन आग्रह गर्दै अभियानमा सक्रिय सहभागिताका लागि आह्वान पनि गरे। उनका अनुसार जनताको साथ र सहयोगले पार्टीको अभियानलाई अझ प्रभावकारी बनाउनेछ । कार्यालय स्थापना भएसँगै एमालेले वीरगञ्ज–१६ सहित महानगरका अन्य वडामा पनि सङ्गठन विस्तार र जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाउने जनाएको छ। उक्त कार्यालयलाई उम्मेदवार तथा कार्यकर्ताहरूको स्थायी सम्पर्क केन्द्रका रूपमा सञ्चालन गरिने जानकारी दिइएको छ ।

उद्घाटन कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव, भुसाल चौरसियालगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । यसैबीच, आज बिहान वीरगंज-१८ सौराहामा तय गरिएको प्रदीप यादवको घरदैलो कार्यक्रम स्थानीय बलिस्टर यादवको निधनका कारण स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ । पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने जानकारी पनि एमालेले दिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि