Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. ३ मा सुरेन्द्र चौधरी र रुपेश पाण्डेबीच कडा प्रतिस्पर्धा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०८२
पर्सा क्षेत्र नं. ३ मा सुरेन्द्र चौधरी र रुपेश पाण्डेबीच कडा प्रतिस्पर्धा

वीरगंज (पर्सा), ४ फागुन । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातेको छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे बीच हुने आकलन गरिएको छ ।

राजनीतिक विश्लेषक तथा स्थानीय कार्यकर्ताहरूका अनुसार यसपटक पर्सा–३ मा कडा प्रतिस्पर्धाको संकेत देखिएको छ । गत २४ गते गादीमा आयोजित एमालेको सभामा देखिएको जनसहभागिताले विपक्षी दलहरूलाई दबाबमा पारेको चर्चा भइरहेको छ । पार्टीभित्र एकता कायम रहन सके एमाले उम्मेदवार पाण्डेको सम्भावना बलियो रहने एमाले निकट स्रोतको दाबी छ ।

हालै एमाले पृष्ठभूमिका अनुभवी नेता प्रहलाद गिरी पार्टी प्रवेश गरेपछि संगठन थप सुदृढ भएको बताइएको छ । पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रमोद जयसवाल को नेतृत्वमा गठित मुख्य चुनाव परिचालन समितिले आन्तरिक एकता कायम राख्न सके परिणाम अनुकूल हुने एमाले कार्यकर्ताहरूको विश्वास छ ।

एमालेभित्रका विभिन्न तहका नेताहरू वर्तमान पालिका प्रमुख जसवन्त यादव, पूर्व प्रमुख प्रदीप जयसवाल, पटेर्वा सुगौलीका पूर्व प्रमुख हरिनारायण चौधरी, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान तथा पकाहा मैनपुरका पूर्व प्रमुख विजय चौरसिया लगायतबीच समन्वय भए पार्टीको पुरानो आधार बलियो हुने विश्लेषण गरिएको छ ।

उता कांग्रेसभित्रको आन्तरिक मनमुटाव, युवा मतदाताको अपेक्षाप्रति पुराना नेतृत्वको कमजोरी तथा विकासका विषयमा असन्तुष्टि जस्ता कारणले कांग्रेस उम्मेदवार चौधरी दबाबमा परेको टिप्पणी सुनिन थालेको छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसियाको उम्मेदवारीले विशेषगरी कांग्रेस मतमा असर पार्ने चर्चा छ । स्थानीय वृत्तमा उनको प्रभाव ‘भोट कटुवा’ का रूपमा सीमित रहने आकलन गरिएको छ । स्थानीय राजनीतिक वृत्तका अनुसार युवा, विद्यार्थी, महिला, किसान तथा मजदूर वर्गका मतदातालाई आकर्षित गर्न सके पाण्डेको सम्भावना अझ बलियो बन्ने देखिन्छ । गत निर्वाचनमा एमालेका उम्मेदवार राजकुमार गुप्ताले विजय हासिल गरेको पृष्ठभूमिले पनि पार्टीलाई आफ्नो प्रतिष्ठा जोगाउन थप दबाब सिर्जना गरेको बताइन्छ ।

समग्रमा, पर्सा–३ मा चुनावी प्रतिस्पर्धा दिनप्रतिदिन रोचक बन्दै गएको छ । अन्तिम परिणाम पार्टी एकता, मतदाताको मनोविज्ञान तथा चुनावी रणनीतिमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि