Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र १ मा उम्मेदवार सर्राफको घरदैलो तीव्र, इनर्वाको रात्रीसभामा उल्लेख्य जनसहभागिता

युवा उम्मेदवार, स्पष्ट एजेण्डा र मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण सर्राफप्रति मतदाताहरुमा आकर्षण बढ्दो, परिवर्तनको अपेक्षा राख्ने मतदाताका लागि सर्राफ नै विकल्प रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
पर्सा क्षेत्र १ मा उम्मेदवार सर्राफको घरदैलो तीव्र, इनर्वाको रात्रीसभामा उल्लेख्य जनसहभागिता

वीरगंज (पर्सा), २९ माघ । पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । यसैक्रममा वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वामा आयोजित रात्रीसभा उल्लेख्य जनसहभागितासहित सम्पन्न भएको छ । स्थानीय बासिन्दाको बाक्लो उपस्थितिले चुनावी माहोल थप सक्रिय बनेको देखिएको थियो ।

घरदैलो अभियानका क्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको धारणा, अपेक्षा र स्थानीय समस्याबारे संवाद गरेका थिए । इनर्वाका बासिन्दाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक नाला जस्ता आधारभूत पूर्वाधार, साथै युवापुस्ताको भविष्यसँग जोडिएका विषय उठाएका थिए । सर्राफले यी विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै ‘जनताको आवाज संसदसम्म पुर्‍याउने’ अठोट दोहोर्‍याए ।

रात्रीसभालाई सम्बोधन गर्दै सर्राफले मधेशका मुद्दाहरू लामो समयदेखि ओझेलमा परेको उल्लेख गरेले त्यस्ता मुद्दालाई सम्बोधन गर्न जनमत पार्टी नै विकल्प रहेको बताएका थिए । ‘मधेशको नाममा ठूला आन्दोलन भए, धेरै राजनीतिक नारा उठे, तर आज पनि मधेशका आधारभूत सवालहरू पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्,’ उनले भने । विजयी भएपछि मधेशसँग सम्बन्धित पहिचान, प्रतिनिधित्व, विकास र अधिकारका सवाललाई नीतिगत तहमा उठाउने र कार्यान्वयनतर्फ विशेष पहल गर्ने उनको प्रतिबद्धता थियो ।

उनले विगतमा निर्वाचित केही प्रतिनिधिहरूले मधेशको नाममा राजनीति गर्दै व्यक्तिगत स्वार्थ साधेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह गरे । ‘अब नाराभन्दा काम हेर्ने समय आएको छ,’ उनले जोड दिए । स्पष्ट एजेण्डा, पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको आधार बनाएको बताउँदै सर्राफले नयाँ सोच र काम गर्ने शैलीको आवश्यकता औंल्याए ।

रात्रीसभामा देखिएको भीड र सहभागिताले सर्राफप्रति स्थानीय तहमा बढ्दो चासो झल्काएको छ । कार्यक्रममा सहभागी युवाहरूले रोजगारी, सीपमूलक तालिम र उद्यमशीलताका अवसरबारे प्रश्न उठाएका थिए । सर्राफले युवालाई केन्द्रमा राखेर नीति निर्माण र कार्यक्रम कार्यान्वयन गर्ने योजना सुनाएका थिए । महिला सहभागीहरूले शिक्षा, स्वास्थ्य र स्वरोजगार प्रवद्र्धनका विषय उठाउँदै सहयोगको अपेक्षा राखेका थिए ।

स्थानीय बुद्धिजीवीहरूले युवा उम्मेदवार, स्पष्ट एजेण्डा र मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैलीका कारण सर्राफप्रति आकर्षण बढ्दै गएको टिप्पणी गरेका थिए । उनीहरूले परिवर्तनको अपेक्षा राख्ने मतदाताका लागि सर्राफ नै विकल्प रहेको उल्लेख गरे । यसको साथसाथै विगतमा निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम गर्न नसकेकोले यहाँका जनताहरुले विकल्प खोजि रहेको अवस्थामा जनमत पार्टी र उम्मेदवार ओमप्रकाश सर्राफ नै विकल्पको रुपमा रहेको स्थानीय मतदाताहरुको भनाई छ ।

जनमत पार्टीको तर्फबाट सञ्चालन भइरहेको घरदैलो र सभासमारोहले पर्सा क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढाएको छ । मतदाताको घरआँगनमै पुगेर संवाद गर्ने अभियानले उम्मेदवार र समुदायबीच विश्वासको सम्बन्ध मजबुत बनाउने अपेक्षा गरिएको छ । इनर्वाबाट सुरु भएको यो सक्रियता क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ । इनर्वाको रात्रीसभा र घरदैलो अभियानले पर्सा क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

Tags: रात्रीसभा र घरदैलो अभियानले पर्सा-१ मा चुनावी प्रतिस्पर्धा थप रोचक
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि