Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचन : पर्सा-३ मा त्रिपक्षीय भिडन्त, कांग्रेस एमाले र नेकपाबीच कडा चुनावी प्रतिस्पर्धा !

बहुदलीय प्रतिस्पर्धा, नयाँ–पुराना उम्मेदवारको मिश्रण र मतदातामा बढ्दो राजनीतिक चेतनाका कारण पर्सा-३ को निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उदाहरण बन्ने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २५, २०८२
प्रतिनिधिसभा निर्वाचन : पर्सा-३ मा त्रिपक्षीय भिडन्त, कांग्रेस एमाले र नेकपाबीच कडा चुनावी प्रतिस्पर्धा !

वीरगंज (पर्सा), २५ माघ । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा मुख्यतः नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । क्षेत्रवासीको विश्लेषण अनुसार कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी, एमालेका रुपेश पाण्डे र नेकपाका छोटेलाल यादवबीच मुख्य चुनावी भिडन्त हुने सम्भावना प्रबल छ ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट एमालेका राजकुमार गुप्ता विजयी भएका थिए । उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । तर, भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण हाल जेलमा रहेकाले यस पटक एमालेले उनलाई उम्मेदवार नबनाई नयाँ नेतृत्वको खोजी गरेको छ । सोही क्रममा एमालेले रुपेश पाण्डेलाई उम्मेदवारका रूपमा अघि सारेको हो । पाण्डे यद्यपि नयाँ अनुहार भए पनि पार्टी संगठनभित्रको बलियो आधार, कार्यकर्ताको एकता र सक्रिय चुनावी अभियानका कारण उनी प्रभावशाली उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी यस पटक पनि चुनावी मैदानमा छन् । लामो समयदेखि सक्रिय राजनीतिमा रहेका चौधरीको अनुभव, पहिचान र संगठनात्मक पहुँच बलियो मानिन्छ । यद्यपि पछिल्ला वर्षहरूमा मतदाताको सोचमा आएको परिवर्तन र नयाँ विकल्पप्रतिको आकर्षणले उनको चुनावी यात्रामा केही चुनौती थपिएको क्षेत्रवासीको बुझाइ छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका निर्माण व्यवसायी रामाकान्त चौरसिया विगतमा कांग्रेससँग आबद्ध रहेकाले कांग्रेसको परम्परागत मतमा केही प्रभाव पार्न सक्ने विश्लेषण पनि भइरहेको छ ।

पर्सा–३ मा यस पटक जम्मा २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये १४ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् भने ९ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस निर्वाचन क्षेत्रबाट जनमत पार्टीले मात्रै महिला उम्मेदवारका रूपमा मालती कुशवाहालाई मैदानमा उतारेको छ । बाँकी सबै २२ जना उम्मेदवार पुरुष रहेका छन्, जसले महिला प्रतिनिधित्वको सवाललाई पनि चुनावी बहसको विषय बनाएको छ ।

एमालेले सुरुआतमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाललाई टिकट दिने निर्णय गरेको थियो । तर, जयसवाल चुनावमा सहभागी हुन अनिच्छुक देखिएपछि पार्टीले अन्ततः रुपेश पाण्डेलाई उम्मेदवार बनाएको हो । यस निर्णयपछि एमाले संगठन थप सक्रिय बनेको देखिन्छ ।

यसै क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीनकुमार सिंह पनि चुनावी मैदानमा छन् । सिंह सरकारी सेवाबाट राजीनामा दिएर जनताको प्रतिनिधि बन्ने उद्देश्यसहित राजनीतिमा होमिएका हुन् । साथै जसपा नेपालका नागेन्द्र यादव, नेमकिपाका सरोज साह, नेपाल जनता पार्टीका धर्मेन्द्र तिवारी, संयुक्त नागरिक पार्टीका शिवनाथ महतो, जय मातृभूमि पार्टीका राजकुमार यादव, उज्यालो नेपाल पार्टीका रामरूपप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका मनोज पण्डित कुम्हाल र आम जनता पार्टीका महमद इस्तखार पनि मतदातासामु आफ्ना एजेन्डा लिएर उपस्थित छन् ।

बहुदलीय प्रतिस्पर्धा, नयाँ–पुराना उम्मेदवारको मिश्रण र मतदातामा बढ्दो राजनीतिक चेतनाका कारण पर्सा–३ को निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उदाहरण बन्ने अपेक्षा गरिएको छ । मतदाताले विवेकपूर्ण निर्णय गर्दै सक्रिय सहभागिता जनाएमा यस निर्वाचनले समृद्ध र उत्तरदायी प्रतिनिधित्वको बाटो खोल्ने विश्वास लिइएको छ ।

Tags: पर्सा-३ मा मुख्य तीन दल आमनेसामने
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि