Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-३ मा एमालेको चुनावी सक्रियता तीव्र, शनिबार बृहत कार्यकर्ता भेटघाट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २१, २०८२
पर्सा-३ मा एमालेको चुनावी सक्रियता तीव्र, शनिबार बृहत कार्यकर्ता भेटघाट

वीरगंज (पर्सा), २१ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ । फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गर्दै एमालेले आउँदो शनिबार पटेर्वा सुगौली गाउँपालिकास्थित श्री बनसपति गाद्दीमाई मन्दिर परिसरमा बृहत कार्यकर्ता भेटघाट कार्यक्रम तय गरेको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । भट्टराई एमालेका तर्फबाट पर्सा–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेको चुनावी अभियानलाई थप सशक्त बनाउन पर्सा आउने जनाइएको छ ।

आयोजकका अनुसार यस कार्यक्रमलाई पर्सा–३ मा एमालेको चुनावी अभियानको महत्वपूर्ण मोडका रूपमा लिइएको छ । कार्यक्रममार्फत संगठन सुदृढीकरण, कार्यकर्ताबीच समन्वय र एकता अभिवृद्धि गर्ने तथा निर्वाचन अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

यस अवसरमा घरदैलो अभियानलाई थप आक्रामक बनाउने रणनीति, विपक्षीहरूले फैलाएको भ्रमलाई चिर्ने उपाय तथा चुनावी रणनीतिबारे विस्तृत छलफल गरिने जानकारी आयोजकहरूले दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले देशको स्थायित्व, विकास र समृद्धिका लागि एमालेको विजय अपरिहार्य रहेको सन्देश दिने तयारी रहेको छ । साथै पर्सा–३ लाई पार्टीको बलियो आधार क्षेत्रका रूपमा स्थापित गर्न कार्यकर्तालाई स्पष्ट कार्यदिशा र चुनावी मार्गदर्शन प्रदान गरिने बताइएको छ ।

उक्त कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । एमाले नेतृत्वले कार्यकर्ताको उत्साहजनक उपस्थितिले पर्सा–३ को चुनावी माहोल अझ तातिने विश्वास व्यक्त गरेको छ ।

यस कार्यक्रमलाई आगामी निर्वाचनका लागि एमालेको शक्ति प्रदर्शन र एकताबद्ध अभियानको घोषणाका रूपमा समेत हेरिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि