Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ओमप्रकाश सरार्फको घरदैलो, युवालाई रोजगारी र महिलालाई आयआर्जनमा जोड्ने प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २१, २०८२
ओमप्रकाश सरार्फको घरदैलो, युवालाई रोजगारी र महिलालाई आयआर्जनमा जोड्ने प्रतिबद्धता

वीरगंज (पर्सा), २१ माघ । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्षमनवा र वडा नम्बर ८ पानी ट्याङ्की क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै सरार्फले आफ्नो चुनावी एजेन्डा र योजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रमका क्रममा उनले वीरगंज औद्योगिक नगरीका रूपमा परिचित भएपनि यहाँका स्थानीय युवाहरू बेरोजगारीको मारमा परेको उल्लेख गरे । रोजिरोटीका लागि बाध्य भएर विदेश वा बाहिरिनुपर्ने अवस्थाको अन्त्य गर्न आफू स्पष्ट कार्ययोजना (क्लियर रोड म्याप) लिएर चुनावी मैदानमा आएको उनले बताए । ‘युवालाई सीपमूलक तालिम, रोजगारीका अवसर र स्वरोजगारीसँग जोड्ने ठोस कार्यक्रम ल्याउनेछु,’ उनले भने, ‘महिलाहरूलाई पनि आयआर्जनका कार्यक्रममार्फत आर्थिक रूपमा सशक्त बनाइनेछ ।’

सरार्फले देश र मधेसको निकासका लागि जनमत पार्टी र डा. सिके राउतसँग मात्रै स्पष्ट दृष्टिकोण र उत्कृष्ट भिजन रहेको दाबी गर्दै मतदातालाई हर्न (घण्टी) छापमा मतदान गर्न अपिल गरे । स्थानीय समस्याको पहिचान, समाधानमुखी कार्यक्रम र जनताको प्रत्यक्ष सहभागितामा विकास गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए ।

भेटघाट कार्यक्रममा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बिध्या गुप्ता, रम्भा मिश्रा, श्याम गुप्ता, राजनारायण मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, हिरालाल राम, डा. मोहमद राजा, रामजी रौनियार, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साह लगायतको उपस्थिति रहेको जनाइएको छ ।

स्थानीयले पनि आफ्ना समस्या, अपेक्षा र सुझावहरू राख्दै उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेका थिए । जनमत पार्टीले घरदैलो र संवाद कार्यक्रमलाई निरन्तरता दिँदै जनतासम्म आफ्ना योजना पुर्‍याउने जनाएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि