Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भवानीपुर, इनर्वा र जगरनाथपुरमा ओमप्रकाश सरार्फको घरदैलो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १८, २०८२
भवानीपुर, इनर्वा र जगरनाथपुरमा ओमप्रकाश सरार्फको घरदैलो

वीरगंज (पर्सा), १८ माघ । पर्सा क्षेत्र नम्बर–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ को भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुरमा भेटघाट, संवाद र घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै सरार्फले क्षेत्रका समस्या, अपेक्षा र सुझाव सुनेका थिए ।

कार्यक्रमका क्रममा उनले मधेससँग जोडिएका मुद्दा, विकास, सुशासन र जनप्रतिनिधिको जवाफदेहिताबारे धारणा राखे । सरार्फले विगतका आन्दोलनहरूका प्रसंग उठाउँदै नागरिक अधिकार, न्याय र उत्तरदायित्वका विषयमा मतदातासँग संवाद गरेका थिए । ‘जनताको मत नै परिवर्तनको बलियो माध्यम हो,’ उनले भने, ‘अब मतदाताले आफ्नो निर्णयमार्फत जवाफदेही राजनीति रोज्नुपर्छ ।’

घरदैलोका क्रममा स्थानीयले सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीजस्ता आधारभूत विषय उठाएका थिए । सरार्फले यी समस्याहरूलाई प्राथमिकतामा राख्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनमत पार्टीले प्रस्तुत गरेको विकास र सुशासनको दृष्टिकोणबारे जानकारी गराउँदै मतदातालाई चुनाव चिन्हमा मतदान गर्न अपिल गरेका थिए ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले घरदैलो र संवादमार्फत मतदातासँग नजिकिने अभियानलाई निरन्तरता दिने बताएका छन् । स्थानीयसँगको प्रत्यक्ष संवादले चुनावी अभियानलाई थप प्रभावकारी बनाएको उनीहरूको भनाइ थियो ।

जनमत पार्टीका उम्मेदवार सरार्फले आगामी दिनमा पनि टोल–टोल पुगेर मतदातासँग भेटघाट गर्ने र स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने बताएका छन् । घरदैलो अभियानमार्फत मतदातासँग विश्वासको सम्बन्ध निर्माण गर्दै चुनावी गतिविधि अघि बढाइने उनको भनाइ छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि