Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-३ मा विकासको खाका सार्वजनिकः रुपेश पाण्डेका छ प्रमुख एजेण्डासहित चुनावी अभियान सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १७, २०८२
पर्सा-३ मा विकासको खाका सार्वजनिकः रुपेश पाण्डेका छ प्रमुख एजेण्डासहित चुनावी अभियान सुरु

वीरगंज (पर्सा), १७ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डेले क्षेत्रको दीर्घकालीन समृद्धि र जनताको जीवनस्तर उकास्ने लक्ष्यसहित छ वटा मुख्य विकास एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन् । कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार र नागरिकको आवाजलाई राष्ट्रिय तहसम्म पुर्‍याउने स्पष्ट योजनासहित उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

उम्मेदवार पाण्डेले प्रस्तुत गरेका एजेन्डा प्रभावकारी रूपमा कार्यान्वयन हुन सके पर्सा–३ को समग्र विकासमा उल्लेखनीय परिवर्तन आउने र जनसुविधामा ठोस सुधार हुने विश्वास व्यक्त गरेका छन् । कृषि आधुनिकीकरणतर्फ ध्यान केन्द्रित गर्दै उनले कृषकलाई गुणस्तरीय मलखाद र बीउको सहज उपलब्धता, आधुनिक कृषि प्रविधिको प्रयोगका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गरिने बताए । परम्परागत खेतीलाई व्यवसायिक उत्पादनमा रूपान्तरण गर्दै नयाँ बाली, तरकारी, फलफूल तथा पशुपालनलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।

स्वास्थ्य सेवाको गुणस्तर सुधारअन्तर्गत सबै गाउँपालिका र वडाका स्वास्थ्य संस्था तथा अस्पताललाई सुविधासम्पन्न बनाइने, पोखरिया जिल्ला अस्पतालको सुदृढीकरण गरिने र आधुनिक उपकरणसहित डिजिटल तथा प्रविधिमैत्री स्वास्थ्य सेवा विकास गरिने योजना उनले सार्वजनिक गरेका छन् ।

शिक्षा क्षेत्र सुधारका लागि विद्यालय सरसफाइलाई प्राथमिकता दिँदै विद्यार्थी–अभिभावक–शिक्षकबीच नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै सीपमूलक शिक्षा, खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवद्र्धन गर्दै हाजिरीजवाफ, वादविवाद तथा वक्तृत्वकला प्रतियोगितालाई विशेष महत्व दिइने पाण्डेले बताएका छन् ।

रोजगारी र उद्यमशीलता विकासतर्फ देशका प्रतिष्ठित उद्योगपतिलाई पर्सामा उद्योग स्थापना गर्न सहजीकरण गरिने, स्थानीय स्रोत र सीपको प्रयोगमार्फत रोजगारी सिर्जना गरिने तथा युवालाई लक्षित सीप तालिम, उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने योजना अघि सारिएको छ ।

पूर्वाधार विकास अन्तर्गत सडक, पुल, ढल र विजुलीबत्ती जस्ता आधारभूत संरचनाको दिगो विकास गरिने, ग्रामीण र सहरी क्षेत्रलाई जोड्ने समावेशी पूर्वाधार निर्माण गरिने र विकास कार्यमा पारदर्शिता, गुणस्तर तथा समयपालन सुनिश्चित गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

त्यसैगरी क्षेत्रका ९६ हजारभन्दा बढी मतदाता तथा नागरिकका हक–हित र सरोकारका विषयलाई संसद्, मन्त्रालय तथा नीति निर्माण तहसम्म पुर्‍याउने योजना पनि उम्मेदवार पाण्डेले अघि सारेका छन् । स्थानीय समस्या समाधानका लागि निरन्तर संवाद, सार्वजनिक सुनुवाइ र जवाफदेही प्रणाली लागू गरिने उनले स्पष्ट पारे ।

उम्मेदवार रुपेश पाण्डेका अनुसार यी छ वटा विकास एजेन्डाको प्रभावकारी कार्यान्वयनले पर्सा–३ को समग्र विकास, जनसुविधा विस्तार र दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

Tags: नेकपा एमाले
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

अशोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

अशोज १२, २०८३
दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

अशोज १२, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि