Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी शिशकुमारीदेवीले रहर भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउछिन् । ‘यो उमेरमा रहरले त के हुन्थ्यो र ! परिवारको बिहान-साँझको गर्जो टार्नकै लागि भए पनि निर्वाचन प्रहरीमा आएको बताउँछिन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ८, २०८२
निर्वाचन प्रहरीप्रतिको उत्साह: रोजगारी र राष्ट्रसेवाको खोजीमा नारायणी रङ्गशालामा आमाहरुको भीड !

हिमाल लम्साल
वीरगंज (पर्सा), ८ माघ । पर्साको विन्दवासिनी गाउँपालिका-१ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगंजको नारायणी रङ्गशालामा शारीरिक अभ्यासको लागि जुटिरहेकी छिन् । उमेरले ५३ वसन्त पार गरेकी तीन सन्तानकी आमा रहेकी उनी रहरले भन्दा पनि परिवारको आर्थिक अवस्थाको कारणले निर्वाचन प्रहरीमा होमिनु परेको सुनाउछिन् । ‘यो उमेरमा रहरले त के हुन्थ्यो र ! परिवारको बिहान-साँझको गर्जो टार्नकै लागि भएपनि निर्वाचन प्रहरीमा आएकी हुँ,’ उनले भनिन्, ‘यसअघिका दुई पटकको चुनावमा म्यादी प्रहरीको अनुभ भइसकेकाले पनि यो पटक पनि छनोट हुने आशा लिएकी छु ।’

तीन सन्तानमध्ये एक छोरा नौ कक्षा र अर्को छोरी पाँच कक्षामा अध्ययनरत रहेका छन् । अर्का छोरा भने सवारीदुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट गुज्रिरहेका छन् । उनका पति भने खेती किसानी गर्दै आइरहेका छन् । घाइते छोराको उपचारार्थ केही रकम जोहो गर्नकै लागि भएपनि निर्वाचन प्रहरी बन्न लागेको उनी बताउँछिन् । ‘अघिल्ला दुई निर्वाचनमा त छनोट भएकी थिएँ । यसपालि के हुने हो हेरौँ उनले भनिन्, ‘आफू निर्वाचन प्रहरीमा छनोट भएको खण्डमा निर्वाचनलाई राम्रोसँग अघि बढाउने रहर छ ।’

अहिले पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन मात्रै नभएर ३२ वर्षे दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि कसरत छिन् । स्थायी घर पर्साको पोखरिया नगरपालिका घर भएकी उनको जसरी पनि निर्वाचन प्रहरी बन्ने सपना देखेर आएको बताउँछिन् । ‘निर्वाचन प्रहरी भएर खटिँदा देशको सेवा पनि हुने केही रकम आम्दानी पनि हुने देखेर आएकी हुँ,’ उनले भनिन्, ‘निर्वाचन प्रहरी बनेर छोराछोरीको पढाइखर्च जुटाउन केही सहज होला कि भनेर आएकी हुँ ।’

वीरगंजको नारायणी रङ्शालाको मैदानमा विनिन र तेतरीदेवी मात्रै नभएर पर्साको बहुदरमाई नगरपालिका-९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमादेवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगंजको नारायणी रङ्गशालामा उत्रिएकी छिन् । ‘आर्थिक अवस्था कमजोर भएकाले नै नर्सरीमा पढ्ने छोरालाई छाडेर निर्वाचन प्रहरी बन्ने दौडमा लागेकी छु,’ उनले भनिन्, ‘निर्वाचन प्रहरी भएर देशको सेवाको साथसाथै केही अर्थोपार्जन पनि हुने भएकाले आएकी हुँ ।’ उनले आफ्नो एउटा छोरो कक्षा आठ र अर्को छोरो नर्सरीमा अध्ययनरत रहेको बताउँछिन् । उनका पति भने फोहरमैला व्यवस्थापनसम्बन्धी काम गर्दै आएका छन् ।

अन्य विभिन्न उमेर समूहका पुरुष तथा महिला निर्वाचन प्रहरी बन्ने सपना बोकेर वीरगंजको नारायणी रङ्शालामा शारीरिक अभ्यासमा सहभागी भएका छन् । तिनैमध्ये १९ वर्षे युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न कसरत गरिरहेकी छिन् । ‘फागुन २१ गतेदेखि हुने चुनावलाई सफल गराउन र केही रकम भएपनि कमाउनको लागि निर्वाचन प्रहरी बन्न आएकी हुँ,’ उनले भनिन्, ‘हामी जस्तै जेनजी उमेर समूहका साथीहरुले आन्दोलन शहादत प्राप्त गरे, हामी भने निर्वाचन सफल गराउन र तिनै सहिदहरुको चाहना पूरा गराउन सहभागी भएका हौँ ।’ पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरका २४ वर्षे युवा अमृत महतो पनि निर्वाचन प्रहरी बन्ने अभिलासा बोकेर शारीरिक छनोटमा जुटेकी छिन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पर्साबाट आवेदन भरेकाहरु निर्वाचन प्रहरी छ्नोटका लागि लिखित परीक्षामा सहभागी हुँदै । यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको छ । रासस

‘म यसअघि वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवान बन्नका लागि दुई-तीन पटक प्रतिस्पर्धा गरिसकेँ तर अहिलेसम्म सफलता हात पार्न सकेको छैन,’ उनले भनिन् । एकपटक निर्वाचन प्रहरी बनेर देशको सेवा पनि गरौँ भन्ने चाहनाले आएको महतोले बताइन् । निर्वाचन प्रहरीको अनुभवले प्रहरी जवान बन्नका लागि पनि केही सहयोग होला कि भन्ने उनको बुझाइ छ । निर्वाचन प्रहरी बन्ने रहर बोकेका महतोले आफू निर्वाचन प्रहरी बनेर स्वच्छ र पारदर्शी निर्वाचन गराउन प्रयत्न गर्ने बताइन् ।

‘अहिले जेनजीको सरकार रहेको छ । पक्कै पनि भयरहित र शान्तिपूर्ण निर्वाचन गराओस् भनेर नै यसमा सहभागी बनेको हुँ’, उनले भनिन् । पर्साको छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकाका राजपुरका १८ वर्षे विदेशप्रसाद यादव पनि केही काम नभएको बेला समयको सदुपयोग गर्न भन्दै निर्वाचन प्रहरी बन्न लागेको बताउँछन् । ‘त्यसै घरमा बस्नुभन्दा केही अनुभव पनि हासिल गर्न पाइन्छ कि भनेर निर्वाचन प्रहरीमा सहभागी भएको हुँ,’ उनले भने, ‘देशको सेवा पनि हुने र पैसा पनि कमाइने भएकाले पनि यसमा लागेको हुँ ।’

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा प्रबन्धको लागि निर्वाचन प्रहरी आवश्यक परेको भन्दै आवेदन खुलाएसँगै निर्वाचन प्रहरी बन्नेहरुको घुइँचो लागेको हो । पर्सामा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैतर्फ गरेर दुई हजार आठ सय ५२ जना आवेदन माग गरेको थियो । नेपाल प्रहरीतर्फ भने पाँच हजार तीन सय ९९ जनाको आवेदन परेको छ भने सशस्त्र प्रहरीतर्फ तीन सय ८५ जनाको आवेदन माग भएकोमा पाँच सय ७१ जनाको आवेदन परेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति उपसमिति पर्साका संयोजक सुमनकुमार कार्कीले निर्वाचन प्रहरीमा विभिन्न उमेर समूहका महिला तथा पुरुषमा उत्साहजनक सहभागिता देखिएको बताए । ‘सबै उमेर समूहका महिला तथा पुरुष निर्वाचन प्रहरी बन्नको लागि उपस्थित छन् । कतिपय सन्तान जन्माइसकेका महिलाहरु पनि सरिक छिन् । यसले छोटो अवधिको लागि भएपनि रोजगारीको अवसर सिर्जना गर्ने भएकाले पनि सहभागिता जनाएका हुनसक्छ ।’

संयोजक कार्कीले चुलोचौकामा सीमित हुने भनिएका मधेसी समुदायका महिला पनि अवसर पाउँदा आफ्नो जिम्मेवारी निभाउन सफल हुन्छन् भन्ने गतिलो उदाहरण बन्न सकेको बताए । ‘यसले यहाँका महिला अवसर पाएको खण्डमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्षम रहेको भन्ने देखाएको छ,’ उनले भने, ‘निर्वाचन प्रहरी छनोट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनको लागिपरिरहेका छौंँ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका चारवटै सुरक्षा निकायका प्रमुखहरुले पनि निर्वाचन प्रहरीलाई पारदर्शी बनाउनको लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेका छन् । पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा महिला र पुरुषको सहभागिता उत्साहजनक रहेको बताए । ‘यहाँबाट निर्वाचन प्रहरीमा आवेदन दिनेको संख्या दोब्बरभन्दा धेरै छ,’ उनले भनिन्, ‘एकातर्फ निर्वाचनमा सेवा गर्न चाहने युवा पुस्ताको आकर्षण बढिरहेको छ । अर्कातर्फ ४० दिनमा आम्दानी पनि राम्रो हुने देखेर होला जस्तो लाग्छ ।’

पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा पहिलोपटक आवेदन दिने पुरुषको संख्या तीन हजार एक सय ४७ जना रहेका छन् । नयाँ आवेदन दिने महिलाको संख्या भने छ सय तीन जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रुपमा खटिएका छ सय ८७ जना पुरुष र विगतको म्यादी प्रहरीको रुपमा खटिएका एक सय ५३ जना महिलाको आवेदन परेको छ । त्यस्तैगरी पूर्व सुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् । सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताए । रासस

Tags: आमाहरुको निर्वाचन प्रहरी बन्ने रहर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि