Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रीनिधि सहकारीको १४ औँ साधारण सभा सम्पन्न, कारोबार ८८ करोड नाघ्यो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८२
श्रीनिधि सहकारीको १४ औँ साधारण सभा सम्पन्न, कारोबार ८८ करोड नाघ्यो

वीरगंज (पर्सा), २५ पुस । वीरगंजस्थित श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । वीरगञ्जको नगर सभा गृहमा आयोजित उक्त सभाको उद्घाटन संस्थाका अध्यक्ष प्रेम पुडामणी बज्राचार्यले गरेका हुन् ।

अध्यक्ष बज्राचार्यको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख २७ हजार १ सय ९८ रुपैयाँ पुगेको जानकारी दिए । उनका अनुसार यस अवधिमा संस्थाको शेयर पूँजी ३ करोड ३१ लाख ६५ हजार ८ सय रुपैयाँ पुगेको छ भने कुल बचत निक्षेप ७२ करोड ६३ लाख ५ हजार ५ सय १३ रुपैयाँ संकलन भएको छ ।

त्यसैगरी जगेडा तथा विभिन्न कोषमा ४ करोड ७२ लाख ८९ हजार ४ सय ७६ रुपैयाँ जम्मा भएको, ऋण लगानी ६० करोड ५८ लाख ६६ हजार ५ सय ६९ रुपैयाँ ९५ पैसा पुगेको र आयकर व्यवस्था अघि संस्थाले १ करोड ३१ लाख १३ हजार ५ सय ७४ रुपैयाँ नाफा आर्जन गरेको उनले बताए । साथै संस्थाको स्थिर सम्पत्ति ४ करोड ५९ लाख ४६ हजार ९ सय ५० रुपैयाँ पुगेको उल्लेख गर्दै आदर्शनगरस्थित भाजुरत्न चौक नजिक १५.५ धुर जग्गा कार्यालय प्रयोजनका लागि खरिद गरिएको र त्यहाँ भवन निर्माण गर्ने योजना रहेको जानकारी पनि दिए ।

प्रविधिमैत्री सेवामा जोड दिँदै संस्थाले क्यासलेस, चेकलेस र पेपरलेस प्रणालीलाई प्राथमिकतामा राखेको चौरसियाले बताए । हालसम्म २५० जना सदस्यले एटिएम सेवा, १ हजार २४२ जनाले मोबाइल बैंकिङ, ४४३ जनाले एसएमएस सेवा तथा ४९० जनाले क्यूआर कोड सेवा प्रयोग गरिरहेको उनको भनाइ छ । साथै वेबसाइट, फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममार्फत सदस्य सेवा र सूचनाको प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाइएको उनले उल्लेख गरे ।

साधारण सभाको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी शान्ता श्रेष्ठ, तेतरी देवी राना मगर, हिरालाल चौरसिया, शुष्मा महर्जन, मामता भोलन, शोभा कुमारी र शारदा मानन्धरलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट सदस्यतर्फ शोभा कुमारी, मधु चौधरी, शरधा मानन्धर र शान्ता श्रेष्ठ, उत्कृष्ट नियमित मासिक बचत सदस्य आयुष रौनियार, उत्कृष्ट बाल बचत सदस्य सिद्धि गुप्ता, उत्कृष्ट नियमित बचत सदस्य पुनम कुमारी र रविभूषण प्रसाद चौरसिया, उत्कृष्ट नारी बचत सदस्य अनिषा श्रेष्ठ, प्रविधितर्फ उत्कृष्ट सदस्य विरेन्द्र कुमार कलवार तथा ऋणतर्फ उर्मिला देवी, प्रेमकुमारी पौडेल गोरखाली र सजरा प्रविणलाई सम्मान प्रदान गरिएको थियो ।

अध्यक्ष प्रेम पुडामणी बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद, सचिव निर्मला देवी, कोषाध्यक्ष ओमप्रकाश प्रसाद कलवार, सञ्चालक सदस्यहरू अमित अग्रवाल, योगेश्वर प्रसाद चौरसिया, ज्योति कुमारी दारुका, सतोष जैन, सल्लाहकार डा. सुरेन्द्र चौरसिया, पुनिता देवी, बन्दना देवी, लेखा समिति संयोजक राजु पौडेल, सदस्यहरू विरेन्द्र प्रसाद गुप्ता, विजेन्द्र चौधरी, निर्वाचन समिति अधिकृत अधिवक्ता रामनारायण कुर्मी, जिष्णु बाराल, संजय महतो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

Tags: श्रीनिधि सहकारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्व मुख्यमन्त्री गद्दीको वडामा जसपा नेपाललाई जम्मा ३९ मत

पूर्व मुख्यमन्त्री गद्दीको वडामा जसपा नेपाललाई जम्मा ३९ मत

फाल्गुन २६, २०८२
सर्लाहीका चारै क्षेत्रमा १५४ उम्मेदवारको जमानत जफत, पूर्वमन्त्रीदेखि निवर्तमान सांसदसम्म प्रभावित

सर्लाहीका चारै क्षेत्रमा १५४ उम्मेदवारको जमानत जफत, पूर्वमन्त्रीदेखि निवर्तमान सांसदसम्म प्रभावित

फाल्गुन २५, २०८२
महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि