Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आँपको रुखमा भगवान हनुमानको आकृत्ति देखियो, पुजा गर्न श्रद्धालुहरूको भीड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८२
आँपको रुखमा भगवान हनुमानको आकृत्ति देखियो, पुजा गर्न श्रद्धालुहरूको भीड

वीरगंज (पर्सा), २५ पुस । वीरगंज महानगरपालिका–१० स्थित बौधिमाई मन्दिर पछाडि रहेको खाली जग्गामा अवस्थित एउटा पुरानो आँपको रुखमा भगवान् श्री हनुमानजीको स्पष्ट आकृति देखिएपछि वीरगंजसहित आसपासका क्षेत्रमा धार्मिक उत्साह र आस्थाको लहर फैलिएको छ । आकृति देखिएको खबर फैलिएसँगै हजारौँ श्रद्धालुहरू दर्शन तथा पूजापाठका लागि ओइरिन थालेका छन् ।

स्थानीयहरुका अनुसार उक्त आकृति पहिलो पटक बुधवार साँझ देखिएको हो । खाली जग्गामा घाँस काटिरहेकी एक स्थानीय महिलाले आँपको रुखको बोक्रामा हनुमानजीको पूर्ण आकृति देखेपछि छिमेकीहरूलाई जानकारी गराएकी थिइन् । यो खबर छिट्टै फैलिँदा साँझ करिब ५ बजेदेखि नै वीरगंजका विभिन्न वडाबाट श्रद्धालुहरूको ठूलो भीड लाग्न थालेको हो ।

दोश्रो दिन बिहीबार बिहानैदेखि पर्सा र बारा जिल्लाका विभिन्न स्थानहरू, साथै सीमावर्ती भारतीय सहर रक्सौल लगायतबाट समेत श्रद्धालुहरूको ओइरो लागेको छ । स्थानीय बासिन्दाहरूले आकृतिलाई साक्षात् भगवान् श्री हनुमानजीको प्रकटीकरणको रूपमा विश्वास गर्दै रुखको फेदमा फूल, धूप, दीप, प्रसाद अर्पण गरी विधिवत् पूजापाठ सुरु गरेका छन् । दर्शनका लागि लामो लाइन लाग्ने क्रम अझै जारी छ ।

बौधिमाई मन्दिरका पुजारी ददन ओझाका अनुसार आकृति प्रकट भएयता दिनरात श्रद्धालुहरूको भीड कम भएको छैन । ‘हजारौँ भक्तजनले दर्शन गरी पूजापाठ गरिसक्नुभएको छ । यो भगवान् हनुमानजीको कृपा हो,’ उनले भने । पुजारी ओझाले सबै श्रद्धालुलाई दर्शनका लागि आउन आग्रहसमेत गरेका छन् ।

यस घटनाप्रति स्थानीय सरकारको ध्यान समेत गएको छ । वीरगंज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष सुशील कुमार कानुले धार्मिक आस्थाको सम्मान गर्दै आकृतिको संरक्षणमा जोड दिएका छन् । उनले आकृति देखिएको स्थान आफ्नो वडाभित्र पर्ने जानकारी दिँदै स्थानीय जनभावनाको कदर गर्दै आवश्यक संरक्षणका उपाय अपनाइने बताए । साथै श्रद्धालुहरूको सुविधा र व्यवस्थापनका लागि वडा कार्यालय तयार रहेको जानकारी पनि उनले दिए ।

वडाध्यक्ष कानुले महानगरपालिकासँग समन्वय गरी दीर्घकालीन संरक्षण तथा भविष्यमा हनुमान मन्दिर निर्माणको सम्भावनाबारे समेत छलफल अघि बढाउन सकिने उल्लेख गरे । आकृति दर्शन गर्न पुगेका हिन्दुवादी अगुवा चन्दन कुमारले यो घटनालाई वीरगंजवासीका लागि ठूलो सौभाग्यको रूपमा व्याख्या गरे । ‘रुखमा साक्षात् श्री हनुमानजी प्रकट हुनु अत्यन्तै दुर्लभ घटना हो,’ भन्दै उनले आकृतिको संरक्षण गर्दै सो स्थानमा भव्य हनुमान मन्दिर निर्माण गर्नुपर्नेमा जोड दिए ।

यस्तै, वीरगंज–६ अलौँबाट आएका श्रद्धालु सञ्जय साह कानुले भगवान् हनुमानजीले वीरगंजवासीलाई प्रत्यक्ष दर्शन दिएर आशीर्वाद प्रदान गरेको विश्वास व्यक्त गरे । उनले पनि सो स्थानलाई धार्मिक केन्द्रका रूपमा विकास गर्नुपर्ने माग गरे । स्थानीय बासिन्दाहरूले वीरगंज महानगरपालिकासमक्ष औपचारिक रूपमा आकृति देखिएको स्थानमा भव्य हनुमान मन्दिर निर्माणको आग्रह गरेका छन् । उनीहरूका अनुसार यसले धार्मिक आस्थासँगै क्षेत्रको पर्यटकीय महत्व पनि उल्लेखनीय रूपमा बढाउनेछ ।

घटनाले वीरगंजमा धार्मिक एकता, श्रद्धा र उत्साहको वातावरण सिर्जना गरेको छ । श्रद्धालुहरूको संख्या दिनदिनै बढ्दै गइरहेकाले सुरक्षा व्यवस्था, भीड नियन्त्रण र समग्र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । भगवान् श्री हनुमानजीको कृपाले सबै भक्तजनको मनोकामना पूरा होस् भन्ने कामनासहित श्रद्धालुहरू दर्शन गरी फर्किरहेका छन् ।

Tags: रुखमा भगवान हनुमानको आकृत्ति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि