Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नक्कली नोट कारोबारको सञ्जाल खुल्दै, नोट छाप्ने मेसिनसहित बाराका दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २१, २०८२
नक्कली नोट कारोबारको सञ्जाल खुल्दै, नोट छाप्ने मेसिनसहित बाराका दुईजना पक्राउ

वीरगंज (पर्सा), २१ पुस । प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित बाराका दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-२ निवासी ४२ वर्षीय गौरीशंकर यादव र बाराको फेटा गाउँपालिका-३ घर भई हाल भारतको मोतिहारी लाला टोल पतौना बस्ने २८ वर्षीय सबी कुमार श्रीवास्तव रहेका छन् ।

प्रहरीका अनुसार नक्कली नोटको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा पुस १६ गते खटिएको प्रहरी टोलीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ उत्तरखेल चोकबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि सुरु गरिएको अनुसन्धानका क्रममा यस घटनामा यादवको संलग्नता देखिएको थियो ।

सोधपुछका क्रममा यादवले आफू नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेको स्वीकार गर्दै, श्रीवास्तवले नक्कली नोट छाप्न प्रयोग हुने सामग्री पुस २० गते नेपाल ल्याउन लागेको जानकारी दिएको प्रहरीले जनाएको छ । उक्त सूचनाका आधारमा प्रहरीले जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोली खटाएको थियो ।

सो टोलीले बीआर ०५ एएफ २५११ नम्बरको भारतीय बुलेट मोटरसाइकलको पछाडिको सिटमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा अन्य प्रिन्टिङ उपकरण काठमाडौं लैजाँदै गरेको अवस्थामा श्रीवास्तवलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले पाँच वटा गाडीमा भारतीय पाँच सय दरका ३१७ थान नक्कली नोट, मोनिटर, किबोर्ड, माउस, केबल तार १० थान, मोबाइल फोन, कलर प्रिन्टर, सिपियु, ‘एम अडियो’ लेखिएको बक्स, टोनर ८ थान, नक्कली पेस्तोल तथा लालिगुराँसको वाटरमार्क छापिएको ‘१०००’ लेखिएको कागज १८० थान बरामद गरेको छ । साथै ७५ थान सादा कागजसमेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको छ भने नक्कली मुद्रा कारोबारको सञ्जालबारे विस्तृत छानबिन गरिँदैछ ।

Tags: नक्कली नोटको कारोबार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि