Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा सवारी दुर्घटनाको स्थिति भयवाह: मृत्युदर चिन्ताजनक, युवाहरुको ज्यान उच्च जोखिममा

चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा मधेश प्रदेशमै ३ हजार ४८४ दुर्घटनामा २२० जनाको मृत्यु र ५ हजार ६८५ जना घाइते भएको तथ्यांक रहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १८, २०८२
मधेशमा सवारी दुर्घटनाको स्थिति भयवाह: मृत्युदर चिन्ताजनक, युवाहरुको ज्यान उच्च जोखिममा

वीरगंज (पर्सा), १८ पुस । पछिल्लो समय विशेषगरी तराई मधेश क्षेत्रमा सडक दुर्घटनाको संख्या तीव्र रूपमा बढ्दै गएको छ । नेपालभर सवारी दुर्घटनामा मृत्यु हुनेहरूमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशका रहेको तथ्यांकले स्थिति कति भयावह छ भन्ने स्पष्ट देखाउँछ । यति गम्भीर अवस्था हुँदाहुँदै पनि दुर्घटना न्यूनिकरणका लागि गरिएका प्रयासहरू अपेक्षाकृत प्रभावकारी हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

नेपालमा हरेक वर्ष सडक दुर्घटनाका कारण थुप्रै मानिसले ज्यान गुमाउने गरेका छन् भने दर्जनौँ नागरिक घाइते हुने गरेका छन् । गुणस्तरीय सडकको अभाव, सडक निर्माणका क्रममा हुने भ्रष्टाचार, यातायात नियमको उल्लङ्घन, तीव्र गति तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति सडक दुर्घटना बढ्नुका मुख्य कारण भएको नागरिकहरू बताउँछन् ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्मको तथ्यांकअनुसार, देशभर १३ हजार ८८० वटा सवारी दुर्घटना हुँदा १ हजार ४२ जनाको मृत्यु भइसकेको छ । ती मृतकमध्ये मधेश प्रदेशमा मात्रै २२० जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी, मधेश प्रदेशमा आर्थिक वर्ष ०८१/०८२ को साउनदेखि मंसिरसम्म मात्र २ हजार ६७१ दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको छ भने ४ हजार ५७६ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको मंसिरसम्म आइपुग्दा मधेश प्रदेशमै ३ हजार ४८४ दुर्घटनामा २२० जनाको मृत्यु र ५ हजार ६८५ जना घाइते भएको तथ्यांक रहेको छ ।

तथ्यांकअनुसार, चालु आर्थिक वर्षमा नेपालभर सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये १७ देखि ३० वर्ष उमेर समूहका युवाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । मधेश प्रदेशका ८ जिल्लामा यही उमेर समूहका युवाहरूको संख्या उल्लेखनीय रहेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाद्वारा महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रममा सडक दुर्घटनामा युवाहरू बढी पर्ने गरेको जनाएको छ । प्रहरीका अनुसार, युवामा पर्याप्त सचेतना ल्याउन सके दुर्घटनाको दर उल्लेख्य रूपमा घटाउन सकिने विश्वास स्थानीयको छ ।

स्थानीयवासीहरूका अनुसार, तीव्र गति, सडकको दुरावस्था र लागूपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण हुन् । यी गुनासोलाई गम्भीर रूपमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख गोविन्द थपलियाले बताएका छन् ।

उनले मधेश प्रदेशका अन्य जिल्लाहरूको अवस्थाबारे जानकारी दिँदै महोत्तरी जिल्लामा मात्रै पछिल्लो ६ महिनामा अघिल्लो वर्षको तुलनामा सडक दुर्घटना बढेको बताए । प्रदेशस्तरीय तथ्यांकअनुसार, १६ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू सडक दुर्घटनामा बढी घाइते हुने र ज्यान गुमाउने गरेको देखिएको छ ।

सडक दुर्घटना न्यूनीकरणका लागि स्थानीयले नियमित सवारी चेकजाँच, मापसे (मादक पदार्थ सेवन) चेकजाँच, विद्यालय तथा क्याम्पसहरूमा सडक सुरक्षा सम्बन्धी सचेतना कक्षा, विभिन्न स्थानमा स्टिकर, पर्चा र पम्पलेट टाँस्ने, तथा सवारी चालकहरूलाई लक्षित सचेतनामूलक कार्यक्रमहरू बढाउनुपर्ने सुझाव दिएका छन् ।

सडक सुरक्षामा राज्यका निकाय, स्थानीय तह, प्रहरी प्रशासन र नागरिक सबैको साझा प्रयास बिना दुर्घटनाको भयावह अवस्था रोक्न कठिन हुने देखिएको छ ।

Tags: सवारी दुर्घटनाको स्थिति भयवाह
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि