Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एक महिनापछि सरकार पूर्णता पायो, पर्साबाट दुई मन्त्री नियुक्त

पर्साका दुई नेताले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएपछि प्रदेशका वातावरण संरक्षण, कृषि विकास, भूमि व्यवस्था तथा स्थानीय उत्पादन प्रवर्धनमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १६, २०८२
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एक महिनापछि सरकार पूर्णता पायो, पर्साबाट दुई मन्त्री नियुक्त

वीरगंज (पर्सा), १६ पुस । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा गठन भएको प्रदेश सरकारले करिब एक महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता पाएको छ । बुधबार मधेश सरकारमा थप ६ मन्त्री नियुक्त गरेसँगै मधेस प्रदेशको मन्त्रिपरिषद् अब पूर्ण बन्दै कार्यसञ्चालन थप सुदृढ हुने अपेक्षा गरिएको छ । जनकपुरधामस्थित मधेस भवनमा आयोजित औपचारिक समारोहका बीच नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

शपथ समारोहसँगै प्रदेश सरकारको संरचना विस्तारमा पर्सा जिल्लाको प्रभावशाली उपस्थिति देखिएको छ । यस विस्तारअन्तर्गत पर्साबाट शंकरप्रसाद चौधरी वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् भने श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । पर्साका दुई नेताले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएपछि प्रदेशका वातावरण संरक्षण, कृषि विकास, भूमि व्यवस्था तथा स्थानीय उत्पादन प्रवर्धनमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरिएको छ ।

त्यस्तै अन्य मन्त्रीहरूमा मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री, राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री, वसन्तकुमार कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री तथा फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रीका रूपमा जिम्मेवारीमा आएका छन् । नयाँ मन्त्रीहरूको सहभागितासँगै प्रदेश सरकारको नीति निष्पादन, विकास निर्माण प्रक्रिया, प्रशासनिक समन्वय तथा सेवा प्रवाहमा गति थपिने विश्वास व्यक्त गरिएको छ । विशेषगरी पर्सा जिल्लाबाट प्रतिनिधित्व बढेपछि जिल्लाको पूर्वाधार, कृषि, उद्योग तथा सामाजिक क्षेत्रका परियोजनामा पनि सरकारको ध्यान केन्द्रित हुने अपेक्षा छ ।

मन्त्रिपरिषद् पूर्ण भएपछि सरकारले आगामी दिनमा प्रदेश विकास, सुशासन, सेवा प्रवाह, कृषि र संरचनात्मक सुधारका एजेण्डालाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्ने अनुमान गरिएको छ ।

कृषि मन्त्रीको कडा निर्देशन : ‘झारा टार्ने शैली बन्द, किसानका समस्यामा केन्द्रित भएर काम गर्नुस्‌’
मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न कडाइका साथ निर्देशन दिएका छन् । उनले झारा टार्ने प्रवृत्ति तत्काल अन्त्य गर्न आग्रह गर्दै किसानका समस्या समाधानलाई प्राथमिकतामा राखेर कार्यप्रणाली अघि बढाउन चेतावनी दिए ।

शपथग्रहणपछि मन्त्रालयमा आयोजित परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले कृषिमै निर्भर मधेस प्रदेशलाई नमुना प्रदेश बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार मलखाद्य अभावदेखि सिचाइँ समस्या समाधानसम्मका विषय संवेदनशील भएकाले अब भाषणभन्दा कामले परिणाम देखाउन आवश्यक छ । ‘किसानलाई मलखाद्य, सिँचाइँ, बजार व्यवस्थापन जस्ता धेरै समस्या छन् । यी समस्याको समाधान गरेर मधेसलाई कृषि विकासको केन्द्र बनाउनु हाम्रो जिम्मेवारी हो,’ मन्त्री पटेलले भने, ‘म भाषणभन्दा काम मन पराउँछु । त्यसैले सबै कर्मचारी दत्तचित्त भएर लाग्नुपर्छ ।’

उनले मन्त्रालय तथा मातहतका कार्यालयका अधिकारी र कर्मचारीलाई किसानमैत्री सेवा प्रदान गर्दै सहज ढंगले समस्या समाधान गर्न निर्देशन दिए । मधेस कृषि उत्पादन र रोजगारीको प्रमुख आधार भएकाले कृषिक्षेत्र बलियो नबने प्रदेशको विकास सम्भव नहुने उनको भनाइ छ । मन्त्री पटेलले औपचारिकतामा मात्र नभई व्यवहारिक सुधारका माध्यमबाट किसानले महसुस गर्ने किसिमको परिणाम दिन मन्त्रालय तत्पर रहनुपर्ने पुनः दोहोर्‍याए ।

Tags: मधेस सरकार पूर्णता पायो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि