Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिनियाँ नागरिकद्वारा नाबालिकासँग विवाहको प्रयास, बेहुला र बेहुलीका बुवा प्रहरीको नियन्त्रणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८२
चिनियाँ नागरिकद्वारा नाबालिकासँग विवाहको प्रयास, बेहुला र बेहुलीका बुवा प्रहरीको नियन्त्रणमा

कलैया (बारा), ११ मंसिर । बारामा एक चिनियाँ नागरिकले नेपाली नाबालिकासँग विवाह गर्ने तयारी गरेको सुराकी पाएपछि प्रहरीले बुधबार मध्यराति छापामारी बेहुला तथा बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको छ । करैयामाई गाउँपालिका–१ हरैयास्थित एक घरमा विवाहका तयारी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले तत्काल हस्तक्षेप गरेको जिल्ला प्रहरीले जनाएको छ ।

विवाहको तयारीकै बीच पक्राउ
पक्राउ परेका चिनियाँ नागरिकबारे प्रारम्भिक अनुसन्धानमा पासपोर्ट र भिसा व्यवस्थित रहेको पाइएको छ । तर, विवाह गरिँदै गरेको युवती कानुनी उमेरभन्दा कम (१८ वर्ष) मात्र भएकाले प्रहरीले विवाह रोक्दै सबैलाई नियन्त्रणमा लिएको हो । नेपालको कानुन अनुसार विवाहका लागि पुरुषको २२ वर्ष र महिलाको २० वर्ष उमेर पूरा हुनुपर्छ ।

वडाध्यक्ष सोनालाल साहका अनुसार चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै पुगेका थिए । साहले भने, ‘कानुन अनुसार उमेर नपुगेका कारण विवाह अवैधानिक हो । प्रहरी आएर तीनै जनालाई नियन्त्रणमा लियो ।’

हरैया क्षेत्रमा लगातार बढ्दै विदेशी–स्थानीय विवाहका घटना
हरैया र आसपासका बस्तीमा पछिल्ला वर्षहरूमा चिनियाँ नागरिक र स्थानीय मुस्लिम महिलाबीच विवाह हुने घटना दोहोरिरहेको प्रहरीको भनाइ छ । प्रहरीले पाएको सुराकी अनुसार, गत एक वर्षमै केवल त्यही बस्तीमा कम्तीमा ३ वटा विवाह चिनियाँ नागरिकसँग भइसकेका छन् ।

स्थानीयवासीका अनुसार यी विवाहहरू प्रायः परिवारकै सहमतिमा भएपनि उमेर, कानुन, पारिवारिक समझदारी तथा विवाहपछिको सुरक्षाबारे यथोचित जानकारी नहुँदा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दछन् ।

प्रहरीको थप अनुसन्धान जारी
प्रहरीले विवाह प्रयोजनका लागि आएको चिनियाँ नागरिकको गतिविधि, आर्थिक लेनदेन, मध्यस्थकर्ताको संलग्नता तथा यसअघि भएका विवाहबारे समेत व्यापक अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका दुवैजनालाई प्रहरीले बिहीबार जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । स्थानीय तह र सुरक्षानिकायबीच समन्वय गर्दै बालविवाह तथा अवैधानिक अन्तरदेशीय विवाह रोक्ने अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

जेष्ठ १०, २०८३
मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

जेष्ठ १०, २०८३
जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जेष्ठ १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि