Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रीसिया नदी प्रदुसित गर्ने श्री सिद्धी टेक्स्टाइललाई एक लाख २० हजार जरिवाना

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १२, २०८१
श्रीसिया नदी प्रदुसित गर्ने श्री सिद्धी टेक्स्टाइललाई एक लाख २० हजार जरिवाना

वीरगंज (पर्सा), १२ कात्तिक । वीरगंज महानगरपालिकाले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानलाई थप तीव्रता दिँदै रातिपनि अनुगमन गरिरहेको छ । दैनिकरुपमा दिनमा अनुगमन गर्दै आएको महानगरको टोलीले राति अनुगमनको क्रममा साेमबार एक उद्योगलाई जरिवाना गरेको छ । श्रीसिया नदीमा सोझै ढल मिसाइ नदी प्रदुषण गरेको भन्दै टोलीले श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको वातावरण शाखाका प्रकाश एैरेले जानकारी दिए ।

मेयर राजेशमान सिंहको नेतृत्वमा महानगरको टोलीले श्रीसिया नदीमा हुने प्रदूषणलाई रोक्न कडा अनुगमन गरिरहेको छ । सिंहले पद ग्रहण गरेको ३० महीनामा नदीको प्रदूषणलाई ६० प्रतिशतले घटाउन सफल भएको महानगरको दाबी छ । महानगरले हाल छठ पर्वलाई लक्षित गर्दै कात्तिक १ गतेदेखि दैनिकरूपमा अनुगमन शुरू गरेको हो । वीरगंज र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा यहाँका विभिन्न उद्योगहरूको प्रदूषण नियन्त्रणमा प्रयास जारी रहेको छ ।

यसबीच, दुबै स्थानीय तहहरूले उद्योगहरूलाई श्रीसिया नदीमा प्रदूषित पानी नफाल्न निर्देशन दिएका छन्, जसका कारण यसपटक छठ पर्व श्रीसिया नदीमै मनाउन सकिने वातावरण सिर्जना भएको महानगरले जानकारी दिएको छ । वीरगंजकाे लाइफ लाइनका रुपमा रहेको श्रीसिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको थियो । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका थिए ।

नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगंज महानगरपालिकाले पहिले पनि पाँच वटा उद्योगहरुलाई जनही तीन/तीन लाख रुपैयाँका दरले जरिवाना गरेको थियो । जसमध्ये श्री सिद्धी टेक्स्टाइल पनि एक थियो । जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आएकोमा पछिल्लोपटक ती उद्योगहरुमा महानगरले दण्ड स्वरुप फोहर थुपारेपछि नदी सफा देखिन थालिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि