Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज नाकाबाट चार पाङ्ग्रे सवारीसाधनको आयात ह्वात्तै घट्यो, ५० प्रतिशत राजस्वमा कमि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०८१
वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

वीरगंज (पर्सा), १० कात्तिक । वीरगंज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्ग्रे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगंज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ । चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले घटेको देखिन्छ । सोही अवधि राजस्व सङ्कलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ ।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगंज नाकाभन्दा पनि अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए । ‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्र्याएपनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’ उनले भने, ‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगंज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमा समेत वृद्धि हुदैँ आइरहेको छ ।’ गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्य पर्ने छ सय ३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ । चालु आवको तीन महिनाको अवधिमा वीरगंज नाकाहुँदै ९ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले इलेक्ट्रिक सवारीसाधन वीरगंज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने गरेको बताउँछन् । ‘इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्र्याउने गर्नुहुन्छ भने ठूला सवारीसाधन भने वीरगंज नाका हुदैँ भित्रिन्छन् ।’

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ । सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा ३५ करोड ९ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो । चालु आवको तीन महिनाको अवधिमा रु ७ करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ । जबकी गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ । गत आवको तीन महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । त्यस्तै चालु आवको तीन महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ ।

चालु आवको तीन महिनाको अवधिमा नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । जबकी गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि