Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जग्गा दान विरुद्ध सर्वोच्चमा मुद्दा, विरोधकाबीच अभियुक्तबाट जग्गा दान सकार्नु शंकास्पद !

बालुवाटार जग्गाकाण्डका अभियुक्तबाट जग्गा दान थापेपछि एमाले अध्यक्ष केपी ओलीलाई अहिले निल्नु न ओकल्नु !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ९, २०८१
जग्गा दान विरुद्ध सर्वोच्चमा मुद्दा, विरोधकाबीच अभियुक्तबाट जग्गा दान सकार्नु शंकास्पद !

काठमाडौँ, ९ कात्तिक । राजनीतिक एवं नीतिगत भ्रष्टाचारमा अब्बल मानिएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बालुवाटार जग्गाकाण्डका अभियुक्तबाट जग्गा दान थापेपछि अहिले निल्नु न ओकल्नु भएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाउँमा लिने भूमिका खेल्नेमध्येका मुख्य अभियुक्तको रुपमा मुद्दा खेपिरहेका मीनबहादुर गुरुङले एमाले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि कीर्तिपुरस्थित आफ्नो १० रोपनी १४ आना जग्गा दान दिएका छन् । उक्त जग्गामा आफैले भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्नेगरी शिलान्यास समेत गरिसकेका छन् । तर सरकारले नै मुद्दा चलाइरहेका विवादास्पद व्यवसायीबाट अहिले सरकारकै प्रमुख प्रधानमन्त्रीले अर्बौंको जग्गा र भवन दान थापेपछि पार्टीभित्र र बाहिर सर्वत्र विरोध भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले गुरुङलाई बालुवाटार जग्गाकाण्डमा पक्राउ गरेको थियो । तर अहिलेका प्रधानमन्त्री ओलीले स्वार्थ बाझिनेगरी उनै अभियुक्तबाट जग्गा दान थापेपछि यो मुद्दा सर्वोच्च अदालतमा प्रवेश गरेको छ ।

सरकारवादी मुद्दा खेपिरहेका व्यवसायी गुरुङले सरकारकै नेतृत्वकर्ता पार्टीलाई जग्गा र भवन दान गर्नु भ्रष्टाचार भएको ठहर गर्दै अधिवक्ता ज्ञानकुमार बस्नेतले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न नमाने पनि बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि मुद्दा दर्ता भएको हो । यससँगै बिहीबार उक्त मुद्दाको पहिलो पेसी समेत तोकिएको छ । प्रधानमन्त्रीजस्तो सर्वोच्च पदमा बसेर दानका रुपमा अर्बौंको सम्पत्ति लेनदेन गरिनु सरासर भ्रष्टाचार रहेको अधिवक्ता बस्नेतको ठहर छ । यो दान सम्झौता खारेज हुनुपर्ने र भवन निर्माण कार्य रोक्न तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने रिट निवेदक बस्नेतको माग छ । उनले के कति र कुन अवस्थामा दान गर्न हुन्छ या हुँदैन भन्ने कुरा कानुनमै स्पष्ट व्यवीथा हुनुपर्ने बताएका छन् । मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेर विवादित व्यवसायीबाट अर्बौंको दान लिनु भ्रष्टाचारजन्य अपराध र अख्तियार दुरुपयोग हुने उनको भनाइ छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेलाई जग्गा र भवन दान दिन सहमत भएपछि गत असोज २५ गते प्रधानमन्त्री ओली र गुरुङले भवनको शिलान्यास गरेका थिए । तर त्यस कार्यको एमाले पार्टीभित्रै पनि विरोध भएको छ । विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दानमा लिन नहुने आवाज उठाएपछि एमाले नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ओलीले स्पष्टीकरण सोध्दै कारबाही अघि बढाएका छन् । प्रधानमन्त्रीको यो शंकास्पद दान प्रकरणको प्रमुख सत्ता साझेदार दल काँग्रेसले पनि आलोचना गरेको छ ।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरु आफैँले बनाउनुपर्ने भन्दै एमालेले लिएको दानबारे प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । अर्बौं रुपैयाँ पर्ने जग्गा र भवन दानमा लिने कुरा विवादित रहेको भन्दै शर्माले यसको जवाफ एमाले र प्रधानमन्त्री ओलीले दिनुपर्ने बताए । व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्ने कुरा राम्रो भए पनि एक अर्ब भन्दा बढीको दान दिइनुले गम्भीर आशंका पैदा गरेको शर्माको भनाइ छ । प्रधानमन्त्री स्वयं उपस्थित भई विवादित व्यक्तिबाट एमालेका लागि जग्गा र भवन दान थाप्नु अस्वाभाविक भएको भन्दै उनले विरोध जनाएका छन् । यस्तो परिपाटीले कस्तो राजनीति र दलहरू बनाउन खोजिएको भन्दै उनले प्रश्न समेत गरे ।

अघिल्लो सरकारले सरकारी जग्गा हिनामिनामा दोषी ठहर गर्दै थुनामा पठाइएका मीनबहादुर गुरुङबाट अहिलेका प्रधानमन्त्रीले जग्गा दान लिएको भन्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत ओलीको आलोचना गरेका छन् । यसका साथै सरकारबाहिर रहेका अन्य दलले समेत विवादित व्यवसायीको एमालेलाई जग्गा दानको आलोचना गरेका छन् । पार्टीभित्र र बाहिर सर्वत्र आलोचना हुँदा पनि अभियुक्त व्यवसायीको दान सकार्ने निर्णयमा ओली अडिग रहनुले थप आशंका जन्माएको छ । यसबारे छानबिन गर्न माग समेत उठिरहेको बेला यो विषय अब अदालत प्रवेश गरेकाले अदालतको आदेश के आउला भन्ने चासोको विषय बनेको छ । साभार : न्यूज २४

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि