Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ड्राइपोर्ट ट्राफिकको असुली धन्दा, ट्राफिकले छाडेको ओभरलोड गाडीहरुबाट २ लाख बढि जरिवाना

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ५, २०८१
ड्राइपोर्ट ट्राफिकको असुली धन्दा, ट्राफिकले छाडेको ओभरलोड गाडीहरुबाट २ लाख बढि जरिवाना

वीरगंज (पर्सा), ५ कात्तिक । वीरगंजको ड्राइपोर्ट चौकमा खटिने ट्राफिक प्रहरीले यस्तै छाडेका ओभर लाेडका गाडीहरुबाट रु दुई लाख भन्दा बढी जरिवाना भएकाे छ । अस्थायी ट्राफिक प्रहरी ड्राइपाेर्टले विना कारवाही छाेडेका ओभर लाेड गरेका १३ वटा गाडीहरुलाई यातायात व्यवस्था कार्यालय वीरगंजले रु दुई लाख १२ हजार ४ सय १७ जरिवाना गरेकाे छ । शुक्रबार दिउसाे आइसीपीबाट एकैसाथ एक दर्जन भन्दा बढी ओभर लाेड गाडीहरु छुटेका थिए । ति गाडीहरुलाई ड्राइपाेर्टमा डियुटीमा खटिएका ट्राफिक प्रहरीले राेकेर चेकजाँच समेत गरेनन् । मात्र गाडीहरु काउन्ट गरेर छाडी दिए ।

प्रत्यक्षदर्शीका अनुसार कच्चा पदार्थ (केमिल) लाेड रहेका बिआर १० जिसि  ३८२७, बिआर १० जिसि ५८२८, बिआर १० जिसि ०८५८, बिआर १० जिसि ३८१४, बिआर १० जिसि ३८२५, डब्लुबि ५३ सि १६८३,  डब्लुबि ५३ सि ३०२४, डब्लुबि ५३ सि ३०७०, डब्लुबि ५३ सि ३०६९, डब्लुबि ५३ सि १६११, डब्लुबि ५३ सि ३०७८, डब्लुबि ५३ सि १६२०, डब्लुबि ५३ सि ३०६० र डब्लुबि ५३ सि ३०४२ नम्बरकाे भारतिय नम्बरकाे ओभर लाेड रहेका १४ वटा गाडीहरु डियुटीमा खटिएका ट्राफिक प्रहरीकाे सामुने नै छुटेका थिए ।

त्यसपछि याे खबर एक संचारकर्मीलाई प्राप्त भएपछि उनी बाटाे मै ति गाडीहरुलाई राेकेर साेधपुछ गरेका थिए । पछि त्यँही संचारकर्मीले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई जानकारी गराएपछि ति गाडीहरु जगरनापुर मै राेकिएका थिए । त्यसपछि ति गाडीहरुलाई के गर्ने ट्राफिक प्रहरीकाे टाउकाे दुखाईकाे विषय भयाे ।

ट्राफिक प्रहरी स्राेत कै अनुसार सुरुमा ति गाडीहरुलाई ट्राफिक प्रहरीले नै जरिवानाकाे रसिद काटेर छाेडने प्रयास गरिएकाे थियाे । तर गाडीकाे क्षमता भन्दा दाेब्बरदेखि तेब्बर सम्म ओभर लाेड रहेकाले नियम अनुसर नमिल्ने भएपछि ति गाडीहरुलाई जिल्ला ट्राफिक प्रहरीले यातायात कार्यालयलाई बुझाउन बाध्य भयाे ।

समाचार स्राेतका अनुसार अस्थायी ट्राफिक प्रहरी पाेष्ट ड्राइपाेर्टका इन्चार्ज राम सहाय यादवलाई दलाल मार्फत प्रति गाडी रु दुई सयकाे दर बुझाएर ति गाडीहरु जाने गरेकाे थियाे । यी त उदाहरण पात्र घटना मात्र हुन् । यस्ता दुई सयदेखि ३ सय सम्म ओभर लाेड गाडीहरु दिनहुँ ड्राइपाेर्ट भएर जाने गरेका छन् । ति सबै गाडीहरुबाट ड्राइपाेर्टमा खटिने ट्राफिक प्रहरीले दलालहरु मार्फत प्रति गाडी रु दुई सय देखि ५ सय सम्म घुस रकम बुझ्ने गरेका छन् । 

शुक्रबार दिउसाेदेखि नै वीरगंज २२ स्थित क्वालिटी काँटा अगाडी राेकिएका गाडीहरु मध्ये १३ वटालाई आइतबार दिउसाे मात्र जिल्ला ट्राफिक प्रहरीले कारवाहीकाे लागि यातायात व्यवस्था कार्यालय वीरगंजलाई बुझाएकाे थियाे । त्यसपछि यातायात कार्यालयले बिआर १० जिसि ३८२७ लाई रु २० हजार ९४९ , बिआर १० जिसि ५८२८ लाई रु २० हजार २६२, बिआर १० जिसि ०८५८ लाई रु २० हजार ५२२, बिआर १० जिसि ३८१४ रु १९ हजार ९७२, बिआर १० जिसि ३८२५ लाई रु २० हजार ४१२ जरिवाना गरेकाे छ ।

यसैगरी डब्लुबि ५३ सि १६८३ लाई रु ११ हजार ४६६,  डब्लुबि ५३ सि ३०२४ लाई रु १४ हजार २९४, डब्लुबि ५३ सि ३०७० लाई रु १३ हजार ५७८, डब्लुबि ५३ सि ३०६९ लाई रु १३ हजार ८०७, डब्लुबि ५३ सि १६११ लाई रु १४ हजार ४८४, डब्लुबि ५३ सि १६२० लाई रु १३ हजार १५६, डब्लुबि ५३ सि ३०६० लाई रु १५ हजार १८९ र डब्लुबि ५३ सि ३०४२ लाई रु १४ हजार ३२६ जरिवाना गरिएकाे यातायात व्यवस्था कार्यालय वीरगंजले जनाएकाे छ ।

ड्राइपाेर्ट भएर दिनहुँ जाने ओभर लाेड गाडीहरु डियुटीमा खटिएका ट्राफिक प्रहरीहरुले नजराना बुझेर छाडने गरेकाे याे घटनाले प्रमाणित समेत गरेकाे छ । ओभर लाेडका गाडीहरुका जिम्मा लिएका दलालले पछि आएर ट्राफिक प्रहरीलाई नजराना बुझाउने गरेका छन् । ओभर लाेड गाडीहरु ड्राइपाेर्टमा किन राेकिएन ? प्रश्न ड्राइपाेर्ट ट्राफिक प्रहरीका इन्चार्ज असई राम सहाय यादवलाई साेध्दा नवराज मैनालीसंग साेध्न गैर जिम्मेवार पूर्ण जवाफ दिए । तपाई त्यहाँकाे इन्चार्ज हाेइन तपाईलाई जवाफ दिनु पर्दैन कालिका टाईम्सका सम्पादकले अर्काे प्रश्न गर्दा त्याे बेला उनी नै डियुटीमा रहेकाेले उनीसंग नै साेध्न भन्दै फाेन काटिदिए ।

यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्याल पर्सा प्रमुख प्रहरी निरिक्षक लाेकराज भट्टसंग बुझ्न फाेनमा सम्पर्क गर्दा आजै मात्र १४ वटा गाडीहरुलाई कारवाहीकाे लागि यातायात कार्याय बुझाइएकाे भन्दै तपाई कसरी भन्नु हुन्छ भन्दै उल्टै प्रश्न गरे । त्यसपछि आफु सिडियाे सावसंग एउटा मिटिङमा रहेकाे भन्दै पछि कार्यालयमा भेटर कुरा गर्न भन्दै जवाफ दिन चाहेनन् । अवैध रकम असुल्न मात्र ब्यस्त रहेकाे ड्राइपाेर्ट ट्राफिक प्रहरी टाेलीलाई कारवाही भएन भने साे अवैध रकमबाट जिल्ला ट्राफिक प्रहरी र प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया सम्म पुग्ने गरेकाे सहजै बुझ्न सकिन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि