Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्थानीय तहको बेथिति, दशैंको बेला पनि पर्साका दुई पालिकाका शिक्षक र कर्मचारीहरुले तलब पाएनन् !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २२, २०८१
स्थानीय तहको बेथिति, दशैंको बेला पनि पर्साका दुई पालिकाका शिक्षक र कर्मचारीहरुले तलब पाएनन् !

वीरगंज (पर्सा), २२ असोज । नेपालीहरुको महान चाँड बडा दशैंको बेला पनि पर्साका दुई पालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरुले तलब पाउन सकेका छैनन् । असोज २२ गते मंगलबारसम्म बहुदरमाई नगरपालिका र पकहाँमैनपुर गाउँपालिकाका ५ सय ६३ जना शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन् । जसले गर्दा चाँडपर्वको बेला समस्या परेको बताएका छन् । दुबै पालिका अन्तर्गतका कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा शिक्षकहरुले नयाँ आर्थिक बर्षको साउन महिनादेखि असोजसम्मको तलब पाउन सकेका छैनन् । बहुदरमाई नगरपालिकाको नगरसभा नहुँदा नगरपालिका अन्तर्गतका १८ वटा विद्यालयका २ सय १८ जना शिक्षक र नगरपालिका सहितका विभिन्न कार्यालयका १ सय ५८ जना सरकारी कर्चारीहरु तलब पाएका छ्रैनन् ।

साउनदेखि अहिलेहालसम्मको तलब र दशैं पेश्की समेत नपाउँदा दशैं मनाउन समस्या भएको श्री महाबिर साह मावि बहुदरमाई नपा ३ नगरदाहाँका शिक्षक सुदर्शन प्रसादले वताए । उनले नगरसभा नहुँदा नगरपालिकाले शिक्षकहरु तलब नपठाएका कारण आफुहरु तलब नपाएर समस्यामा परेको वताए । उनले भने ‘असोज १६ गते आफुहरु तलबको मांग गर्दा नगर प्रमुख सिंगासहन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफालाई ज्ञापन पत्र बुझाउँदा समेत नगरसभा नभएको कारण असोज २२ गतेसम्म आफुहरु तलब पाउन सकेन । चाँडपर्वको समयमा पनि ३ महिनाको तलब र दशैं पेश्की समेत नपाएर छोरा/छोरीको स्कुल फि तिर्न पाएका छैनौं भने घर खर्च चलाउन पनि समस्या भएको छ ।’

जनप्रतिनिधि र कर्मचारीहरुबीचको विवादको कारण नगरसभा नहुँदा समाजिक सुरक्षा भत्ता समेत वितरण हुन सकेको छैन् । नगरसभा नहुँदा बाँकी रहेको गत आर्थिक बर्षको दुईटा वडाको र नयाँ आर्थिक बर्षको साउनदेखि अहिलेसम्मको सबै वडाको समाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । दशैंपछि चाँडै नै नगर सभा गरेर तलब पठाइने नगर प्रमुख सिंगासन साह तेलीले वताए । नगरपालिकाको आपसी विवादका कारण नगरसभा हुन नसकेको वताउँदै प्रमुख तेली समस्या समाधानको प्रयास आफुले जारी राखेको वताए । उनले दशैं लगतै नगर सभा गरेर सबै शिक्षक र कर्मचारीको तलब पठाउन आश्वासन समेत दिए ।

यसैगरी पकहाँ मैनपुर गाउँपालिका अन्तर्गतका १६ विद्यालयका १ सय १५ जना शिक्षक र नगरपालिका सहित विभिन्न सरकारी कार्यालयका ७२ कर्मचारीहरु तलब पाउन सकेका छैनन् । पकहाँमैनपुरको गाउँसभा हुँदा पनि असोज २२ गतेसम्म आफुहरु तलब पाउन नसकेको शिक्षक महासंघ पकहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश पटेलले वताए । उनले पनि नयाँ आर्थिक बर्षको साउनदेखि असोजसम्मको तलब र दशैं पेश्की समेत आफुहरु नपाउँदा समस्या परेको वताए । गाउँसभा ढिलो भएका कारण शिक्षक र कर्मचारीहरुको तलब पठाउन पनि ढिलो भएको पकहाँमैनपुरका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले वताए । गाउँसभा सम्पन्न पश्चात गाउँपालिकाको खाता संचालन गर्न पक्रियामा आफुहरु रहेको वताउँदै उनले भोलि असोज २३ गतेसम्म तलब पठाउन आश्वासन समेत दिए ।

जनप्रतिनिधि र कार्यालय प्रमुखको विवादको चेपुवामा कर्मचारीहरु
स्थानीय तहमा देखिएको बेथिति दिनप्रतिदिन बढ्दै गएको छ । जहिलेपनि जनप्रतिनिधि र कार्यालय प्रमुखको विवादको कारण स्थानीय तह मातहतका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरु चुपवामा पर्दै आएका छन् । बजेट बाँडफाँडमा भागवण्डा नमिल्ने गरेको कारण जहिलेपनि केही स्थानीय तहको गाउँसभा, नगरसभा हुन सकिरहेको छैन । यो समस्या यस वर्षको होइन, वर्षेनी यो समस्या स्थानीय तहमा देखिने गरिएको छ । जनप्रतिनिधि र कार्यालय प्रमुखको आ-आफ्नै छुट्टै अडान र भागवण्डा नमिल्ने गरेको कारण कतिपय स्थानीय तहमा गाउँसभा, नगरसभा समेत हुन सकेको छैन भने कतिपय पालिकामा गाउँसभा, नगरसभा भएपनि बजेट बाँडफाँड नभएको तथा खाता नखुलेको कारण पनि कामकाज शुरु हुन सकेको छैन । विकास निर्माणको कार्य हालसम्म अधिकाँश पालिकामा शुरु हुन सकेको छैन भने कतिपय पालिकाका कर्मचारी तलब समेत पाएका छैनन् ।

आर्थिक वर्ष सकेको तीन महिनासम्म कार्यालय संचालन हुन नसक्नु स्थानीय तहमा मौलाएको भ्रष्टाचारको नमुना हो । साउन, भदौ र असोज महिनासम्म कुनै पालिकामा विकास निर्माणको कार्य शुरु हुन नसक्नु, खाता खुल्न नसक्नु तथा सभा हुन नसक्नुले जनप्रतिनिधि तथा कार्यालय प्रमुखको चरम लापरवाहीको उदाहारण हो । कार्यालय संचालन नभएपनि कर्मचारीहरु बसेर तीन महिनासम्म तलब बुझ्नेछन् । संघ सरकारले पटक पटक समयमा गाउँसभा, नगरसभा गरेर बजेट बाँडफाँड गरि कामकाग शुरु गर्न निर्देशन दिएपनि अधिकाँश पालिकाहरुले त्यो निर्देशनको पालना गरेको पाइँदैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि