Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विन्दवासिनीमाई मन्दिरमा सरसफाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १९, २०८१
विन्दवासिनीमाई मन्दिरमा सरसफाई

वीरगंज (पर्सा), १९ असोज । वीरगंज महानगरपालिका-१९ स्थित विन्दवासिनी माई मन्दिर प्राङ्गणमा सरसफाई गरिएको छ । हिन्दुहरुको महान पर्व वडा दशैंको तेश्रो दिन शनिबार मन्दिरको प्राङ्गण सहित मन्दिर क्षेत्रको सरसफाई गरिएको छ । विन्दवासिनी (केहुनियाँ) स्थित श्री विन्दवासिनी माई मन्दिरको सरसफाई यहाँका स्थानीय युवाहरुको टोलीले गरेको स्थानीय गुलशन यादवले बताए । विन्दवासिनीमाई मन्दिरको मुख्य मन्दिर र मन्दिर परिसर भित्रको फोहोर सरसफाई गरिएको छ भने मुल प्रवेश द्वारसम्मनै पर्खालको जरामा पलाएको अनावश्यक झारपात समेतको सरसफाई गरिएको यादवले बताए ।

हरेक वर्ष दशैको घटस्थापना देखिनै दैनिक हजारौंको संख्यामा दर्शानार्थीहरु आउने गरेको र फुलापातीको दिन देखि ठूलो मेला लाग्दै आएको स्थानीय युवा एवं शिक्षक साजन क्षेत्रीको भनाई छ । वर्षैभरी बलि दिन पाउने पर्सा जिल्लाको एक मात्रै शक्ति पिठको रुपमा परिचित विन्दवासिनीमाई मन्दिरमा दशैंको बेला अष्टमीको दिनदेखि बलि दिने चलन छ । घटस्थापना देखि फुलापातीसम्म हरेक दिन साँझ आरतीको समयमा पनि भक्तजनको भीड नगन्य मात्रामा हुने गरेको स्थानीय युवा रवि गुप्ताले बताए । दशैंको घटस्थापनादेखिनै पुजा गर्न आउनेको भीड अत्यधिक हुने विन्दवासिनीमाई मन्दिरमा मुलतः फुलापातीदेखि पुणर्िमासम्मै मेला लाग्ने गर्दछ ।

यसवर्षको चहल पहल पनि सुरु भइसकेपनि स्थानीय निकाय एवं जनप्रतिनिधिको खासै चाँसो नदेखिएकोले हामिहरु आफैले सरसफाईमा जुट्नु परेको स्थानीय युवाहरुको भनाई छ । मन्दिरको सरसफाईमा कोन्हियामा अवस्थित सशस्त्र प्रहरी बलको टोलिले पनि सहकार्य गरेको थियो । देश विदेशबाट पुजा गर्न आउने कतिपय भक्तजनहरुले विन्दवासिनी माईलाई कुलदेवीको रुपमानै पुजा गर्ने गर्छन् । मन्दिरको ईतिहास राजा रणबहादुर शाहसँग जोडिएको पाइन्छ । मन्दिरका पुजारी पुरुषोत्तम देव उपाध्यासँग गरिएको कुराकानी र मन्दिरमा भएको प्रमाणको आधारमा तत्कालीन राजा रणबहादुर शाहले करिब डेढ सय वर्ष पहिले सो शक्तिपीठको स्थापना गरेका बुझिन्छ ।

सुरुमा राजाले माताको पीठलाई भारतको विन्ध्याञ्चलबाट ल्याई स्थापाना गरेपनि मुर्तिको प्रतिमा भने वि. सं. १९३४ मा स्थापना गरिएको प्रमाण मन्दिरको ताम्रपत्रमा छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि