Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भु-माफिया ठकुराईले सार्वजनिक जग्गा अतिक्रमण गरि संरचना बनाएपछि बाटो निर्माण अवरुद्ध !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १८, २०८१
भु-माफिया ठकुराईले सार्वजनिक जग्गा अतिक्रमण गरि संरचना बनाएपछि बाटो निर्माण अवरुद्ध !

वीरगंज (पर्सा), १८ असोज । वीरगंजका एक जना भुमाफियाका कारण विकास निर्माणको काम नै अबरुद्ध भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. २ छपकैया निवासी सफितुल्ला ठकुमाईले सार्वजनिक बाटाको जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो ।

ठकुमाईले रेल्वे रोडको पश्चिमतर्फ पर्ने समाजिक संस्था माईती नेपाल र बिद्या सागर स्कुल भएर जाने त्रिभुवन राजपथलाई जोडने गल्लीको वाटो अतिक्रण गरेपछि बाटो निर्माण कार्य नै अवरुद्ध भएको हो । सो बाटोमा ठकुमाईको ५ धुर नम्बरी जग्गा रहेकोमा ४ धुर जग्गा हाल साविक गराएको देखिएको छ । तर त्यसको प्रमाणहरु नरहेको स्थानियहरुको भनाई छ । उनले जालसाजी गरेको र जग्गा अतिक्रण गरी ९ धुर बनाएको स्थानियहरुको आरोप छ ।

बाटो निर्माणका लागि महानगरले नाप नक्सा गरेको जग्गामा पनि ठकुराईले ५ फिट ६ इन्च अतिक्रमण गरेपछि बाटो निर्माणमा थप किचल्लो भएको स्थानियहरुले बताएका छन् । महानगरले त्रिभुवन राजपथ र रेल्वे रोड जोडने गरी श्रीराम सिनेमाघरको छेव भएर जाने गल्लीको बाटो ढलान गर्न आर्थिक बर्ष २०८०/०८१ मा बजेट तर्जुमा गरेका थियो । गल्लीमा पर्ने सम्पूर्ण बाटो ढलान भए पनि बिधा सागर स्कुल देखि ठकुमाईले बनाएको टिनको घर हुदै रेल्वे रोड पुग्ने लगभग जाने १० मिटर बाटो बिवादका कारण ढलान हुन नसकेको स्थानिय अगुवाहरुले बताएका छन् ।

बाटो निमार्ण कार्यको बाधा अढचन फुकाउन स्थानियहरुले महानगरलाई गुहार गरेपनि राजनितिक पहुचका कारण हालसम्म कुनै सुनवाई नभएको तथा बाटो निर्माण कार्य अधुरो रहेको स्थानियहरुको भनाई छ । स्थानियहरुका अनुसार ठकुराईलाई जग्गा नाप गराउँन थुर्पै पटक ताकेता गरे पनि उनले जग्गा नाप गराउन नमानेको तथा अतिक्रमित जग्गा समेत खाली नगरी अटेरी गर्दै आएका छन् । उनले स्कुल तथा समाजिक संस्था रहेको ठाउँको बाटो निर्माण कार्यमा बाधा पुग्नेगरी निदनिय कार्य गरेको स्थानियको ठहर छ ।

वीरगंज २ छपकैया मक्कीजामे मस्जिद पछाडी तत्कालिन समयमा सार्वजनिक पोखरीको डिलको रहेको २ कठ्ठा जग्गा ।

एक जना व्यक्तिको कारण बाटो निर्माण कार्य नै ठप्प भएपछि सो टोलका अगुवाहरु महानगरका प्रमुख राजेशमान सिंहसँग भेट गरी अतिक्रमित जग्गा खाली गराउँन आग्रह गरेका थिए । स्थानिय अगुवाहरुको आग्रहपछि जग्गा खाली गराउँन महानगर एक्सनमा आएको तथा खाली नगरे बल प्रयोग गरी खाली गराउँन टिप्पणी समेत उठी सकेको एक जना स्थानिय युवाले बताए । तर महानगरका उपमेयर इम्तेयाज आलमसँग उठवस गर्दै आएका ठकुराईले टिप्पणी महानगरमै गायब गराइएको ती युवाले बताए ।

यस शन्दर्भमा वीरगंज महानगरपालिका सचिवाय सदस्य हरि गौतमले बाटो खाली गाउँने बारे महानगरमा डेलिगेशन आएको बताए । बाटो खाली गराउँन महानगरले तदारुपता पनि देखिएको हो । तर ठकुराईले डोजर लगाएर भत्काएको खण्डमा मेरो इज्जत जाने भन्दै म संरचना आफै खाली गर्छु भनेर महानगरसँग सहमती गरेको कारण अतिक्रमित जग्गा खाली गराउँन ढिलो भएको उनले स्वीकारे । तर अब ढिला भइसकेको कारण केहि दिन भित्रमा महानगरले बाटोमा निर्माण भएको संरचना खाली गराउँने पोखरेलले दावी गरे ।

स्थानियहरुका अनुसार ठकुराई पुरानो भुमाफिया रहेको तथा थुर्पै सार्वजनिक जग्गा हडपेका छन् । उनले वीरगंज २ छपकैया मक्कीजामे मस्जिद पछाडी तत्कालिन समयमा सार्वजनिक पोखरीको डिलको रहेको २ कठ्ठा जग्गा समेत जालसाजी गरी हडपेका छन् । सो सन्दर्भमा ठकुराईले अदालतमा मुद्दा हारि सकेको भएपनि हालसम्म जग्गा खाली गरेका छैनन् । स्थानियहरुले सो जग्गामा धर्मशाला निर्माण गर्ने सोच बनाएकोमा त्यसमा उनले पानी फेर्दै आएका छन् ।

२०४९/०५० साल तिर तत्कालिन वडा अध्यक्ष शेषनैमोदिनको नेतृत्वमा रहेको वडा समितिले सो जग्गामा सार्वजनिक शौचालय र धर्मशाला निमार्णका लागि प्रक्रिया अगाडी बढाएपछि ठकुराईले वडा समिति तथा तत्कालिन वीरगंज उपमहानगरपालिकालाई विपक्षी बनाई अदालतमा मुद्दा दिएका थिए । तर जिल्ला र पुर्नावेदन अदालतले महानगरकै पक्ष फैसला गरी महानगरलाई ७ दिन भित्र जग्गा खाली गराउन जिम्मेवारी दिएका थिए । तर सो जग्गा पनि हाल सम्म खाली हुन सकेको छैन् । उनले जाली कागजहरु खडा गरी जग्गा हडपेको स्थानियहरुले आरोप लगाउँदै आएका छन् ।

२०५३ सालकाे फैसला ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि