Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजबिराजबाट वीरगंज झरेका रामलखन मण्डलको ठगी धन्दा, सहकारीको नाममा करोडौं ठगी !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १८, २०८१
राजबिराजबाट वीरगंज झरेका रामलखन मण्डलको ठगी धन्दा, सहकारीको नाममा करोडौं ठगी !

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १८ असोज । सप्तरी जिल्लाको राजविराज घर भई वीरगंज भिस्वा स्थित कृष्णा प्रणामी मन्दिरदेखि उत्तरपट्टि बस्दै आएका रामलखन मण्डलले वीरगंजका दर्जनौं सर्वसाधारणसँग करोडौं लुटेको घटना बाहिरिएको छ । राजबिराजबाट साइकल लिएर वीरगंज पसेका मण्डल करोडौंको सम्पत्ति जोडेका छन् । साधारण लेखपढ गरेका सर्वसाधारणहरुलाई कर्जा दिएर उनीहरुको सम्पत्ति हड्पने उनको मुख्य कार्य हो । वीरगंज – १२ स्थित विराटलक्ष्मी बचत तथा ऋण सहकारी सँस्था खोली सर्वसाधारणले जम्मा गरेको बचत रकमबाट कर्जा दिएर ५ गुणासम्म असुलेर पनि जग्गा लिलामी गराउने कार्य पनि गर्दै आएको घटना बाहिरिएको छ ।

बारा जिल्लाको कलैया उप-महानगरपालिका – १६ उत्तरझिट्कैया निवासी प्रभा देवी कोइरिनलाई ८ लाख कर्जा दिएर ४० लाख असुली गरेर पनि उनले धितो राखेको घर सहितको १० धुर जग्गा लिलामी गराउने तरखरमा रहेको घटना बाहिरिएको हो । सहकारी सँस्थाको अध्यक्ष समेत रहेका मण्डलले २०७४ सालमा ८ लाख कर्जा दिएर १५ लाखको कागजात बनाएका छन् र ग्यारेन्टीको लागि १० धुर जग्गा सहितको घर रोक्का गराएका थिए । १५ लाखको कागजात बनाएर तत्कालको लागि ८ लाख मात्रै कर्जा लिनुस् पछि थपौंला भनेर झुक्याई १५ लाखको कर्जा खडा गरे । त्यस पश्चात दुई वर्षसम्म कर्जा वापतको किस्ता ऋणिले बुझाउँदै जाँदा कोरोना महामारीमा किस्ता टुटेपछि २०७७ सालमा नवीकरणको नाममा ऋणि प्रभा देवी कोइरिनको नाममा दोश्रो पटक १८ लाख ऋण लिएको कागजात बनाए ।

साधारण लेखपढ पनि नजानेका कोइरी सहितका परिवारले कागजातहरुमा धमाधम हस्ताक्षर गरेका थिए । त्यसको दुई महिना नवित्दै अध्यक्ष मण्डलले पुनः तेश्रो पटक ऋणि कोइरिनको श्रीमान् गगनदेव महतो कोइरीको नाममा ८ लाख रुपैयाँ कर्जा लिएको कागजात बनाए । मण्डलले नवीकरणको कागज रहेको भनेर ४० लाख कर्जा दिएको कागजात बनाउन सफल भए । त्यस पश्चात ऋणिले सहकारीलाई पटक पटक गरि ४० लाख भन्दा बढि रकम बुझाए तर अहिलेपनि उनको र उनका श्रीमान्को नाममा २९ लाख कर्जा रहेको पीडितका छोरा श्याम कुशवाहाले गुनासो गरे । ऋण वापतको रकम बुझाउँदा बुझाउँदै पनि सहकारीले आफ्नो आमाको नामको घर सहितको जग्गा लिलामी प्रक्रियामा अगाडि बढाएको स्थानीय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार थाहा पाए ।

पहिलो पटक २०७४ सालमा ८ लाख कर्जा दिदा सँस्थाले ऋणिसँग गराएको १५ लाखको कागजात ।

त्यस लगत्तै तत्काल ऋणिका छोरा श्याम कुशवाहाले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजबाट निषेधाज्ञा जारी गराए । उच्च अदालतबाट जारी भएको निषेधाज्ञा बुझाउन कार्यालयमा पुगेपछि अध्यक्ष मण्डलले कागजात बुझ्न मानेनन् । विगत ६ महिनादेखि सहकारी सँस्था दैनिक रुपमा संचालनमा छैन । त्यहाँ कार्यरत कर्मचारीहरु पनि छाडी सकेका छन् । त्यसमा बचत जम्मा गरेका बचतकर्ताहरुको रकम पनि डुब्ने अवस्थामा छ । त्यसको साथसाथै अध्यक्ष मण्डलले सहकारी सँस्थामा धितो स्वरुप राखिएको जग्गा सहितको सम्पत्ति लिएर फरार हुने तरखरमा रहेको पीडितको भनाई छ । कर्जा वापतको रकम भन्दा ५ गुणा बढि रकम तिरिसक्दा पनि आफ्नो जग्गा फिर्ता नआएपछि ऋणिका छोरा कुशवाहा सहितका परिवार न्यायको खोजीमा सहकारी सँस्था, मालपोत कार्यालय, वडा कार्यालयदेखि अदालतसम्म धाई रहेका छन् तर उनको सम्पत्ति फिर्ता हुन सकि रहेको छैन ।

अध्यक्ष मण्डल आफै फरार अवस्थामा छन् । कार्यालयमा कहिलेपनि जाँदैनन्, कार्यालयसँग असम्बन्धित एकजना युवकलाई कार्यालयमा राखेर पैसा असुलेर भाग्ने तरखरमा रहेका छन् । उच्च अदालतले जारी गरेको निषेधाज्ञा पत्र हुलाक कार्यालय मार्फत पठाउँदा पनि सहकारी सँस्थाले त्यो पत्र बुझ्न मानेका छैनन् । उच्च अदालतले जारी गरेको निषेधाज्ञामा विराटलक्ष्मी बचत तथा ऋण सहकारी सँस्थालाई विपक्षी बनाई निषेधाज्ञा आदेश किन जारी हुनु नपर्ने हो ? सबुत प्रमाण सहित १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर अध्यक्ष मण्डलले त्यो निषेधाज्ञा पत्र बुझ्न मानेका छैनन् । अदालतको कर्मचारीले लिएर आए मात्रै कागजात बुझ्ने अध्यक्ष मण्डल बताउँछन् । प्रभा देवी कोइरिनको जग्गा लिलामी प्रक्रिया पुरा भइसकेकोले कागजात लिन नसकिने उनको भनाई छ ।

दोश्रो पटक कर्जा नै नदिई १८ लाखको कागजात बनाएपछि कर्जा बुझाउनका लागि सँस्थाले आफै पठाएको कागजात । कर्जा नवीकरणको नाममा अध्यक्ष मण्डलले कार्यालयभित्रै ऋणिसँग १८ लाखको कागजात बनाएका छन् तर त्यो कागजात ऋणिलाई फेला परेको छैन, सँस्थाले १८ लाख कर्जा असुलीको लागि जारी गरेको पत्र ।

तर लिलामी प्रक्रिया भने अहिलेसम्म भएको छैन । सहकारी सँस्थाले नै भदौ १४ गते स्थानीय जनभण्डाफोर दैनिक पत्रिकामा लिलामीको लागि सूचना प्रकाशित गरेको छ र त्यसमा लिलामी हुने स्थान सहकारी सँस्थाको कार्यालय लेखिएको छ तर सँस्थामा कसैको उपस्थिति छैन । मण्डलसँग यस घटनाबारे बुझ्दा फरक फरक जवाफ दिइरहेका छन् । ऋणिको नाममा एउटा मात्रै कर्जा रहेको बताउँछन् तर उनको सँस्थाको कागजातले नै ऋणि प्रभा देवीको नाममा १५ लाख र १८ लाख गरि दुईवटा कर्जा रहेको देखाई रहेको छ । मण्डलको जवाफले नै उनको फर्जी कार्यलाई छर्लङ्ग बनाई रहेको छ । मण्डलले कहिले धितो जग्गाको लिलामी प्रक्रिया पुरा भइसकेको बताइरहेका छन् त कहिले पैसा बुझाए लिलामी प्रक्रिया रोकिने जवाफ दिइरहेका छन् ।

मण्डलको ठगी धन्दा बचतकर्ताहरुले थाहा पाएपछि उनी कार्यालयबाट सम्पर्कविहीन बनेका छन् । कार्यालयमा एक युवकको साहाराले को व्यक्ति आए ? के गर्न आए ? जानकारी लिएर फोनबाट कुरा गर्ने गरेका छन् । कार्यालयमा कुनै कर्मचारी नभएपछि बचतकर्ताहरु पनि आफ्नो बचतको पैसा लिन पाएका छैनन् । हजारांैं बचतकर्ताहरुको रकम सँस्थामा डुबेको बराबर छ । सँस्थाको कार्यालय महिनामा एक दुई दिन खुल्छ तर त्यसमा कर्मचारी हुँदैन । आर्थिक कारोबार हुँदैन । कर्जा वापतको पैसा बुझाउनु छ भने अध्यक्षको निजी खातामा पैसा मगाउने गरेका छन् तर बचतकर्ताले पैसा लिन आउँदा सँस्थाको आधिकारिक व्यक्ति नभएको भनेर फर्काउने गरेका छन् । मण्डलको चतुर बुद्धिले ऋणिको साथसाथै बचतकर्ताहरु मारमा परेका छन् । मण्डल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पटक पटक उजुरी परेको छ तर उनी पैसाको आडमा उम्किँदै आएका छन् ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले जारी गरेको निषेधाज्ञा पत्र ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

जेष्ठ १५, २०८३
हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

जेष्ठ १५, २०८३
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्‌नै भवनको शिलान्यास

जेष्ठ १५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि