Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेरुडे मिर्मिरे लघुवित्तको दोहोरो नीति, मिर्मिरेको इसारामा नेरुडेको कर्मचारीप्रति सौतेनी व्यवहार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०८१
नेरुडे मिर्मिरे लघुवित्तको दोहोरो नीति, मिर्मिरेको इसारामा नेरुडेको कर्मचारीप्रति सौतेनी व्यवहार

वीरगंज (पर्सा), ८ असोज । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय सँस्थामा राजनीतिकरण मौलाएको छ । विपन्न वर्गमा वित्तिय सेवा उपलब्ध गराउन स्थापना भएको यस सँस्था राजनीतिकरणको सिकार बनेको छ । तत्कालीन नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त सँस्था एक आपसमा गाभी संचालनमा आएदेखि नै यो सँस्थामा विवाद चुलिएको छ । तत्कालीन दुबै सँस्थाका कर्मचारी संगठनहरु आआफ्नो माग राख्दै आएकोमा मिर्मिरे पट्टिका कर्मचारीहरुको बद्मासीको कारण यो सँस्थामा अहिले भाँडभैलो मच्चिएको छ । विगत एक महिनादेखि यस सँस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएको र एक हप्तादेखि प्रदेशक कार्यालय तथा कलष्टर कार्यालयहरुमा ताला लागेको छ, जसको कारण सेवाहरु पूणर् रुपमा प्रभावित बनेको छ ।

साबिक नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभी (मर्जर) भई २०८०/११/३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामवाट एकीकृत कारोवार शुरु भएको ३ महिना नवित्दै तत्कालीन मिर्मिरे लघुवित्तका कर्मचारी एवं युनियनको कारण सँस्थामा भाँडभैलो मच्चिएको हो । एकिकृत कारोबार शुरु भएको ५ महिना नबित्दै साबिक मिर्मिरे लघुवित्त वित्तीय सँस्थाका कर्मचारीहरु मिर्मिरे लघुवित्त कर्मचारी संगठनको आडमा बाह्य तत्वलाई प्रयोग गरि सिंगै नेरुडे मिर्मिरे लघुवित्त सँस्थामा भाँडभैलो मच्चाएको कारण सँस्थाको कामकाज प्रभावित हुनुका साथै सेवाग्राही मर्कामा परेका छन् ।

तत्कालीन नेरुडे पट्टिका कर्मचारीहरु आफ्नो हकहितको लागि आन्दोलन गर्दै आएकोमा मिर्मिरे पट्टिका कर्मचारीहरुले समर्थन जनाई आफ्नो स्वार्थ पुरा गरि सुचारु आन्दोलनलाई भाँडभैलो गर्ने प्रयास गरेको पाइएको छ । नेरुडे पट्टिका कर्मचारीहरुले आफ्नो माग राखी शान्तिपूर्वक आन्दोलन गर्दा सँस्थाले कारवाहीको लागि पत्र काट्ने तर त्यही मिर्मिरे पट्टिका कर्मचारीहरुले केन्द्रिय कार्यालयका एच.आर. प्रमुखलाई हातपात गर्दा, दुव्र्यवहार गर्दा समेत कुनै किसिमको कारवाही नगर्नुले सँस्थाले नेरुडे पट्टिका कर्मचारीहरुप्रति सौतेनी व्यवहार गर्ने गरेको पुष्टि हुन्छ ।

दुईवटा लघुवित्त एक आपसमा गाभिएर कारोबार शुरु गरेतापनि नेरुडे र मिर्मिरे लघुवित्तका कर्मचारीहरु दुई भागमा बाँडिएका छन् । मिर्मिरेका कर्मचारीहरुको दादागिरी, गुण्डागर्दी बढ्दै गएपछि नेरुडेका कर्मचारीहरु पनि एकत्रित भएर विरोधको सामना गर्ने चेतावनी दिएपछि उनीहरुको मागप्रति समर्थन जनाएका थिए । तत्कालीन दुबै सँस्थाका कर्मचारी संगठनहरुको विवाद बढ्दै गएपछि नेरुडे लघुवित्त वित्तीय सँस्थाले यही भदौ २० गते दुबै पक्षका कर्मचारीहरुलाई वर्ताको लागि पत्र काटेको थियो । दुबै पट्टिका कर्मचारी सँगठनहरुको रोहबरमा भदौ २८ गतेदेखि ३१ गतेसम्म सँस्थाको केन्द्रिय कार्यालयमा वार्ता चलेपनि निश्कर्षबिना बार्ता टुंगिएको थियो ।

तबसम्म बीचमै संचालक समितिको अध्यक्षमा तत्कालीन मिर्मिरे लघुवित्तका पूर्व अध्यक्ष टेक बहादुर बोहरा चयन भए लगत्तै उनको निर्देशनमा मिर्मिरेका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका थिए । जसले मिर्मिरे पट्टिका कर्मचारी आफ्नो माग भन्दा पनि बोहरलाई संचालक समितिको अध्यक्ष बनाउन षडयन्त्र रचेको पुष्टि हुन्छ । त्यस लगत्तै अध्यक्ष बोहराको निर्देशमा आन्दोलन नै फिर्ता भएको भनेर भ्रामक समाचारहरु प्रकाशन गर्न लगाइयो । जबकी नेरुडे पट्टिका कर्मचारीहरु अहिले पनि आन्दोलनमा छन् । बोहरा संचालक समितिको अध्यक्षमा चयन भए लगत्तै वैदेशिक भ्रमणमा निस्किए, जबकी सँस्थाको विवाद साम्य पार्ने उनको पहिलो दायित्व थियो तर उनी आफ्नो दायित्वबाट पञ्छिदै नेरुडे पट्टिका कर्मचारीहरुको आन्दोलनलाई वेवास्ता गर्दै वैदेशिक भ्रमणमा निस्किए ।

बोहरा सँस्था मर्जर (गाभिनु) भन्दा अगाडि मिर्मिरे लघुवित्तका संचालक समिति अध्यक्ष थिए र सँस्थामा नीतिगत भ्रष्टाचार गरेको आरोप लागेपछि संचालक समितिको अध्यक्ष पद खारेज भएको थियो । सँस्थाको पैसा लगानी गरेर कर्मचारीहरु मार्फत सर्वसाधारणलाई ट्याक्टर किन्न लगाउने र त्यसमा नीतिगत भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको थियो । सँस्थामा उनी विरुद्ध मुद्दा परेपछि उनको पद खारेज भएको थियो । त्यस पश्चात नेपाल राष्ट्र बैंक मार्फत मुद्दा जितेर पुनः संचालक समितिको अध्यक्षमा चयन भएका हुन् । उनी अध्यक्ष बनेलगत्तै मिर्मिरे पट्टिका कर्मचारीहरु आन्दोलन स्थगित गर्नुले सँस्थामा भाँडभैलो मच्चाएर आफू संचालक समितिको अध्यक्ष बन्ने बोहराको पूर्व योजना रहेको पुष्टि हुन्छ ।

सँस्थामा विवादको कारण असोज ६ गतेदेखि प्रदेश तथा कलष्टर कार्यालयहरु पूणर् रुपमा बन्द छ । नेरुडे पट्टिका कर्मचारीहरु केन्द्रिय कार्यालयमा धर्नामा छन् । उनीहरुको मागलाई सँस्थाले वेवास्ता गर्दै आफ्नो काममा फर्किन पत्र जारी गरिसकेको छ । मिर्मिरे पट्टिका कर्मचारीहरुले केन्द्रिय कार्यालयका कर्मचारीमाथि हातपात, दुव्र्यवहार गर्दा समेत केन्द्रिय कार्यालयले केही नगरेको तर नेरुडेका कर्मचारीले शान्तिपूर्वक आन्दोलन गर्दा केन्द्रिय कार्यालयले स्पष्टिकरणको लागि पत्र काट्ने तथा कारवाहीको लागि पत्र काट्ने काम गर्दै आएको छ ।

यो भन्दा अघि नेरुडे र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार शुरु भएसँगै नेरुडे पट्टिका कर्मचारीहरुले ग्रेड वृद्धिको माग गर्दै ९ दिने आन्दोलन गर्दा ९४ जना शाखा प्रमुखलाई स्पष्टिकरण सोधिएको थियो । त्यस बखत मिर्मिरे पट्टिका कर्मचारी बीर्ख बहादुर बोहरा केन्द्रिय कार्यालयमा एच.आर. प्रमुख हुँदा नेरुडेका कर्मचारीहरु आन्दोलन गरेर कामकाज प्रभावित बनाएको भन्दै ९४ जना शाखा प्रमुखलाई स्पष्टिकरण सोधिएको थियो तर हाल नेरुडेको कर्मचारी एच.आर. प्रमुख हुँदा मिर्मिरेको कर्मचारीहरुले गालीगलौज सहित हातपात नै गरेका छन् तर सँस्थाले उनीहरुलाई कारवाही भन्दा पनि कर्मचारीहरुको मागलाई दबाउने काम गर्दै आएको छ ।

नेरुडे पट्टिका कर्मचारीहरुको माग सम्बोधन भएन भने राष्ट्र बैंक तथा श्रम कार्यालय मार्फत मुद्दा प्रक्रियामा गई आफ्नो माग पुरा गराउने बैंक तथा वित्तिय कर्मचारी संगठन नेरुडेका अध्यक्ष रामप्रसाद ढुँगानाले चेतावनी समेत दिएका छन् । सँस्थाले नेरुडे पट्टिका कर्मचारीहरुप्रति सौतेनी व्यवहार गर्ने गरेको कारण मिर्मिरे पट्टिका कर्मचारीहरुको मनोबल झन बढ्दै गएको छ । एच.आर. (प्रशासन प्रमुख) लाई हातपात गर्दा पनि युनियनको आडमा कारवाहीबाट उम्किएका मिर्मिरे पट्टिका कर्मचारीहरु भोलिका दिनमा सँस्थामा दादागिरी नगर्ला भन्ने भन्न सकिने अवस्था छैन । सँस्थाले दुबै कर्मचारी युनियनलाई समान व्यवहार गरि दुबै पट्टिका कर्मचारी युनियनको मागलाई सम्बोधन गर्नुपर्नेमा सँस्थाले मिर्मिरे पट्टिका युनियनको कब्जामा पार्ने काम भइरहेको कारण आगामी दिनमा सँस्थाप्रति सर्वसाधारणहरुको विश्वास गुम्ने अवस्था देखिन्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि