Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छिपहरमाई गाउँपालिकामा गुण्डागर्दी, सूचना माग गर्दा दुर्ब्यवहार, आयाेगकाे निर्देशन समेत टेरेनन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ७, २०८१
छिपहरमाई गाउँपालिकामा गुण्डागर्दी, सूचना माग गर्दा दुर्ब्यवहार, आयाेगकाे निर्देशन समेत टेरेनन्

वीरगंज (पर्सा), ७ असोज । पर्साकाे छिपहरमाई गाउँपालिकामा सूचना माग्न पुगेका संचारकर्मीसंग दुर्ब्यवहार भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे कार्यालय भिस्वामा आइतबार सूचना माग्न गएका वीरगंज एक्सप्रेस अनलाइनका धर्मेन्द्र प्रसाद यादवसंग दुर्ब्यवहार भएकाे हाे । छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहीया निवासी यादवले ६ महिना पहिला माग गरेकाे सूचना गाउँपालिका कार्यालयले हाल सम्म उपलब्ध गराएकाे छैन । उनले पहिलाे पटक २०८० पुस २६ गते गाउँपालिका कार्यालय मै गएर विभिन्न किसिमकाे सूचनाहरु माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यसपछि पनि अर्काे सूचना उनले २०८१ जेठ ७ गते गाउँपालिका कार्यालयसंग लिखित रुपमै माग गरेका थिए ।

त्याे दुबै सूचना गाउँपालिका कार्यालयले उनलाई उपलब्ध नगराएपछि फेरी त्यही सूचना उनले मिति २०८१ असार २ गते हुलाक मार्फत गाउँपालिकासंग माग गरेका थिए । बारम्बार उनले गाउँपालिकासंग समाजिक विकास निर्माण लगायतका ८ वटा सूचना माग गर्दा महिनाै सम्म उपलब्ध नगराएपछि फेरी उनी सूचना उपलब्ध गराइदिन भन्दै सूचना आयाेगलाई गुहारेका थिए । उनले बारम्बार छिपहरमाई गाउँपालिकासंग विभिन्न किसिमकाे सूचना माग गर्दा गाउँपालिका उपलब्ध नगराएकाे भन्दै मिति २०८१ साउन ३१ गते राष्ट्रिय सूचना आयाेगमा निवेदन दिएका थिए ।

त्यँही निवेदनकाे आधारमा छिपहरमाई गाउँपालिकालाई धर्मेन्द्र यादवले माग गरेकाे सूचना उपलब्ध गराइदिन सूचना आयाेगले निर्देशन दिएकाे थियाे । सूचना आयाेगले समेत सूचना उपलब्ध गराइदिन मिति २०८१ भदाै ७ गते गाउँपालिकालाई निर्देशनात्मक आदेश दिदा समेत हाल सम्म गाउँपालिकाले सूचना उपलब्ध नगराएकाे यादवले गुनासाे गरेका छन् । साेही निर्देशनकाे पत्र समेत लिएर दाेस्राे पटक गाउँपालिका कार्यालयमा पुगेका यादवसंग गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले गाउँपालिका प्रहरी लगाएर दुर्ब्यवहार गराएका हुन् । गाउँपालिका अध्यक्ष गुप्ता कै निर्देशनमा आफुसंग दुर्ब्यवहार भएकाे उनले आराेप लगाएका छन् ।

उनले आइतबार कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीसंग सूचना उपलब्ध गराइदिन आफुले भनिरहँदा कै समयमा एक जना गाउँपालिका प्रहरीले आएर काेठा बाहिर निकाले वताए । सूचनाकाे हक अनुसार नै आफुले लामाे समयदेखि माग गरेकाे सूचना गाउँपालिका अध्यक्ष कै निर्देशनमा आफुलाई उपलध नगराइएकाे उनले वताए ।

यसैगरी छिपहरमाई गाउँपालिकाकी उपाध्यक्ष लिलावती देवीले समेत माग गरेकाे सूचना गाउँपालिका अध्यक्ष कै निर्देशनमा प्रमुख प्रशासकिय अधिकृतले उपलब्ध गराएका छैनन् । गाउँ सभा र कार्यपालिका बैठकमा भएको निर्णयकाे प्रमाणित प्रतिलिपी जनप्रतिनिधिले माग गर्दा समेत उलब्ध नगराउनुले गाउँपालिकामा भएकाे गैर कानुनी, नियम विपरितकाे कामकाे भण्डाफाेर हुने डर रहेकाे स्थानियहरुकाे भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि