Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कृषि औजार कारखाना संचालनको लागि सहरको चौक चौराहामा पुस्तक बेच्दै महावीर पुन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २५, २०८१
कृषि औजार कारखाना संचालनको लागि सहरको चौक चौराहामा पुस्तक बेच्दै महावीर पुन

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २५ भदौ । विगत दुई दशकदेखि बन्द रहेको वीरगंजस्थित कृषि औजार कारखानालाई पुनः संचालनमा ल्याउन राष्ट्रिय अविष्कार केन्द्र अहोरात्र खटि रहेको छ । कारखानालाई पुनः संचालनको लागि राज्यले कुनै किसिमको सहयोग नगरेपछि केन्द्रका सँस्थापक महावीर पुन आफै देशभरि आफूद्वारा रचित पुस्तक विक्री गरेर आर्थिक सहयोग जुटाउनमा लागि परेका हुन् । पुनः अहिले आफ्नो जीवनीमा आधारित कृति पुस्तक विक्री गर्न देशदौडाहमा छन् । पुस्तक विक्री गरेर कारखाना संचालनका लागि आर्थिक सहयोग जुटाउन उनी यतिबेला वीरगंजको चोक चौराहामा पुगेर पुस्तक विक्री गरि रहेका छन् ।

करिब ३ लाख पुस्तक विक्री गरेर संकलित रकमबाट कृषि औजार कारखानालाईृ आवश्यक पर्ने मेसिनहरु खरिद गर्ने उनको लक्ष्य छ । उनले हालसम्म डेढ लाख भन्दा बढि पुस्तक विक्री गरेर साढे ९ करोड रुपैयाँ संकलन गरिसकेका छन् भने २० करोड रकम जुटाउने उनको लक्ष्य छ । २०७९ असोज ११ गते अर्थ मन्त्रालय र महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबीच कारखाना संचालन हुने सम्झौता भएको थियो तर सम्झौता अनुसार राज्यले कुनै सहयोग नगरेपछि उनी सहयोग जुटाउन पुस्तक विक्री गरि रहेका छन् । यद्यपि कृषि औजार कारखाना संचालन गरेरै छाड्ने उनले अठोट लिएका छन् ।

पुस्तकबाट संकलित रकमबाट कारखानालाई आवश्यक पर्ने मसिनहरु यसैवष भित्र खरिद गर्ने उनको योजना छ । करिब ११ महिनाको सरसफाई र मेसिनहरुको मर्मत सम्भारपछि अहिले वीरगंजको कृषि औजार कारखानामा पराल काट्ने मेसिन, धान काट्ने मेसिन, दाना बनाउने मेसिन, धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, आलु गोड्ने, साना ट्याक्टरमा राख्ने कल्टिभेटर लगायत विभिन्न किसिममा कृषि औजार उत्पादन गरि रहेको छ । हाल ति औजारहरुको परीक्षण भइरहेको छ । अबको ५/६ महिना पश्चात कारखाना पूणर् रुपमा संचालनमा आउने पुनको दाबी छ ।

कृषि औजार कारखानामा ससाना किसानहलाई लक्षित गरि कृषि उपकरणहरु उत्पादन गरिनेछ । ठूल्ठूला उपकरणहरु लागि ठूलै लगानीको आवश्यक पर्ने र हाललाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सम्भव नरहेकोले सस्तो मूल्यमा गुणस्तर र आयातित उपकरणहरुलाई विस्तापित गर्न सक्ने उपकरणहरु उत्पादनमा केन्द्रित रहेको राष्ट्रिय आविस्कार केन्द्रले जनाएको  छ ।

पूर्व राजा स्वर्गीय महेन्द्रले तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा वि.स २०२४ साल फागुन २८ गते वीरगंजमा कृषि औजार कारखानाको स्थापना गरेका थिए । वार्षिक ११ करोड रुपैयाँसम्मको कारोबार हुने गरेको कारखाना २०४६ सालको राजनीतिक परिवर्तन पछि थला परेको थियो । अन्त्यमा २०५९ साल चैत ४ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बन्द गर्ने निणर्य गरेको थियो ।

अहिले वीरगंजस्थित कृषि औजार कारखाना पुनः संचालनमा आउने आशा वीरगंजबासीमा पलाएको छ । करिब २ दशकदेखि बन्द रहेको कारखाना पुन संचालनको दायित्व केवल महावीर पुनको मात्र नभई हामी सबैको जिम्मेवारी हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि