Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भिस्वा निवासी रमेश महतोको बद्मासी, जग्गा नामसारी गराईदिने भन्दै स्थानीयसँग करोडौं ठगी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०८१
भिस्वा निवासी रमेश महतोको बद्मासी, जग्गा नामसारी गराईदिने भन्दै स्थानीयसँग करोडौं ठगी

वीरगंज (पर्सा), २३ भदौ । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी रमेश महतोले स्थानियहरुसँग करोडौ रकम ठगी गरेको खुलासा भएको छ । झण्डै एक दर्जन स्थानियहरुलाई जग्गा नामसारी गराईदिने झासा दिएर महतोले आफ्ना साथी प्रमोद पाण्डेसँग मिली सो रकम ठगी गरेकाे आराेप लागेकाे छ ।

वीरगंजका एक चिर्चित व्यक्तिको नाममा रहेको जग्गा स्थानियहरुलाई खरिद बिक्री गराई दिने प्रपंच रची धोकाधडी गरी रकम ठगी गरेको स्थानियहरुले आरोप लगाएका छन् । पर्साको धोविनी गाउँपालिकास्थित भेडिहारी, गदियानी, तिनडोविया, रबिदास र मुर्ली लगायतको टोलमा रहेको जग्गाहरुलाई जग्गा धनीसँग कुरा मिलाई दिएको तथा पैसा दिएको केहि दिन भित्र नामसारी गराई दिने भन्दै महताले स्थानियहरुसँग रकम कलेक्शन गरेका हुन् ।

आफु जग्गाधनीको विश्वासपात्र भएको दावी गर्दै आएका महतो ठग रहेको थाहा पाएपछि स्थानियहरु न्यायका लागि गुहार गरेका छन् । जग्गा खरिद गर्नका लागि स्थानियहरुले रकम दिएको ५ देखि ६ बर्ष सम्म भइसक्दा समेत हाल सम्म जग्गा नामसारी नभएपछि उनी ठग दलाल रहेको भन्दै न्यायका लागि स्थानियहरुले छिपहरमाई गाउँपालिकाको न्याय समितिमा उजुरी दिएका छन् । छिपहरमाई गाउँपालिकाका वासदेव राउत, अविका महतो, इद्रिस मिया, अशोक पटेल, नन्दु साह, बिनोद कमर्कड, राजकुमार गुप्ता लगायतका व्यक्तिहरुसँग बैना बापत नगद तथा चेक मार्फत पैसा लिएको बर्षौ बर्ष बित्दा समेत जग्गा नपाएपछि स्थानियहरु बिचल्लीमा परेका छन् ।

त्यती मात्र नभई छिपहरमाई गाउँपालिकाका निवासी सुरेन्द्र शर्माले १० बिगहा जग्गा खदिर गराई दिने भन्दै महताले १ करोड ४० रुपैया लिएको दावी गरेका छन् । समयमा जग्गा नामसारी नहुने देखेपछि पैसा फिर्ताका लागी ताकेता गर्दा महतोले चेक दिएको तथा पटक पटक बैंक पुग्दा चेक वाउन्स भएको शर्माले बताए । उनले महतो नटवरलाल भएको तथा आफु सहित निमुका गरिब मजदुरी गरी खानेहरुको रकम दमपंच गर्न पछिल्लो समय अनेकन तिकडिम अपनाई रहेको बताए । उनले दिएको चेक साटन पटक पटक बैंक धाएको तथा हरेक पटक चेक वाउन्स भएको शर्माले बताए । त्यता ठगलाई कारवाहीका लागि आफु सम्मानित पर्सा जिल्ला अदालतसम्म पुगेको तथा न्याय पाउँनेमा आफु आशावादी रहेको शर्माले बताए ।

तर पछिल्लो समय उनले गुण्डा र दलालहरुको प्रयोग गरी पैसा नलिएको भन्दै अनेक किसिमका धाकधम्की दिदै आएको शर्माको भनाई छ । छिपहरमाई गाउँपालिकाकै अविका महतोले जग्गाको मोल फाइनल भइसक्दा समेत पटक पटक जग्गाधनीका बिश्वास पात्र प्रमोद पाण्डेसँग मिलेर दलाली खानको लागि जग्गाको दाम बढाएको तथा बैनाको पैसा फर्काउनु छ भन्दै जग्गाधनीसँग समेत महतो पैसा ठगेको बताए । उनले आफुहरु सह्रै अन्यायमा परेको भन्दै गाउँपालिकादेखि प्रहरी प्रशासन सम्म हार गुहार गरी रहेको दुखेसो पोखे ।

न्यायका लागि स्थानियहरुले सयुक्तरुपमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् भने जिल्ला प्रहरी कार्यालय पर्सामा पनि उजुरी दिने तयारी गरेका छन् । काज किर्ते गरेको तथा रकम ठगी गरेको भन्दै महतो र पाण्डेमाथी हदैसम्मको कारवाही गर्नु पर्ने स्थानियहरुको माग छ । कुरा मिलाउँन उनीहरुले स्थानियहरुलाई एक/एक गरी बोलाउँने गरेको तथा बिभिन्न किसिमका प्रलोभन समेत दिने गरेका छन् ।

सो सम्बन्धमा छिपहरमाई गाउँपालिकाका न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष ललिता देवीसँग बुझदा गाउँपालिकामा ५/६ जनाले उजुरी दिएको बताइन् । रकम लिएर जग्गा नामसारी नभएको भन्दै स्थानियहरुले प्रमोद पाण्डे र रमेश महतोमाथी ठगी गरेको वारे उजुरी आएको उपाध्यक्ष देवीले बताइन् ।

उनले सो सम्बन्धमा उनीहरुलाई उपस्थितका चिठी काटिएको भएपनि उपस्थित नभएको बताइन् । दुवै पक्षको कुरा सुनेपछि मात्र दोषीको हो ? यकिन हुने तथा पिडित पक्षले न्याय पाउँनेमा आफु आशावादी रहेको उपाध्यक्ष देवीको भनाई छ । पैसा लिए बापत रमेश महतो र प्रमोद पाण्डेले प्रमाणको लागि स्थानियहरुलाई भरपाई तथा चेक दिएका थिए । स्थानियहरुसँग चेक तथा भरपाई सुरक्षित रहेको छ ।

यता रमेश महतोले आफु निर्दोष रहेको तथा आफु पैसा नलिएको वताउँदै सबै पैसा प्रमोद पाण्डेले लिएको र उनले नै सबैलाई भरपाई दिएको दावी गरे । पाण्डेले मलाई समेत ठगेको उनको भनाई छ । चेक वाउन्सको सन्दर्भमा भने आफुले कसैसँग पैसा नलिएको तथा चेक समेत नदिएको महतोको दावी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

कार्तिक २१, २०८३
एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३
तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि