Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा स्थापना भएको न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालयको मुख्यमन्त्रीद्वारा उद्घाटन

यस टेलिभिजन आवाजविहीनहरुको आवाज बन्न सहोस् : मुख्यमन्त्री सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २०, २०८१
वीरगंजमा स्थापना भएको न्यूज २४ टेलिभिजनको प्रादेशिक कार्यालयको मुख्यमन्त्रीद्वारा उद्घाटन

वीरगंज (पर्सा), २० भदौ । नेपाल ब्रोडकास्टिङ्ग च्यानल लि. द्वारा संचालित न्यूज २४ टेलिभिजनको प्रादेशिक व्यूरो कार्यालय वीरगंजमा संचालनमा आएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको उत्तरपट्टि संचालनमा आएको उक्त टेलिभिजनको मधेश प्रदेश व्यूरो कार्यालयलाई बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेका छन् ।

कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री सिंहले यस टेलिभिजनले आवाजविहीनहरुको लागि आवाज बन्न सहोस्, जतिपनि अप्ठ्यारा कुराहरुको उजागर गर्न यस टेलिभिजनको भूमिका महत्वपूणर् होस् भन्ने शुभकामना सहित कार्यालय संचालनको उत्तरोतर प्रगतिको कामना गरेका छन् । उनले केन्द्र सरकारले मधेश प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल उपस्थित नभएको पत्रकार दिपेन्द्र चौहानले उठाएको जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री सिंहले अधिकार प्राप्त नरको विषयमा टाउको दुखाई गरिरहनु नपर्ने स्पष्ट पारे । केन्द्र सरकारले ७ वर्षसम्म प्रहरी प्रशासन समायोजन नगरेको कारण प्रमुख जिल्ला अधिकारी प्रदेश सरकारको अधिकारक्षेत्र भित्र नपर्ने भन्दै त्यो विषयमा टिकाटिप्पणी गरिरहनु नपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले आउने आर्थिक वर्षमा मधेशका ८ वटै जिल्लाका पत्रकारहरुको लागि १ लाखको स्वास्थ्यबीमा र ७ लाखको दुर्घटना बीमाको व्यवस्था गर्ने जानकारी दिए । अध्ययन गर्ने पत्रकारहरुको लागि छात्रवृत्ति समेतको व्यवस्था गरिएको उनले बताए ।

वीरगंज लगायत मधेश प्रदेशका आठवटै जिल्लाहरुमा आर्थिक एवं पर्यटकीय सम्भावना थुप्रै रहेकोले यस प्रदेशमा आर्थिक क्रान्ति एवं पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्नेबारे सम्बन्धित निकाय उद्योग वाणिज्य संघ एवं सरोकारवालाहरुसँग निरन्तर छलफल चलिरहेको जानकारी दिए । उनले मधेश सरकार जहिलेपनि संघीयताको लागि लडि रहेको भन्दै मधेश प्रदेशमा संघीयताको बढि अनुभूति रहेको बताए ।

कार्यक्रममा सहभागी वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले उद्योगी व्यवसायीहरुको समस्या सहित अन्य विषयमा यस टेलिभिजनको बहुमुल्य योगदान रहेको बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले देशमा संचालित टेलिभिजनहरुमा नकारात्मक विषयहरुले मात्रै ठाउँ पाउने गरेको तर यस टेलिभिजनमा सकारात्मक विषयहरु पनि ठाउँ पाउने गरेको बताए । यस्तै कार्यक्रममा मधेश प्रदेशका उप-कुलपति डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतले आआफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै न्यूज २४ टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठले वीरगंजबाट ४ वटा कार्यक्रमहरु संचालन गरिने जानकारी दिए । उनले यस टेलिभिजनको व्यूरो कार्यालय वीरगंजमा संचालन भएसँगै ‘पर्यटन, शिक्षा, प्रदेश संवाद एवं आर्थिक’ विषयमा ४ वटा कार्यक्रमहरु संचालन गरिने जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ उद्योगपति एवं समाजसेवी मुर्लीधर रुङ्गटा, सुरेश रुङ्गटा, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका माधव राजपाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह, प्रहरी निरीक्षक पुष्कर बोगटी लगायत उद्योगी, व्यापारी, समाजसेवी एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि