Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

व्यापारीहरुमा आतँक फैलाएको गुनासो बढेपछि सरुवा गरिएका अधिकृत भण्डारी शक्तिकेन्द्र धाउँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १५, २०८१
व्यापारीहरुमा आतँक फैलाएको गुनासो बढेपछि सरुवा गरिएका अधिकृत भण्डारी शक्तिकेन्द्र धाउँदै

वीरगंज (पर्सा), १५ भदौ । प्रशासन समूह तर्फ जागिरमा प्रवेश गरेर राजस्व सेवा समूहमा आएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत एक कर्मचारीको आतँक बढेपछि मन्त्रालयले उनको सरुवा गरेको छ । वीरगंज पथलैया औद्योगिक कोरिडोर क्षेत्रका उद्योगी व्यापारीहरुमा ति कर्मचारीले फैलाएको आतँकपूणर् गतिविधिका गुनासाहरु बढ्दै गएपछि सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा गरेको हो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत शाखा अधिकृत रेशम भण्डारीलाई संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले भदौ १४ गते सरुवा गरेपछि अधिकृत भण्डारीले राजस्व अनुसन्धान कार्यालय पथलैयामै कायम रहन शक्ति केन्द्रमा धाउन थालेका छन् । भण्डारी राजस्व अनुसन्धान कार्यालय पथलैयामा आएदेखि नै उद्योगी व्यवसायीहरुमा त्रास फैलाएर तस्करहरूलाई संरक्षण गरिरहेको घटनाहरु बाहिरिएको थियो ।

सोही क्रममा भण्डारी र नासु आमिर दाहालले २०८० चैत्र ८ गते वीरगंजका चर्चित उद्योगी भिखम चन्द अग्रवालको स्वामित्वमा रहेको मुक्ति आयल, मुक्ति दाल मिल र मुक्ति राइसमा छापामारी गर्दा तीन वटै फर्मको खातावही लगायतका कागजातहरू एकै ठाउँबाट नियन्त्रणमा लिएर गएपनि व्यापारी अग्रवाल सँग सेटिंग गरि तत्काल दुई वटा फर्मको कागजातहरू फिर्ता गरेका थिए भने अर्को फर्ममा पनि कैफियत नदेखाएको राजस्व अनुसन्धान श्रोतबाट बुझिन आएको छ ।

त्यसैगरी हालै नेपालको प्रतिष्ठित उद्योग हिमाल स्टीलमा पनि भण्डारी र दाहालले छापामारी गरि कागज़ पत्र नियन्त्रणमा लिई बार्गेनिङ गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ । त्यसैगरिले नियन्त्रणमा लिएका कतिपय गाडीहरूको दर्ता नै नगरी सेटिंग गरेर छाड्ने गरेको प्रमाण सार्वजनिक भएको थियो । यति मात्र नभई भण्डारीले रात्री गस्तीको नाममा समेत आतँक फैलाइरहेको ट्रांसपोर्ट व्यवसायीहरूले गुनासो गरेका छन् ।

भण्डारीले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत विभिन्न जिल्लाबाट आउने मालबाहक गाडीलाई रात्री गस्तीको नाममा अमलेखगंजमा चेक जाँचको बहानामा रोक्ने जसमध्ये तस्करी र कैफियत देखिएकाहरूबाट तुरुन्त पैसा लिएर छाड्ने र बिना कैफियतका गाडीहरूलाई नियन्त्रणमा लिएर दुःख दिने गरेको गुनासा सुनिँदै आएको छ । भण्डारीले नियन्त्रणमा लिएको गाडीबाट केहि फेला नपर्दा पनि कम्ति मेस खर्च पनि असुल्ने गरेको साहुहरूले गुनासा गर्ने गरेका छन् ।

प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलगायतले व्यापारी, व्यवसायी र सर्वसाधारणलाई सहजता प्रदान गर्न तथा तस्करी नियन्त्रणमा कड़ाई गर्न निर्देशन दिएको भएपनि भण्डारी जस्ता कर्मचारीहरू सरकारको निर्देशनको अवज्ञा गरिरहेका छन् । तिनै भण्डारीको उद्योग मन्त्रालय सरुवा गरिएपनि उनी राजस्व अनुसन्धान कार्यालय पथलैयामा थमौती गराउन शक्ति केन्द्रमा पैरवी गराईरहेको श्रोतबाट बुझिन आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि