Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बसपार्कमा ट्राफिक प्रहरी झाको असुली आतँक, भारतीय सवारीबाट ५ देखि १५ सयसम्म असुली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २५, २०८१
बसपार्कमा ट्राफिक प्रहरी झाको असुली आतँक, भारतीय सवारीबाट ५ देखि १५ सयसम्म असुली

वीरगंज (पर्सा), २५ साउन । वीरगंजको बसपार्क स्थित खटेका ट्राफिक प्रहरी रन्जित झाले ड्युटी भन्दा पनि असुली धन्दामा तल्लिन देखिएका छन् । बसपार्क स्थित अनावश्यक सवारी पार्किङ्ग, सवारी जाम लगायतका समस्यालाई समाधान नगरी कुन गाडीबाट पैसा असुल्न सकिन्छ भन्नेतर्फ तल्लिन देखिएका हुन् ।

झाले बसपार्क स्थित चेकजाँचको नाममा भारतीय नम्बरको सवारीबाट खुलेयाम १ हजारदेखि १५ सय रुपैयाँसम्म असुली गर्ने गरेका छन् । बुधबार राति करिब ९ बजेको समयमा झाले ऐन नियमलाई धज्जी उडाउँदै खुलेयाम असुली रहेका छन् । वीरगंज बजारमा दिनहुँ हजारौं भारतीय नम्बरको मोटरसाइकलहरु आउने गरेको अवस्थामा इन्ट्री, भन्सार नरहेका सवारी चालकसँग १ हजारदेखि १५ सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।

बुधबार राति करिब ९ बजेको समयमा बसपार्क स्थित चेकजाँचको क्रममा भर्खरी शो-रुमबाट निकालिएको भारतीय नम्बरको एम.टि. ५० गाडीलाई ट्राफिक प्रहरीले झाले रोके । मोटरसाइक भारतीय भएपनि सवारी चालक भने नेपाली सरकारी कर्मचारी थिए । रक्सौल स्थित आफन्तले भर्खरै नयाँ गाडी किनेको कारण उनीसँग कागजात पनि थिएन्, मात्रै कम्पनीको विक्रीनामा कागजात थियो । इन्ट्री, भन्सार केही नरहेको अवस्थामा ट्राफिक प्रहरी झाले मोटरसाइकललाई आफ्नो नियन्त्रणमा लिए ।

मोटरसाइकल छाड्न भन्दा ठूलो ठूलो ऐन, कानूनको कुरा गर्दै बिना इन्ट्री भन्सारको नम्बर प्लेट बिनाको भारतीय नम्बरको मोटरसाइकल छाड्नै नमिल्ने भन्दै जिल्लामा बुझाईदिने कुरा गर्दै थिए । तर एक घण्टा पश्चात मोटरसाइकल चालकले रु १ हजार रुपैयाँ दिँदा सबै ऐन, नियम कानूनलाई लत्याउँदै मोटरसाइकल छाडे । जब नियमले छाड्नै नमिल्ने हो भने झाले किन छाडे ? यस कार्यमा उनको मात्रै हात छैन, बसपार्क स्थित ट्राफिक प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक बीर बहादुर यादवको पनि संलग्नता छ ।

दुबैजना मिलेर चेकजाँचको नाममा भारतीय नम्बरको सवारी चालकसँग खुलेयाम अवैध रकम असुली रहेका छन् । दिनभरि हजारौं गाडी ओहर दोहर गर्दा कहिँ कतै देखा नपर्ने बसपार्क स्थित ट्राफिक प्रहरी साँझ ६ बजेपछि मात्रै आफ्नो ड्युटीमा निस्कन्छन्, त्यो पनि चेकजाँच गर्न मात्रै । चेकजाँचको नाममा जता पायो उतै रोक्नुस्को बोर्ड लगाएर चेकजाँच शुरु गर्छन् र त्यहीबाट शुरु हुन्छ अवैध असुली कार्य ।

यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा आफू अनभिज्ञ छन् जस्तो लाग्दैन । बसपार्क स्थित ट्राफिक मात्रै नभई ड्राइपोर्ट चोक स्थित खटेका ट्राफिक प्रहरी, पावरहाउस चोक स्थित खटेका ट्राफिक प्रहरी, रजतजयन्ती चोक स्थित खटेका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य भन्दा पनि अवैध असुलीतर्फ बढि केन्द्रित रहने गरेका छन् । शंकराचार्य गेट स्थित खट्ने ट्राफिक प्रहरी पनि नेपाल भारत ओहरदोहर गर्ने सवारी चालकहरुसँग अवैध रकम असुली गर्ने गरेका छन् ।

समग्रमा भन्नुपर्दा वीरगंजमा ट्राफिक व्यवस्थापनको लागि खटिएका ट्राफिक प्रहरी अवैध रकम असलीको लागि खटाइएको छ भनेर बुझ्दा पनि हुन्छ । राजस्व बढि संकलन गरेको भनेर नौटंकी गर्ने ट्राफिक प्रहरी राजस्व असुलीको आडमा आफ्नो ढुकुटी बढि रहेका छन् । केही दिन यतादेखि घण्टाघर, माइस्थान, आदर्शनगर, अलखियामठ चोकमा खट्ने ट्राफिक प्रहरी मात्रै इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गरि रहेको देखिन्छन्, नत्र बाँकी त रकम असुलीकै लागि खटाइएका छन् भन्दा पनि फरक पर्दैन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि