Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

त्रिशूलीमा हराएको बससँगै रौतहटको दुई परिवारका ४/४ जना बेपत्ता, आफन्तजन शोकमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३१, २०८१
त्रिशूलीमा हराएको बससँगै रौतहटको दुई परिवारका ४/४ जना बेपत्ता, आफन्तजन शोकमा

गौर (रौतहट), ३१ असार । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा रौतहटको बौधिमाई नगरपालिका वडा नं. ३ मटिअर्वाका एकै परिवारका चार जना बेपत्ता भएका छन् । त्यस्तै गरुडा नगरपालिका-९ सिसवाका पनि एकै परिवारका ४ जना बेपत्ता भएका छन् । बौधिमाई नगरपालिका, मटिअर्वाका ५८ वर्षका परशुराम साह श्रीमती मीना देवी, माइलो छोरा सरोज, छोरी रिंकु र ज्वाई नरेश साहलाई लिएर २६ असारमा काठमाडौं गएका थिए । कान्छो छोरा कृष्णनन्दन साह नेपाली सेनाको ९ महिने तालिम पश्चातको पासआउट समारोहमा सहभागी हुन परशुराम परिवारजनका साथ काठमाडौं गएका थिए ।

गाउँबाट नै काठमाडौं जाने गणपति डिलक्स बसमा गएका साह २७ गते सोही बसबाट फर्किदै थिए । ‘कान्छो भाइको तालिम सकिए पछिको पासआउट कार्यक्रममा सहभागी भएर बुवा, आमा, माइलो भाइ सरोज, दिदी रिंकु र भिनाजु नरेश साह काठमाडौंबाट फर्किदै हुनुहुन्थ्यो’, परशुरामका जेठा छोरा सुकनकुमार साहले भने, ‘बस चढेपछि बुवाले हामी बिहान घर आइपुग्छौ भनेर फोन गर्नुभएको थियो । तर बिहान सबेरै बस दुर्घटनामा परेको खबर आयो ।’ परिवारका ५ जनामध्ये सरोज साह भने दुर्घटनामा जोगिएका छन् । दुर्घटनाबाट जोगिने ३ जनामध्ये एक हुन सरोज । ‘हिजो काकाकी छोरीको बिहे थियो । बुवाले भतिजीको बिहेमा हामी सबै जना आइपुग्छौं भन्नुभएको थियो’ फोनमा भएको कुरा सम्झदै सुकन भन्छन् ‘हाम्रो परिवार माथि बज्रपात भयो । बुवा, आमा, दिदी, भिनाजुको कुनै अतोपत्तो छैन अहिलेसम्म ।’

एकै घरका चार जना बेपत्ता भएपछि आफन्तजन शोकमा छन् । खबर थाहा पाएर शनिबार आफ्नो घर भारतबाट माइत आएकी परशुरामकी अर्की छोरी सञ्जिता शोकाकुल छिन् । उनलाई सम्हाल्न जाने गाउँका महिलाहरुले पनि सान्त्वना दिन सकेका छैनन् । शुक्रबार बिहान मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । त्यहाँ कम्तीमा ५० यात्रु रहेको अनुमान छ ।

गरुडाको सिसवामा पनि शोक
बस दुर्घटनामा जोगिने अर्का एक व्यक्ति हुन गरुडा नगरपालिका- ९ सिसवाका ५० वर्षका जुगेश्वर राय यादव । २७ वर्षकी छोरी अमृता यादव, ७ वर्षका छोरा अशोक यादव र ३ वर्षका नाति शिवशंकर यादव र डेढ वर्षको नातिनीलाई लिएर उनी २० असारमा काठमाडौं गएका थिए । जुगेश्वरको ७ बर्षका छोरा अशोकलाई पेट दुख्ने समस्या थियो । गरुडा र चन्द्रपनिगाहपुरमा उपचार गराउँदा अशोकको पेट दुख्ने समस्या समाधान नभएपछि उनले छोरालाई काठमाडौंमा उपचार गराउन लगेका थिए ।

बुवा काठमाडौं जाने भएपछि छोरी अमृता पनि आफ्नो ढाड दुख्ने समस्या जाँच गराउन सँगै काठमाडौं गएकी थिइन् । उपचारका लागि गएका उनीहरु सवार बस पहिरोले त्रिशूलीमा बगाउँदा बेपत्ता छन् । बस दुर्घटनाको खबर सुनेपछि जुगेश्वरकी श्रीमती उमादेवी यादव मूर्छा परेकी छन् । ‘दुर्घटनामा बुवा जोगिनुभएको छ तर दिदी, भाइ र भाञ्जाभाञ्जी कहाँ छन् भन्ने अझै थाहा छैन’, जुगेश्वरका छोरा सन्तोष भन्छन् ‘हाम्रो परिवार नै उजाडिएको छ । मनलाई कसरी बुझाउने, सम्झाउने थाहा छैन ।’ साभार : अनलाइनखबर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि