Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अवैध रकम असुलेको भिडियो सार्वजनि भएपछि असई सुजय सिंहमाथि छानविन सुरु, गण तानिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १२, २०८१
अवैध रकम असुलेको भिडियो सार्वजनि भएपछि असई सुजय सिंहमाथि छानविन सुरु, गण तानिए

वीरगंज (पर्सा), १२ असार । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लहावरथकरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय सिंहलाई गणमा तानिएका छन् । असई सिंहले एक व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण वीरगंज पर्सामा तानेर उनिमाथि छानबिन सुरु भएकाे छ ।

सशस्त्र प्रहरी उपरिक्षक (एसपी) राधेश्याम धिमालले असई सिंहलाई गणमा तानिसकिएकाे वताए । उनले छानविन कै दाैरान असई सिंहलाई गण तानिएकाे वताउँदै छानविन गरेर कारवाही गरिने समेत विश्वास दिलाए । पटक पटक बिबादमा पर्दै आएका असई सिंह यस पटक सिमानाकामा व्यापारीसँग अवैध रकम असुलेको भिडियो नै सार्वजनि भएपछि कारबाही हुनबाट बच्न विभिन्न शक्तिकेन्द्रबाट फोन र भनसुन गराईरहेको जानकारी प्राप्त भएको छ । तस्करसँग हकाहकी रकम माग्ने उनी घर खर्चका लागि ल्याउने नेपालीलाई दुख दिँदै आएका थिए ।

यतिबेला यस घटनाले सशस्त्र प्रहरीको भ्रष्ट सिस्टमको नीतिलाई उदाङ्गो पारिदिएको छ भने यस्ता घटनाको अन्त्य आखिर कहिले हुन्छ त ?” भन्ने सवाल पनि आम जनतामा चुलिदै गएको छ । बेलाबेलामा बाहिरिने यस्ता आर्थिक प्रलोभनका घटनाका कारण सीमा रक्षामा हरघडी तैनाथ रहने सिङ्गो सशस्त्र प्रहरी संगठनकै साख दिनप्रतिदिन गुम्दै गएको छ ।

पीडित स्थानीयहरु भन्छन्, ‘असई सिंहले पैसा नदिइ कुनैपनि सामान नेपाल भित्र्याउन दिँदैनन्, महिनावारी बुझाउनुस्, म मात्रै होइन हाकिमको भाग पनि दिनुपर्छ, तबमात्रै तस्करीको सामान भित्र्याउन पाइन्छ भन्दै दुःख दिनेगरेका थिए । उनी कसैले यो विषयमा जानकारी पाएपनि केही नहुने फुर्ति लगाउँछन् ।’ असई सिंहले त्यस क्षेत्रबाट तस्करी गर्ने व्यापारीहरुसँग १ हजारदेखि १० हजारसम्म उठाउने गरेको बुझिएको छ ।

स्थानियका अनुसार असई सिंह नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिक्टा, भिस्वा, कठिया मठिया, सबैठवा, बन्जारी लगायतका ठाउँमा सधै सिविल ड्रेस घुमफिर गर्ने र व्यपारीहरुसंग अवैध असुली गर्दै आएका थिए । त्यति मात्रै होइन, असईको रवाफ पनि ठुलै छ । जोसुकै व्यक्तिलाई तस्करहरु जस्तो नै व्यवहार गर्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

पहुँच र पावरको दम्भ देखाई पैसाको लागि मरिहत्ते गर्ने असई सिंहको रवैयाले स्थानीयवासी त्रसित थिए । त्यस क्षेत्रका सर्वसाधारणहरु सीमा क्षेत्रमा ओहरदोहर गर्दा लाठीले हिर्काउने, जोसँग पनि पैसा नै माग्ने असई सिंहको बानी थियाे । उनले तस्कर एवं व्यापारीसँग रकम असुल्दा जिल्लाको हाकिमको मात्र नभई प्रदेशको हाकिमको पनि नाम लिने गरेका थिए । मधेश प्रदेशका डिआईजीलाई पनि लाखौं रकम बुझाउनुपर्छ भनेर ठूलै रकम असुल्ने गरेको समाचार स्राेतले जनाएकाे छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि