Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इतिहाँसको संरक्षण गर्न आवश्यक, पर्यटन विकास भएमात्रै प्रदेश समृद्ध हुन्छ : सरोकारवाला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १२, २०८१
इतिहाँसको संरक्षण गर्न आवश्यक, पर्यटन विकास भएमात्रै प्रदेश समृद्ध हुन्छ : सरोकारवाला

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १२ असार । मधेश प्रदेशमा पर्यटनको विकास गर्न सकेमात्रै मधेश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । ‘घुमौं मधेश, बुझौं मधेश’ भन्ने नारा सहित मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, पर्यटन विकास कार्यालय वीरगंजले आयोजना गरेको सरोकारवालाहरुसँग अन्तरक्रिया एवं संवाद कार्यक्रममा सहभागीहरुले मधेशमा पर्यटनको अत्याधिक सम्भावना रहेकोले यसलाई विकास गर्न सकेमात्रै मधेश प्रदेश समृद्ध हुने बताएका हुन् ।

कार्यक्रममा पर्यटन व्यवसायी मोहन शर्माले चुरेलाई संरक्षण, हवाई कनेक्टीभिटी, सडक सञ्जालको विकास, धार्मिक तथा एतिहासिक संरचनको विकास एवं सँस्कृत्तिको सरक्षण भएमात्रै मधेश प्रदेश समृद्ध हुने बताए । उनले मधेश प्रदेशका जिल्लाहरुमा भएका धार्मिक तथा एतिहासिक शक्तिपीठ एवं धरोहरहरुलाई संरक्षण गर्दै पर्यटनको विकास गर्नुपर्ने कुरामा जोड दिदै मधेश समृद्धको लागि पर्यटन विकास बाहेक विकल्प नरहेको बताए ।

मधेश प्रदेश विश्वविद्यालयका उप-कुलपति डा. दिपक शाक्यले भारतबाट आउने पर्यटकलाई उचित बासको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए । उनले मधेश प्रदेशमा ७० प्रतिशत भारतीय पर्यटक आउने भएकाले आएका पर्यटकहरुलाई कम्तिमा एक दुई दिन बास बसाउन सके पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्ने उनको भनाई थियो । भारतीय पर्यटक आउँदा सीमा क्षेत्रमा चेकजाँचको नाममा भोग्नुपरेको सास्तीलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

२५ वर्षदेखि मधेश प्रदेशमा पर्यटनको विकासको कुरा सुन्दै आएको तर कार्यान्वयन हुन नसकेको भन्दै डा. शाक्यले यहाँ रहेको थुप्रै पर्यटकीय सम्भावनालाई व्यवस्थापन गर्न सके मधेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पर्यटन विकासको कुरालाई भाषणमा मात्रै सीमित नराख्न आग्रह गरे । उनले यो भन्दा अगाडिका मुख्यमन्त्रीले ठोरीलाई विकास गर्न बजेट दिने ठूलठूला भाषण गरेर गएपनि हालसम्म कुनै बजेट नआएकोले यो नारालाई भाषणमा मात्रै सीमित नराखी कार्यान्वयतर्फ प्रदेश सरकार ध्यान दिनुपर्ने बताए ।

यसैगरि महानगढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बारा जिल्लाको बरियारपुर स्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर पर्यटकीय स्थलको रुपमा रहेकोमा यसलाई संरक्षण एवं संम्वद्र्धनका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए । गढीमाई मन्दिर मधेश प्रदेशको मात्रै नभई देशैको गौरवशाली धार्मिक शक्तिपीठ रहेको तर प्रदेश सरकारले संरक्षणको लागि कुनै प्याकेज नदिएको गुनासो पोखे ।

पाँच वर्षमा लाग्ने गढीमाई मेलामा २२ देशका भक्तजनहरुको उपस्थिति हुने गरेको तर सरकारले यहाँ आउने भक्तालु एवं पर्यटकहरुको लागि व्यवस्थापन गर्न नसकेको आरोप लगाए । भारत सरकारले कुम्भ मेला व्यवस्थापनको लागि अर्बौ रुपैयाँ लगानी गर्ने गरेको स्मरण गराउँदै एतिहासिक पर्यटकीय स्थलहरुको संरक्षण एवं सम्वद्र्धनको लागि प्रदेश देखि केन्द्र सरकारले बेवास्ता गर्ने गरेको उनको भनाई छ ।

कार्यक्रममा मधेश प्रदेश साँसद श्याम पटेल, जनाद्र्धन सिंह क्षेत्री, रहबर अन्सारी लगायतले प्रदेश सरकारले पर्यटन क्षेत्रमा काम गर्नुपर्ने बताए । उनीहरुले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सर्लाही, जनकपुर लगायतको जिल्लाहरुमा रहेका पर्यटकीय स्थलहरुलाई संरक्षण गरि पर्यटनको विकास गर्नुपर्ने बताए । मधेश प्रदेश प्राकृत्तिक, धार्मिक, साँस्कृत्ति एवं एतिहासिक रुपमा सम्पन्न रहेतापनि संरक्षण अभावले गर्दा भएका एतिहासिक स्थलहरु पनि जीर्ण हुँदै गएकोले यसतर्फ प्रदेश सरकार गम्भिर हुनुपर्ने बताए ।

कार्यक्रममा उठेका विषयहरुलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विगत ७ वर्षदेखि पर्यटन विकासमा प्रदेश सरकार चुकेको बताए । उनले यहाँ उठेको जिज्ञासाहरुलाई सकारात्मक रुपमा लिँदै विगतमा भएका गल्तीहरुलाई सच्याउँदै आगामी दिनमा प्रदेश सरकार पर्यटक विकासमा गम्भिर हुने विश्वास व्यक्त गरे । पर्यटक भित्र्याउन सके प्रदेश समृद्ध हुने कुरामा दुईमत नरहेको भन्दै मुख्यमन्त्री सिंहले पर्यटन विकासको लागि प्रदेश सरकार एक्लै मात्रै नभई सम्पूर्ण जनताको सहकार्यको पनि आवश्यकता रहेको बताए ।

उनले पर्यटन विकासको लागि होटल व्यवसायीको पनि महत्वपूणर् भूमिका रहेकोले पर्यटकीय सम्भावना रहेको स्थानमा लगानी गर्न आग्रह गरे । नेपाल आउने पर्यटकहरुलाई सीमा क्षेत्रमा चेकजाँचको नाममा अनावश्यक सास्ती नदिन प्रहरी प्रशासनलाई आग्रह समेत गरे । सीमा क्षेत्रमा चेकजाँच हुनुपर्छ तर दुःख दिने मानसिकताले होइन, तर सीमा क्षेत्रमा दुःख दिने मानसिकताले भारतीय पर्यटकलाई लक्षित गरि चेकजाँच हुने गरेको प्रवृत्तिको अन्त्य हुनपर्ने भन्दै मुख्यमन्त्री सिंहले पर्यटकहरुप्रति पनि प्रहरीले मुस्कान सहितको व्यवहार गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईको सभापतित्वमा आयोजित कार्यक्रममा पर्सा, बारा, रौतहटका स्थानीय तहका प्रमुख सहित सञ्चारकर्मी, होटल व्यवसायी, पर्यटन व्यवसायीहरुको उल्लेख्नीय उपस्थिति रहेको थियो । कार्यक्रममा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले मधेश प्रदेशका जिल्लाहरुमा भएका पर्यटकीय स्थल एवं पर्यटकीय सम्भावनाबारे विस्तृत रुपमा प्रस्तुतीकरण दिएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि