Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बढ्दो गर्मीका कारण सर्पदंशका विरामीहरुको संख्यामा वृद्धि, बालबालिका बढि प्रभावित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०८१
बढ्दो गर्मीका कारण सर्पदंशका विरामीहरुको संख्यामा वृद्धि, बालबालिका बढि प्रभावित

वीरगंज (पर्सा), ५ असार । तराईमा बढ्दो गर्मीसँगै नारायणी अस्पतालमा शर्पदंशका विरामीको संख्यामा वृद्धि भएको छ । बढ्दो गर्मीमा शर्पहरु बाहिर निस्किने गरेको र सर्वसाधारणहरु सावधानी नपनआई हिँड्ने गरेको कारण सर्पदंशका विरामीको संख्यामा वृद्धि भएको हो । अहिले वीरगंज स्थित नारायणी अस्पतालमा शर्पदंशका विरामीहरुको संख्या अत्याधिक रहेको नारायणी अस्पताल आकस्मिक कक्षका प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिए ।

अहिले नारायणी अस्पतालमा मात्रै दैनिक ८ देखि १० जना सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेको उनको भनाई छ । तराईमा औषत तापक्रम ४० देखि ४२ डिग्री सेल्सियसम्म पुगी रहेकोले वर्तमान बढ्दो गर्मीको अवस्थामा पानीको कमि तथा तातो हावाबाट झाडापखाला, ‘लु’ जस्ता विरामीहरुको संख्या बढि हुने गरेको अवस्थामा सर्पदंशका विरामीहरुको संख्यामा पनि वृद्धि भएको डा. सिंहले जानकारी दिए ।

दुई तीन सातादेखि सर्पदंशका विरामीको संख्यामा अत्याधिक बढेको उनले बताए । नारायणी अस्पतालमा उपचारका लागि दैनिक ८ देखि १० जना सर्पदंशका विरामीहरु आउने गरेकोमा दुई तीनजना सिकिस्त अवस्थामा नै आउने गरेको र उनीहरुलाई भेन्डिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थासम्म सृजना भएको डा. सिंहले जानकारी दिए । उनका अनुसार अझै दुई तीन साता सर्पदंशका विरामीको संख्या बढ्ने अवस्था छ । गर्मी यामसँगै बर्षा भएपछि अझै सर्पदंकका विरामीहरु बढ्ने सम्भावना रहेको बताए ।

सर्पदंशबाट खासगरि बालबालिकाहरु प्रभावित भएको उनको भनाई छ । डा. सिंहले सर्पदंशबाट बच्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरे । उनले घरको दुलो, प्वालहरु टाल्ने, सर्प बस्ने सम्भावित झाडी, बारी लगायतका स्थानहरु सफा राख्नुपर्ने, बालबालिकाहरुलाई त्यस्तो ठाउँमा खेल्न नपठाउन आग्रह गर्दै अकस्मात सर्प दंशको घटना भइहाले तत्कालै नजिकैको स्वास्थ्य चौकीमा पुर्‍याउन आग्रह गरे । सर्प दंशबाट स्वाँस प्रस्वाँसमा चाँडै समस्या हुने गरेकोले सावधानी अपनाउँदै तत्काल विरामीलाई अस्पताल पुर्‍याउन उनले आग्रह गरे ।

तराईका जिल्लाहरुमा बढ्दो गर्मीको प्रभावले सर्पहरु आक्रामक देखिएको छ । अन्य वर्षको तुलनामा यस वर्ष करेत, कोब्रा सर्पहरु बढि आक्रामक देखिएको डा. सिंहको भनाई छ । करेत, कोब्रा प्रजातिका सर्पहरु हाम्रो घर वरिपरि बारी, खुल्ला स्थान, दुलो लगायतका स्थानमा नै रहने भएकोले सर्वसाधारणहरु सर्पको शिकार बढि भएको देखिएको छ । यस्ता प्रजातिका सर्पहरु देख्ने वित्तिकै सावधानी अपनाउनुपर्ने, सरसफाई गर्नुपर्ने र आत्तिनु नपर्ने लगायतको कार्यहरुमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि