Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विश्व रक्तदाता दिवसमा ९८ ब्यक्ति र संस्था सम्मानित हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०८१
विश्व रक्तदाता दिवसमा ९८ ब्यक्ति र संस्था सम्मानित हुने

वीरगंज (पर्सा), ३० जेठ । ब्लड डाेनर्स एसाेसिएशन नेपाल पर्साले विश्व रक्तदाता दिवसकाे अवसरमा जेठ ३२ गते शुक्रबार सम्मान कार्यक्रम गर्ने भएकाे छ । ब्लड डाेनर्स एसाेसिएशनले बुधबार पत्रकार सम्मेलन गर्दै ५० जना भन्दी बढी रक्तदान गर्ने ८१ ब्यक्ति र संस्थालाई यस बर्ष सम्मान गर्न लागिएकाे जानकारी गराएकाे हाे । यस अघि विश्व रक्तदाता दिवसकाे अवसरमा एक सय जना भन्दा बढी रक्तदान गर्ने ब्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै आइएकाेमा यस बर्ष ५० जना भन्दा बढी रक्तदान गर्नेहरुलाई सम्मान गरिने ब्लड डाेनर्स एसाेसिएशन पर्साका सचिव अरबिन्द सिंहले वताए ।

यसका साथै निशुल्क रगत उपलब्ध गराउन रक्त संचार केन्द्र संग सम्झाैता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गर्ने पनि कार्यक्रम रहेकाे सचिव सिंहले जानकारी दिए । यसैगरी आकस्मिक रक्तदाता र प्रत्येक ३/३ महिनामा रक्तदान गर्ने र गराउनेलाई पनि सम्मान गरिने उनले वताए । सचिव सिंहका अनुसार २०८० सालमा १४ हजार ५८३ पिन्ट रक्तदान कार्यक्रम मार्फत रगत संकलन भएकाे छ भने १६ हजार ३३० पिन्ट रगत वितरण भएकाे छ । रगत संकलन भएकाे भन्दा बढी वितरण भएका रगतहरु आकस्मिक रक्तदाताबाट रगत संकलन भएकाे हाे । रक्तदान गर्नेहरुमा १३ हजार ६१४ पुरुष र एक हजार २९ महिला रहेका छन् ।

२०८० सालमा सब भन्दा बढी ४६५ जनाले राउन्ड टेबल नेपालले आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे ब्लड डाेनर्स एसाेसिएशन पर्साका अध्यक्ष शत्रुधन नेपालले वताए । उनले दाेस्राे स्थान इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीकाे कार्यक्रममा ३ सय जना र तेस्राे स्थानमा रेडियाे वीरगंजले आयाेजना गरेकाे कार्यक्रममा २४५ जनाले रक्तदान गरेकाे जानकारी गराए । अहिले सम्म ग्रामिण भेगमा आयाेजित कार्यक्रम मध्ये सबै भन्दा बढी इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले पटेर्वा सुगाैलीमा आयाेजना गरेकाे कार्यक्रममा रक्तदान गरेकाे अध्यक्ष नेपालले वताए ।

वीरगंजस्थित मधुशाला रेस्टुरेन्टमा आयाेजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ब्लड डाेनर्स एसाेसिएशनका सदस्य श्याम गुप्ता, आकस्मिक रक्तदाता क्लबका सचिव राजन श्रीवास्तव लगायत संचारकर्मीहरुकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि